27 Apr
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

युवाहरुमा बढ्दै छ, हेयर डेड लकको क्रेज

2 - Mar-2015, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 युवाहरुमा बढ्दै छ, हेयर डेड लकको क्रेज 
सुष्मा महरा  प्रवन्ध निर्देशक फेसियल हाउस, काठमाडौं मल सुन्धारा सामान्यतया कपाललाई लट्टा बनाउने प्रकृयालाई हेयर डेडलक भनिन्छ । परम्परागतरुपमा साधु सन्त, फकिरहरुले कपाललाई डेडलक बनाउँथे । तर केही समययता नयाँ पुस्तामा समेत डेडलकले फेशनको रुप लिएको छ । तन्नेरी युवायुवतीहरु आफ्नो कपाललाई लट्टा बनाउन तल्लिन रहेकाछन् । मुलत पश्चिमा मुलुकका कतिपय, रक, पप तथा फुटबल स्टारले आफ्नो कपाललाई लट्टा बनाउन थालेपछि त्यसको देखासिकी गर्दै नेपाली युवा जमातले पनि हेयर डेडलकको फेशन अपानाएका हो । हुन त हिन्दुहरुका भगवान शिबको परिचय पनि लट्टायुक्त कपाल हो । यसरी पछिल्लो समय फेशन बनेको हेयर डेडलक गर्न त्यति सजिलो भने छैन । कसरी बनाउने त हेयर डेडलक ? यस पटक यहाँ हेयर डेडलकको केही टिप्स प्रस्तुत गरिएको छ  आवस्यक सामाग्रीहरु १ कुरुस २ थप्नको लागि आवस्यक कपाल ३ मुस  ४ खरानी बनाउने तरिका – कपाल डेडलक बनाउनुअघि सम्बन्धित व्यक्तिको कपाल केही लामो हुनुपर्छ । – आवस्यक कपालमा केही कपाल थपेर मोटो बनाउनको लागि थप कपाल लिनु पर्छ ।  – यसपछि कुरुसको सहायताले सम्बन्धित कपालमा नयाँ कपाल थपेर लट्टा बनाउँदै जाने । – यसरी बनिसककेको कपाललाई लट्टाको रुप दिन त्यसमा खरानी र मुसको प्रयोग गर्ने । – यसरी कपालको स्वरुप अनुसार २५ ओटासम्म लट्टा बनाईन्छ । – यसरी पुरै नयाँ कपाललाई डेडलक बनाउन कम्तिमा पाँच घण्टा लाग्छ ।   डेडलकको स्याहार – डेडलक बनाएपछि सम्बन्धित कपाललाई नियमितरुपमा सफाई गर्न पनि त्यतिकै आबस्यक रहेको हुन्छ । समयमा सफा गरिएन भने कपाल सम्बन्धित विभिन्न समस्या आउने, जुम्रा पर्न सक्छ । – त्यसैले डेडलक कपाललाई हप्तामा कम्तिमा दुई पटक सफा गर्नु आबस्यक छ ।  – अरु कपाललाई जस्तो सामान्य सेम्पुको धुवाईले डेडलक कपाल सफा हँुँदैन । त्यसैले लट्टा नछुटोस भनेर हरेक लट्टालाई सावधानीपूर्वक राम्ररी स्याम्पुको प्रयोग गरेर धुनुपर्छ । यसरी धुँदा कपालमा राम्ररी सेम्पु लगाएर निकैबेर मिच्नुपर्छ ।  – यसरी सेम्पु गरिसकेपछि हलुकासँग धुनुपर्छ । तर लट्टाको सेम्पु राम्ररी पखालिनु पर्छ । धुने क्रममा लट्टालाई कडासँग मिच्यो भने लट्टा बिग्रनसक्छ । – एक पटक गरेको डेडलकलाई लामो समयसम्म टिकाउन बेला बेलामा बिग्रिएको लट्टालाई पुन बनाउनु तथा कडा तुल्याउनुपर्छ ।   डेडलकको प्रयोग डेडलकको प्रयोग प्राचिनकालदेखि नै अफ्रिकीमुलुकमा बढी भएको पाइन्छ । उनीहरुको कपाल  अत्याधिक खुम्चिने भएकाले त्यसलाई सिधा बनाउन पनि प्राचिनकालदेखि अहिलेसम्म पनि प्रायले डेडलक गर्दै आएकाछन् । यस्तै युरोपको हिप्पी समुदाय, भारतको जोगी समुदाय, नेपालको हिमाली प्रदेशका केहीजाती र चीनको तिब्बतीय समुदाय, मँगोलको मँगोलियन समुदाय लगायतले कपाललाई डेडलक गर्छन । १० डिसेम्बर २०१० मागिनिज बुक अफ वल्ड रेकर्डमा अमेरिकी महिला आशा मण्डेलाले विश्वको सबै भन्दा लामो डेडलक कपाल बनाएर आफ्नो नाम दर्ता गराएकी थिईन् ।  तर अझैपनि केही मुलुकहरुमा डेडलक बनाउनुलाई नराम्रो मान्ने गरिएको छ ।   

Posted on: 2015-Mar-2

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar