07 May
Tue

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

सफल मोडल बन्न चाहान्छु, लहिमा राणा

2 - Jun-2015, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 सफल मोडल बन्न चाहान्छु, लहिमा राणा 
जीवनमा सफल हुनुको लागि पढाई सगै अन्य क्षेत्रको भुमिका पनि त्यतिकै महत्वपुर्ण रहेको छ । पढाई संगै समाजलाई पनि केही योगदान दिन सकियो, समाजमा सकारात्मक परिर्वतनको लागि सहयोग गर्न सकियो भने जीवन अर्थपुर्ण हुन्छ । यही सोचका साथ अगाडि बढिरहेकी मोडल लहिमा राणाको नाम योे क्षेत्रमा केही नयाँ हुन सक्छ । नयाँ भएपनि राणामा यो क्षेत्रमा केही गर्न सक्ने थुपै्र संभावना रहेको छ । काठमाडौको रविभवन स्थायी घर भएकी राणा सोल्टीमोडको एभरेष्ट इन्टरनेशनल कलेजमा साईन्स बिषयमा कक्षा १२ मा अध्ययन गर्दे हुनुहुन्छ ।  पढाईमा अब्बल रहनु भएकी राणा आफ्नो फुर्सदको समय भने मोडलिङमा व्यस्त हुनुहुन्छ । भर्खरै १७ बर्षमा टेक्नु भएकी राणाले हालसम्ममा दुई वटा म्युजिक भिडियो,  फेसन शो, म्यागाजिनको लागि समेत फोटोशेसन गरिसक्नु भएको छ । भर्खरै मात्र राणाले मोडल नेपाल डटकमको लागि समेत निकै राम्रो फोटोसेसन गरिसक्नु भएको छ ।  अवसर पाएको खण्डमा नेपाली फिल्म क्षेत्रमा समेत काम गर्ने इच्छा राख्नु भएकी मोडल राणाको भविष्यको लक्ष्य भने नर्स बन्ने रहेको छ । मोडलिङ क्षेत्रलाई नेपालमा केही नराम्रो दृष्टिकोणले हेर्ने  गरिएता पनि पछिल्लो समय यो क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन थालेको छ ।  यो क्षेत्रमा लाग्ने व्यक्तिहरुले पनि समाज परिवर्तनको योगदान दिने क्रम बढेकाकारण पनि यो क्षेत्र सम्मानित हुदै गएको उनको बुझाई छ । सुरुमा त शौखकोरुपमा यो क्षेत्रमा लागेपनि अहिले भने यसलाई व्यवसायीक बनाउने सोचमा रहनु भएकी राणा यो क्षेत्रमा निकै संभावना बोकीको प्रतिभा हुनु हुन्छ ।     

Posted on: 2015-Jun-2

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar