27 Apr
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

फेसन बन्दै पेयर्सिङ र रिङको

2 - Jun-2015, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 फेसन बन्दै पेयर्सिङ र रिङको 
शुष्मा महरा  प्रवन्ध निर्देशक, फेसियल हाउस  काठमाडौ मल शुन्धारा  सबै जसो धर्ममा नाक, कान छेडेर विभिन्न गहना लगाउने प्रचलन रहेको छ । यसरी गहना लगाउने इतिहाँस खोतल्दा इशापुर्व भन्दा हजारौं वर्ष अघि जानुपर्ने हुन्छ । जतिबेला मानिसहरु शिकारी युगमा थिए त्यतिबेला नै नाक, कान छाडेर विभिन्न जनावरको हाड, दाँत आदिलाई गहनाको रुपमा तयार गरेर लगाउँथे । यसपछि उनीहरुले ढुँगा (स्टोन), काठ, बाँसको गहना लगाउन थाले । बिस्तारै खानीबाट धातुको उत्खनन् भएपछि धातुको चम्किला गहना लगाउन थालियो । त्यो समयमा तिखो काँडा वा अन्य बस्तुले छेडेर शरीरको अँगमा प्वाल पारेर यस्ता गहना लगाईन्थ्यो । यसरी गहना लगाउनको लागि शरीरको अँग छेड्ने कार्यलाई पेयर्सिङ भनिन्छ । पेयर्सिङको प्रसँग केलाउँदा नेपालमा केहीवर्ष अघिसम्म नाक, कानमात्र छेडेर धातुका गहना लगाउने चलन थियो । तर अहिले सञ्चारको विश्वव्यापीकरणले पश्चिमा संस्कृति र फेशन समेत नेपालमा भित्रिएको छ । सोही  फेशन अन्तर्गत नाक र कान बाहेक शरीरका विभिन्न अँग छेडेर गहना विभिन्न प्रकारका गहना लगाउने होड नेपालका युवापुस्तामा बढेको छ । शरीरका विभिन्न अँगमा पेयर्सिङ गरेर आफुलाई सुन्दर बनाउने पुस्ताका लागि थरी थरीका गहना आएका छन् । त्यसैले पेयर्सिङको फेसन र यसको प्रयोग बारेका ब्युटी टिप्स् यहाँ प्रस्तुत गरिएको छ ।  पेयर्सिङको लागि अबस्यक उपकरण पेयर्सिङ पछि लगाईने गहना पेयर्सिङ गर्ने (छेड्ने ) सुई   प्वाल पार्नु अघि छाला च्याप्ने उपकरण    टिक गन पेयर्सिङको उपकरणलाई निर्मलीकरणको साधन रबरको पञ्जा कपास  स्प्रिट डिटोल कैँची पेयर्सिङ गर्ने तरिका कैची, सुई, टिक गत जस्ता आबस्यक औजार निर्मलीकरण गरेर राख्ने  आबस्यक स्थानमा छेड्नु अघि व्युटिसियनले डिटोल पानीले सफासंग हात धोएर रबरको पञ्जा लगाउने । कपासमा स्प्रिट राखेर जहाँ छेड्ने हो त्यहाँ स्प्रिटले पुच्छ्ने  । नशा नपर्ने ठाउँमा छेड्ने अथाव छेड्दा नशा जोगाउने  छेडेर प्वाल (पेर्सिङ) पारेपछि त्यहाँ , रिङ, टप, नट, पिन, हात्तिको दाँत जस्ता विभिन्न गहना लगाउने । कसैको शरीरको अबस्था अनुसार पर्सिङ गर्दा छेडेको ठाउँ पाक्ने गर्छ । यस्तो अबस्थामा छेडेको गाउँबाट गहना झिकिदिने र दुई तीन दिन नेस्पोरेन पाउडर लगाई दिने । पेयर्सिङको प्रयोग  शरीरका विभिन्न भागलाई गहनाले सजाउन पेर्सिङ गरिन्छ । तर पश्चिमा मुलुकमा यसलाई यौन जन्य आकर्षकणको संकेतको रुपमा प्रयोग गरिन्छ । जस्तै दाहिने कानमा मात्र छेडेर टप तथा कुण्डल लगाउनेलाई पुरुष समलिँगी (गे) मानिन्छ । जिब्रो, निम्पल, नाइटो, गुप्ताङमा छाडेर त्यहाँ रिङ लगायो भने त्यसलाई यौन कामुकताको सँकेत मानिन्छ । यी अंग बाहेक, आँखी भौं, ओठमुनी, नाक, कानमा पनि पेर्सिङ गरेर विभिन्न आकारका रिङ तथा पिन लगाईन्छ । यस्तो गहनाले शरीरको सम्बन्धित अंगलाई सुन्दर र आकर्षित बनाउँछ भन्ने मान्यता गहना पारिखीहरुमा छ । देश अनुसार पेयर्सिङको भेष  बेलायतमा सन २००५ मा १६ वर्ष मुनीका १० हजार ५ सय ३० जना किशोर किशोरी माझ अनुसन्धान गर्दा ती मध्ये १९ प्रतिसतले स्तनको निप्पलमा, ३३ प्रतिसतले नाईटोमा, ९ प्रतिसतले जिब्रोमा, ८ प्रतिसतले आँखी भौं माथि, ४ प्रतिसतले ओठमा र ४ प्रतिसतले गुप्ताङ्गमा छेडेर रिङ तथा अन्य गहना लगाएको पाईयो । स्कटल्याण्ड र वेल्स्मा १६ वर्ष मुनिका किशोर किशोरीले पेर्सिङ गर्नु अघि अभिभावकको लिखित अनुमतिलिनु पर्ने अनिवार्य छ ।  पश्चिम अष्ट्रेलियामा नाईटो, निप्पल, जिब्रो, शरीरको गुप्त अङमा छेडेर रिङ लगाएर हिड्नेलार्ई जरिवानाका साथै जेल सजाँयको पनि ब्यबस्था छ । नेपालमा पेयर्सिङको फेशन अघिल्लो दशकसम्म नाक, कानमा मात्र पियर्सिङ गरिन्थ्यो र गहना नाक, कानमा मात्र लगाईन्थ्यो । तर पश्चिमा मुलुकका तन्नेरी पुस्तामा पेर्सिङ गरेर शरीरका ठाउँ कु ठाउँमा विभिन्न गहना लगाउन थालेपछि त्यसको सिको गर्दै फेशन र सौन्दर्यताको प्रतिककोरुपमा नेपालमा पनि पछिल्लो सयम पेयर्सिङ गरेर आफुलाई आकर्षक र ‘फेसनेबल’ देखाउने चलन तन्नेरी पुस्तामा बढेको छ । आजकाल नेपालका तन्नेरी पुस्ताका बिदेशीले झैं प्राय सबै अँगमा पियर्सिङ गराएर गहना लगाउँछन् ।   

Posted on: 2015-Jun-2

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar