26 Apr
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

नेपाल लाइफद्धारा ६०% बोनश शेयर तथा ८% नगद लाभांश प्रस्ताव

2 - Jun-2015, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 नेपाल लाइफद्धारा ६०% बोनश शेयर तथा ८% नगद लाभांश प्रस्ताव
  नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि.को चैत्र २२ गते बसेको संचालक समितिको १९४औं बैठकले कम्पनीको आगामी बार्षिक साधारण सभाको मितिमा तत्काल कायम रहने शेयरधनी महानुभावहरुलाई आ.व.२०७०।०७१ को स्वीकृत बीमांङ्किय मूल्याकनबाट प्राप्त मुनाफा समेतबाट बिद्यमान चुक्ता पूँजीको ६० प्रतिशतका दरले बोनस शेयर तथा प्रति शेयर रु.८ (कर सहित) का दरले नगद लाभांश दिने प्रस्ताव गर्ने निर्णय गरेको छ । उपरोक्त बमोजिमको प्रस्ताव बीमा समितीबाट कम्पनीको आ.व.२०७०÷०७१ बित्तिय बिवरणहरु स्वीकृत भई कम्पनीको आगामी बार्षिक साधारण सभाबाट पारित भए पश्चात मात्र कार्यान्वयन गरिने जानकारी प्रमुख कार्यकारी अधिकृत विवेक झाले जानकारी दिएका छन् । कम्पनीले चालु आ.व.२०७१।०७२ को दोस्रो त्रैमासिक अवधिसम्ममा प्रथम बीमाशूल्क करिब रु. १८० करोड तथा कुल बीमाशूल्क आम्दानी करिब ३६१ करोड आर्जन गरेको छ । कम्पनीको हाल चुक्ता पूँजी रु. १०८.३७ करोड रहेकोमा प्रस्तावित बोनस शेयर जारी भए पश्चात कम्पनीको चुक्ता पूँजी रु.१७३.४ करोड हुने बताइएको छ । पाल्पा शाखा कार्यालय र अन्र्तक्रिया नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि.ले जीवन बीमा बजार बिस्तार गरि सेवाग्राहीहरुलाई उच्चतम जीवन बीमा सेवा उपलब्ध गराउने सिलसिलामा पाल्पा जिल्लाको तानसेनमा स्थापना गरेको शाखा कार्यालयकोे उद्घाटन गरेको छ । बीमा समितिका अध्यक्ष प्रा.डा. फत्त बहादुर के.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न समुद्घाटन तथा अन्र्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले शाखा कार्यालयको स्थापनाबाट स्थानिय स्तरमा बीमितहरुलाई सेवा पुग्ने भएकोले आवश्यक अधिकारहरुको उचित प्रवन्ध सहित शाखा कार्यालयको क्षमता बिस्तार गरिनुपर्ने धारणा व्यक्त गर्नुभयो । यसैगरि, जीवन बीमा क्षेत्रको प्रतिष्ठा अभिबृद्धि गर्नका लागि सबैले आ–आफनो तर्फबाट पहल गरि बिक्री पछिको सेवामा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।  उक्त अवसरमा पाल्पा जिल्लामा क्रियाशिल जीवन बीमा कम्पनीहरु, अभिकर्ता तथा बीमितहरु बीच समग्र बीमा क्षेत्रका बिविध बिषयमा अन्र्तक्रिया कार्यक्रमको समेत आयोजना गरिएको र अन्र्तक्रिया उठेका जिज्ञासाहरुलाई श्री बीमा समितिका अध्यक्षज्यूबाट सम्बोधन गरिएको थियो ।  कार्यक्रममा मन्तव्य प्रस्तुत गर्नुहुदै कम्पनीका बरिष्ठ नायब महाप्रवन्धक श्री सुशिल कुमार चौधरीज्यूले आगामी दिनमा मुलुकको कुना कुना सम्म जीवन बीमा बजारको बिस्तार गरि बीमितहरुलाई घरदैलोमा नै जीवन बीमा सेवा उपलब्ध गराउने लक्ष्य रहेको बताउनुभयो । साथै कम्पनीले बीमितको सर्वोपरि हितलाई ध्यानमा राखि शाखा कार्यालयहरुबाट गुणस्तरिय बीमा सेवाको प्रयास गर्दै आईरहेकोले यस शाखाबाट समेत उच्चतम सेवा प्रदान गरिने दृढता व्यक्त गर्नुभयो ।      सिम्रिका र सक्षम लोयल्टी आइडल सिम्रिका खड्का र सक्षम गुरुङले तेश्रो लोयल्टी आइडलको उपाधि जितेका छन् । कक्षा ७ मा अध्ययनरत सिम्रिकाले सिनियर तथा कक्षा ५ मा अध्ययनरत सक्षमले जुनियरतर्फ उपाधि जितेका हुन् । ग्रान्ड फिनालेमा सिम्रिकाले इभा श्रेष्ठ, रोनिका गुरुङ र श्रृष्टि क्षेत्रीलाई पछि पारिन् । सिनियरतर्फ कक्षा ६ देखि १० सम्म अध्ययनरत १२० छात्र÷छात्राले प्रतिस्पर्धा गरेका थिए । त्यस्तै सक्षमले ग्रान्ड फिनालेमा आलोक थापा र रिया तामाङलाई पन्छाए । जुनियरमा कक्षा २ देखि ५ सम्म अध्ययनरत १०० छात्र÷छात्रा सहभागी थिए । उपाधिसंगै दुवै विजेताले ८ हजार ५ सयका दरले नगद पुरस्कार हात पारे । ग्रान्ड फिनालेको निर्णायकमा आधुनिक लोक गायक तुलसी पराजुली र गायिका सत्यकला राई थिए । लोयल्टीमै अध्ययनरत छात्र÷छात्राबीच प्रतिस्पर्धा भएको हो । मण्डिखाटारस्थित लोयल्टी एकेडेमीमा भएको आइडलका विजेतालाई पराजुली र सत्यकलासहित लोयल्टीका संस्थापक अध्यक्ष विजय सम्बाहाम्फेले पुरस्कृत गरे ।     सिटिजन्स बैंक इन्टरनेसनल लि. नवौं वर्षमा प्रवेश सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो आठौं वर्ष पूरा गरी नवौं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा कार्यवाहक अध्यक्ष बालकृष्ण प्रसाईको अध्यक्षतामा आयोजित कार्यक्रम बंैकको प्रमुख कार्यालयको प्राङ्गणमा सम्पन्न भयो । उक्त अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५५ जना व्यक्तिहरुले रक्तदान गरें, त्यसैगरि आयोजित आँखा दान र मिर्गौला दान कार्यक्रममा क्रमशः ५ जना र ७ जना व्यक्तिहरुले आफ्नो मृत्यु पछ्यात अङ्ग दान गरें । संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत बैंकले आरोग्य फाउन्डेशनलाई मिर्गौला ९तथा अन्य मानव अङ्ग० प्रत्यारोपण गर्नु पर्ने बिरामीहरुको सहयोगका लागि रु १,००,०००÷– प्रदान गर्नुका साथ १० जना गरिब, पिछडिएका तथा जेहेन्दार विद्यार्थीहरुलाई ‘बाल विकास समाज’का मार्फतबाट छात्रवृत्ति प्रदान गरेको छ । माथिल्लो डोल्पाका पिछडिएका बालबालिकालाई शिक्षा प्रदान गर्ने उद्देश्यका साथ बैंकले उक्त कार्यमा कार्यरत्त ‘क्लयध थ्बप ँयगलमबतष्यल’ लाई आर्थिक सहयोग स्वरुप रु १,००,०००÷– प्रदान गरेको छ । यसैगरि बैंकले काठमाडौंको शान्तिनगरमा स्थित निःसहाय सेवा सदनमा आश्रित ५० जना वृद्धवृद्धाहरुलाई एक दिने भोजन कार्यक्रम पनि आयोजना गरेकोे छ । आगामि दिनहरुमा पनि यस्तै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने प्रतिवद्धता प्रसाईले व्यक्त गर्नुभयो । खेलकुद जगतमा टेवा पु¥याउने उद्देश्यले बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा ‘ऋष्तष्शभलक न्याि त्यगचलबmभलतु आयोजना गर्नुका साथै निकट भविष्यमा आयोजना गरिन लागिएको ‘ऋष्तष्शभलक ीबधल त्भललष्क त्यगचलबmभलत’ सम्बन्धी जानकारी पनि उक्त समारोहमा दिइयो । यी खेलकुद कार्यक्रमहरु आयोजना गर्न नौं लाखको आर्थिक योगदान गरेको यस बैंकले आजका दिनमा सामाजिक उत्तरदायित्व र खेलकुद प्रयोजन सहित करिब १२ लाखको योगदान गरेको छ । आगामि दिनहरुमा पनि यस्तै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने प्रतिवद्धता प्रसाईले व्यक्त गर्नुभयो ।   बैंकले आफ्नो वार्षिकोत्सव पारेर आज विहान बैंकिङ्ग सम्बन्धि जनचेतना जागरण गर्ने उद्देश्यले प्रभातफेरी आयोजना ग¥यो । बैंकको प्राङ्गणबाट शुरु भएको सो प्रभातफेरीमा घण्टाघर, दर्वारमार्ग, हात्तिसार हुदैं बैंकको प्राङ्गणमा आएर टुगिएको थियो ।   वैंक अफ काठमाण्डूले ग्लोवल मनी सप्ताह मनायो  बैंक अफ काठमाण्डू लि.ले ‘क्बखभ त्यमबथ क्बाभ त्यmयचचयध’ भन्ने मूलनाराका साथ अन्तराष्ट्रिय कार्यक्रम ‘न्यिदब िःयलभथ ध्भभप’ भव्यताका साथ मनाएको छ । बैंकले फागुन २५ गते बाट चैत्र ३ गते सम्म बैंकका सबै ५० वटा शाखामा उक्त सप्ताह मनाएको हो । पहिलो चरणमा बैकिङ्ग कारोवारबारे विद्यार्थी र अभिभावकलाई जानकारी गराउन शाखा परिसर र विद्यालयहरुमा अन्र्तकृया कार्यक्रमको आयोजना गरीएको थियो । यसै गरी विद्यालयहरुमा गई विद्यार्थी र शिक्षकहरुलाई वित्तिय शिक्षा प्रदान गरी साथै व्यावहारिक ज्ञानका लािग बैंकको शाखा कार्यालयहरुमा बोलाई बैकिङ्ग कारोवारबारे जानकारी गराइयो । यस कार्यक्रमको आयोजना मार्फत बंैकले १२ सय भन्दा बढी विद्याथीर्, शिक्षक तथा अभिभावकहरुलाई संक्षिप्त वित्तिय जानकारी प्रदान गरेको छ । यस प्रकारका कार्यक्रम बैंकले विगतमँ पनि संचालन गर्दै आएको हो ।  यसै गरी फागुन ३० गते “न्यिदब िःयलभथ ध्भभप” कँे सन्दर्भमा नेपाल राष्ट्र बैेंकले आयोजना गरेको वित्तिय सचेतना अभियान अन्तर्गतको ¥यालीमा पनि बैंक सहभागि भएको थियो । बैंक अफ काठमाण्डू लि.ले युवा पुस्ता र बालबालिकाका लागि बचत गर्ने बानी बसालने उद्देश्यले फागुन २५ गते देखि चैत्र २५ गते सम्म एक महिना सम्म लागू हुने गरी “चेतनशील युव वचत योजना” र “नवकोपिला बचत खाता” अन्तर्गत नयाँ खाता खोल्दा बैंकको तर्फबाट रकम प्रवद्र्धनको रुपमा  रु.१३३.३३ थप गर्ने योजना संचालनमा ल्याएको छ ।  “भविष्यको लागि बचत” योजना अन्तर्गत बैंकले विभिन्न समुदायलाई परिलक्षित गरी बेलाबेलामा यस्ता योजना कार्यान्वयन गर्दै आएको छ । बैंक अफ काठमाण्डू आफना पुराना ग्राहकको सुविधालाई निरन्तरता प्रदान गर्नुका साथै नयां ग्राहकलाई स्तरीय सेवा प्रदान गरी नयां नीति तथा कार्यक्रम अपनाई सेवा विस्तार गर्न प्रतिबद्ध रहेको जनाएको छ ।       इभाना मिस नेपाल २०१५ इभाना मानन्धर मिस नेपाल–२०१५ घोषित भएकी छिन् । न्यूरोड भोटेवहालकी इभानाले १८ प्रतिस्पर्धीलाई पछि पार्दै मिस नेपालको ताज हात पारेकी हुन् । उनलाई मिस नेपाल २०१४ सुबिन लिम्बुले ताज पहि¥याइदिइन् । अमेरिकामा वसोवास गर्दै आएकी इभाना मिस नेपालमा भाग लिन हालै मात्र नेपाल आएकी थिइन् ।  मिस नेपालको फाइल कार्यक्रममा प्रमुख निर्णायक शंकर शर्माले सोधेको अबको पन्ध्र बर्षमा तपाई आफूलाई कस्तो अवस्थामा देख्नुहुनेछ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिदै उनले नेपालकै सवैभन्दा प्रतिष्ठित सौन्दर्य प्रतियोगीताको उपाधी जितेकी हुन् ।  द हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको २० औं संकरणमा विजेता बनेपछि इभाना मानन्धरले मिस वल्र्डमा सहभागी हुने अवसर पाएकी छिन् । दिव्यता बैद्य फस्ट रनर अप भइन् भने सेकेण्ड रनर अप मेधा कोइराला भइन् । यस्तै, विभिन्न १० टाइटलमा प्रतिस्पर्धीले पुरस्कार जितेका छन् । अघिल्ला बर्ष जस्तै यस बर्ष सम्पूर्ण विधाको घोषणा एकसाथ गरिएन । विभिन्न ५ विधामा पुरस्कार जित्नेहरुलाई उत्कृष्ट १० को छनोट पश्चात नै टाइटल प्रदान गरिएको थियो । जसमा मिस फोटोजेनिकको उपाधी दिव्यता वैद्यको पोल्टामा गयो । यस्तै, मिस इन्टेलेक्चुअल विधामा इभाना मानन्धरले टाइटल जितिन्  । मिस स्कुलर अफ द इयर टाइटलको उपाधी सुदिपा पाठक, मिस कप्लेक्सनको उपाधी निश्मा चौधरी र मिस पपलुर नुनिड लिम्बु भएका छन् । मिस ट्यालेन्ट विधाको उपाधी पूजा श्रेष्ठ, गस गर्ल विधाकी विजेता इभाना मानन्धर, मिस बब्ली निश्मा चौधरी, मिस फ्रेन्डसिप विधाकी विजेता सोनु थापा मगर, मिस पर्सानालिटी इभाना मानन्धर, ब्यूटी विथ त पर्पजको उपाधी रेविका क्षेत्रीले जितेका छन् । मिस नेपाल २०१५ को उपाधी जिते लगत्तै इभाना मानन्धरको चर्चा एकाएक बढ्न थालेको छ ।  ‘अमेरिकामा पनि यस्तै खालको सौन्दर्य प्रतियोगिता हुन्छ र मैले भाग लिएर जित्न सक्थें’ इभाना भन्छिन्, ‘देशकै लागि केही गरौं भनेर म यहाँ आएर प्रतियोगितामा भाग लिएको हो ।’ काठमाडौं स्थायी घर भएकी इभाना अमेरिका बस्न थालेको ६ वर्षभन्दा बढी भयोे । उनले त्यहीँ बसेर स्नातक तहको पढाई पूरा गरिसकेकी छिन् । महिला हिंसा, अशिक्षा, कुपोषण, पछौटेपन लगायतका समस्या हल गर्न मिस नेपालले ठूलो भूमिका हुने र आफु यसमा लाग्ने उनको भनाई छ ।      युवामा कोरियाको आकर्षण घट्यो वैदेशिक रोजगारीको आकर्षक गन्तव्य बनेको दक्षिण कोरिया जानका लागि ५१ ह्जार ४ सय ९९ जनाले भाषा परिक्षाका लागि आवेदन दिएका छन् । विगत वर्ष भन्दा यस वर्ष आवेदन दिनेको संख्या घटेको छ । अघिल्लो वर्ष परीक्षाका लागि ६२ हजार ५ सय १४ जनाले आवेदन दिएका थिए । यस वर्ष १७.६२ प्रतिशतले घटेपछि छ । जेठ ३० र ३१ गते हुन लागेको भाषा परिक्षाका लागि वैशाख ३ गतेदेखि ६ गतेसम्म आवेदन खुलाइएको थियो । अघिल्लो वर्ष भन्दा यसवर्ष करिव ११ हजार आवेदक घटेका छन् । इपिएस कोरिया शाखाका प्रमुख डिल्ली वास्तोला कोरियामा यूवाहरुको आकर्षण घटेको नभई समय परिस्थितिले यस्तो गराएको बताएका छन् । ११ र १२ कक्षाको परीक्षा यही महिनामा पर्नु, शिक्षक सेवा आयोगले यही वर्ष ठूलो संख्यामा शिक्षकहरू माग्नु र भाषा परीक्षा २÷३ महिना अगाडि सर्दा आवश्यक तयारी पुरा नहुने भएपछि आवेदन नभरिएको हुनसक्ने उनले बताए । यसपटकको भाषा परीक्षामा ७ हजार १ सय जनालाई पास गराउने वास्तोलाले बताए । जसमध्ये उत्पादनमुलक क्षेत्रमा ४ हजार ९ सय जना र कृषि तथा पशुपालनमा २ हजार २ सय जना रहनेछन् । सरकारले काठमाडौं उपत्यकामा ५ ठाउँबाट र उपत्यका बाहिर ५ स्थानबाट आवेदन संकलन गरेको थियो । विगतका वर्षमा आवेदकको निकै चाप देखिएपछि  सरकारले यस वर्ष तीनवटा आवेदन संकलन केन्द्र थप गरेको थियो । काठमाडौं उपत्यकामा दुईवटा र उपत्यका बाहिर जनकपुरमा केन्द्र थप गरिएको हो ।      ०७१ मा कामका लागि ६ लाख विदेशिए ०७१ मा रोजगारीका लागि झण्डै ६ लाख युवा विदेशिएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार ०७१ विदेशिनेहरु विगत वर्ष भन्दा धेरै हुन् । विगतका वर्ष झै यस वर्ष पनि मलेसियामा सवैभन्दा धेरै १ लाख ७१ हजार नेपाली कामदार रोजगारीका लागि पुगेको विभागको तथ्याङ्कमा उल्लेख छ । ०७१ को तथ्यांक हेर्दा प्रति महिना लगभग ५० हजार रोजगारीका लागि विदेश गएका छन् । २०७१ सालमा असारमा सवैभन्दा बढी ६१ हजार ७ सय युवाहरु कामका लागि विदेश गएका छन् । यस्तै, जेठमा ५४ हजार ९ सय कामदार विदेशिएका थिए । यो वर्ष सवैभन्दा बढी मलेशियाको रोजगारीमा पुगेका छन् । पछिल्लो समय मलेशियन सरकारले नेपाली कामदारले पाउने न्युनतम् तलवमा बृद्धि गरेसँगै सो देशको रोजगारीमा जाने कामदारको संख्या उच्च रुपमा बढेको व्यसायीहरु बताउँछन् । यस्तै दोस्रो बढी कामदार साउदी अवरको रोजगारीमा पुगेका छन् । यो वर्ष साउदी अरवको रोजगारीमा ९५ हजार जान नेपाली कामदार पुगेका छन् ।विभागका अनुसार ०७१ मा रोजगारीका लागि ७८ हजार नेपाली कामदार रोजगारीका लागि कतार गएका छन् । कतारले पछिल्लो समय पूर्वाधार निर्माणलाई प्राथमिकता दिएसँगै नेपाली कामदार सो देशको रोजगारीमा जाने क्रम बढेको छ । कतारले नेपाली कामदार निःशुल्क रुपमा लिने गरेपनि मेनपावरले बढी पैसा असुलेको त्यहाँका मन्त्री नेपाल आउँदा खुलासा भएको हो । अव कतारमा निःशुल्क कामदार पठाउने तयारी सरकारले जनाएको जनाएको छ । यसले गर्दा कतारमा जाने कामदार बढ्ने देखिएको छ । विभागको तथ्याङ्क अनुसार नेपालबाट विदेशीने कामदारमध्ये ७३ प्रतिशतभन्दा बढी अदक्ष रहेका छन् । यो वर्ष संयुक्त अरव इमिरेट्स (युएईं)मा भने ४१ हजार जना कामदार मात्र रोजगारीमा लागि पुगेका छन् । विशेषगरी युएई दक्ष कामदारको लागि आकर्षक गन्तव्य मानिँदै आएको छ । हाल युएईमा सेल्स म्यान, ड्राइभर, स्टोर किप्पर र हस्पिटालिटी क्षेत्रका काममा नेपाली कामदार गइरहेका छन् ।  

Posted on: 2015-Jun-2

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar