27 Apr
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

जाडोमा हातखुट्टाको हेरचाह कसरी गर्ने ?

19 - Dec-2014, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 
गर्मी मौसम भन्दा जाडो मौसममा शरीरको बाह्य अंगहरुको विशेष ध्यान पु¥याउनु पर्छ । त्यसमा पनि हात खुट्टाको विशेष ध्यान दिनु पर्छ । यो मौसममा छाला रुखो हुने फुट्ने जस्ता कारणले हात खुट्टाको स्याहारमा बढी ध्यान दिनु परेको हो । छालालाई नरम बनाउने विभिन्न किसिमका मोस्चराईजर, बडी लोसन जस्ता क्रिमहरु बजारमा छ्याप्छ्याप्ती पाईन्छन् । तर यस्ता क्रिमका प्रयोगले मात्र हामीले आफ्नो छालालाई नरम बनाउन सक्दैनौं ।  छाला नरम बनाउन सरसफाईमा निकै नै ध्यान दिनु आवस्यक रहेको छ  । सामान्यतया मानिसहरुले बढी मात्रामा मुहारको सुन्दरतामा मात्र ध्यान दिने गर्दछन् । तर सौन्दर्यको दृष्टिले अन्य अंगपनि उत्तिकै महत्वपूर्ण मानिन्छ । जसमा हात खुट्टा पनि पर्दछ । व्युटी पार्लरमा मेनिकियर, पेटीकियर शिर्षकमा हात्त खुट्टाको सरसफाई गरिन्छ । यदी पार्लरमा सरसफाई गर्ने हो भने तपाईले मासिक एक देखि दुई पटकसम्म सरसफाई गर्न सकिन्छ । यदी घरमा हो भने हरेक दिन सुत्नु भन्दा अघि हात खुट्टा राम्ररी धोएर तथा हात खुट्टाको छाला नरम बनाउने सम्बन्धित क्रिमको प्रयोग गर्नु पर्दछ । त्यसो त बजारमा पाउने क्रिम छैन भने विभिन्न घरेलू सामग्री पनि प्रयोग गर्न सकिन्छ । जस्तै नौनी, दूधको तर, ग्लिसिरिङ आदिको प्रयोगले पनि छालालाई नरम तथा मोलायम बनाउन सकिन्छ । यसरी हामीले छालालाई नरम बनाउने क्रिम प्रयोग गर्नु अघि हरेक रात हातखुट्टा धुनुपर्छ । त्यसपछि क्रिम वा घरेलू सौन्दर्य सामग्री लगाउनु पर्छ ।  केबल क्रिमको मात्र प्रयोग गर्ने र छाला नधुने गरेमा छाला नरम त हुन्छ । तर चमक हुँदैन ।    जाडोमा हात खुट्टाको छालामा देखिने समस्या    १ जाडोमा चिसोको कारणले रक्तसञ्चारमा आउने आबरोहले पनि छालालाई प्रभाव पर्छ । मुलत चिसोले छाला फुस्रो हुन्छ ।  २ छालाको चमक घट्दै जान्छ। ३ फुस्रो पना बढेपछि छाला फुट्दै जान्छ ।  ४) फुटेको ठाउँबाट रगत समेत बग्ने गर्दछ । ५) शरीरको अन्य अँग भन्दा कुकुच्चाको छाला बढी कडा हुने भएकाले त्यसमा तैलिय पदार्थको कमी हुन गई जिवित कोषहरु मृत कोषमा परिणन्त हुन्छ । सोही कारण चिसोको मौसममा बढी कुर्कुच्चा फुट्ने गर्दछ ।   जाडोमा हात्तखुट्टाको छाला सुन्दर राख्ने उपाए    १) प्रथमत जाडोमा हात खुटालाई चिसोबाट जोगाउन हातमा बाहुला भएको कपडासँगै पञ्जा लगाउने । खुट्टामा मोजा तथा जुत्ता लगाउने । २) मनतातो पानीले सुत्नु अघि हरेक दिन हात खुट्टा धुने गर्ने । ३) खुट्टा धोईसकेपछि सुत्नु अघि हात्त खुट्टामा छाला नरम पार्ने मोस्चराईजर तथा कोल्ड क्रिम लगाउनु पर्छ । यस्तो क्रिमले छालालाई नरम पारेर फुट्नबाट जोगाउँछ । ४) व्युटी पार्लरको सुविधा छ भने प्रत्यक १५ दिनमा व्युटीपार्लर गएर मेनिकियर तथा पेडीकियर गर्नु पर्दछ । ५) यदी बजारमा पाईने सौन्दर्य क्रिम उपलब्ध छैन भने घरमै पाईने दुधको तर, नौनी घिउ, ग्लिसिरिङ आदिको पनि प्रयोग गर्न सकिन्छ ।    शुष्मा महरा, बिजनेश उमन एवं प्रोपाईटर  फेसियल हाउस एन्ड ब्युटी केयर  काठमाडौ मल   

Posted on: 2014-Dec-19

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar