08 May
Wed

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

दुखको बिचमा पनि खुसी हुनको लागि नाच्नु पर्छ

23 - Dec-2014, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 भनिन्छ, नाच्न, गाउन र रुन नजान्ने मान्छे बिश्वमा सायद हुदैन । जीवनलाई सहज बनाउन, दुखै दुखको बिचमा केही समय भएपनि सुखी हुन खुसी हुन नाँच्न गाउन सक्नु पर्छ । नाँच्न र गाउन नजान्ने मान्छे अथवा यसमा रुची नराख्ने मान्छे जीवनमा खुसी, सुखी नहुन सक्छ । उसको जीवन निरस हुन सक्छ । त्यहीकारण पनि जीवनमा अभाव नै अभावको बिचमा केही समय खुसी रहनको लागि पनि नाँच्न गाउँन सक्नु पर्छ  । पछिल्लो समय फष्टाएको पव, डान्सबार, पार्टी कन्र्सटहरु यसकै लागि हुन अर्थात आम मानिसलाई खुसी बनाउन वा राख्नको लागि हो । 
तर पछिल्लो समय संगित तथा डान्सलाई स्वास्थ अथवा तौल घटाउने शारिरीक अभ्यासको लागि पनि यसमा लाग्नेहरुको संख्या बढदै गएको छ । राजधानीमा रहेका डान्स प्रशिक्षण केन्द्रहरुमा शारिरीक तन्दरुस्तीको लागि डान्स सिक्नेहरुको संख्या बढ्दै गएको छ । सहरी क्षेत्रमा मोटोपना आम समस्याकोरुपमा बढ्दै गएको अवस्थामा डान्स कै लागि कल्चर जानेहरुको संख्या बढ्न थालेको हो । डान्स गर्दा शारीरीक तथा मानसिक शुन्दरता दुबै नै कायम हुने हुंदा पनि सहरका संभ्रात परिवारका व्यक्तिहरु बुढ्यौली उमेरमा पनि डान्स सिक्न थालेकाछन । स्कुल कलेजमा पनि डान्स अनिवार्य बिषयकोरुपमा रहेको छ । यही कारण पनि नेपालमा डान्स पुर्ण व्यवसायीक हुदै गएको अनुभव मोर्डन डान्स एकेडेमीका सञ्चालक प्रल्हाद बुढाथोकी बताउनु हुन्छ । कलाको स्थान जुनसुकै समाजमा पनि निकै उच्च रहेको कारण डान्सलाई कलाकोरुपमा स्थापीत गनुपर्ने र यसको लागि यस क्षेत्रमा रहेको बिकृतीहरु हटाउनु पर्ने डान्स प्रशिक्षक बुढाथोकी बताउनु हुन्छ । बिसं २०५६ सालदेखि अनवरतरुपमा नेपाली डान्स क्षेत्रमा लाग्नु भएका बुढाथोकीले तीन बर्षको बच्चादेखि ६० बर्ष उमेर समुहका व्यक्तिहरु समेतलाई डान्स सिकाई सक्नु भएको छ । जीवनमा खुसी हुनुको लागि पनि नाँच्न जान्नुपर्छ भन्ने मान्यता राख्ने बुढाथोकीले कला संस्कृतीको बिकासको लागि आफ्नो क्षेत्रबाट योगदान दिईरहनु भएको छ । 

Posted on: 2014-Dec-23

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar