29 Apr
Mon

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

घोप्टो परेर सुत्नु स्वास्थको लागि निकै नै हानिकारक

2 - Mar-2015, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 घोप्टो परेर सुत्नु स्वास्थको लागि निकै नै हानिकारक
घोष्टो परेर बसेमा अथवा सुतेमा अलच्छिना लाग्छ भन्ने मान्यता नेपाली समाजको रहेको छ । त्यहीकारण पनि नेपाली समाजमा प्राय जाने बुझेका मानिसहरु घोप्टो परेर सुत्दैनन । तर यो सुताई मानव स्वास्थको दृष्टिकोणले पनि निकै नै हानिकारक रहेको पुष्टि भएको छ ।  अमेरिकाको शिकागो बिश्व बिद्यालयले गरेको एक अध्ययन अनुसार घोप्टो परेर सुत्दा मानिसमा आकष्मिक मृृत्युको खतरा बढी हुने गरेको छ । नेपालीमा छारे रोग भनिने हिष्टेरियाको धेरै रोगीहरुको मृत्यु घोप्टो परेर सुतेको अवस्थामा हुने गरेको समेत उक्त अध्ययनले देखाएको छ । बिश्व बिद्यालयका शोधकर्ता जेम्स ताओकाका अनुसार दुई सय ५३ वटा मृत्युका घटनाका विषयमा २५ वटा अध्ययन गरिएको थियो ।  उक्त अध्ययन अनुसार धेरै जसो मानिसहरुको मृत्यु घोप्टो परेर सुतेको बेलामा नै भएको थियो । घोप्टो परेर सुत्दा शरिरमा पुर्णरुपमा दबाव पर्ने, मुटु र फोक्सोले पनि दबाव परेकाकारण राम्रोसंग काम गर्ने नसक्ने हुन्छ । यो अबस्थामा मुटुले गर्ने नियमित रक्त सञ्चार र फोक्सोको नियमित कार्य प्रणाली नै अबरुद्ध हुने देखिएको छ । यसले गर्दा पनि मानिसहरुको असामायीक मृत्य हुने गरेको छ । यसलाई रोक्नका लागि पनि मानिसहरुलाई घोप्टो परेर नसुत्न शोधकर्ताहरुले सल्लाह दिएकाछन ।   

Posted on: 2015-Mar-2

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar