30 Apr
Tue

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

नासामा पढ्ने इच्छा थियो: कट्रिना

18 - Aug-2014, Posted by: Yuwahunkar   |   COMMENTS: 0

सन् २००३ मा फिल्म ‘बुम’ मार्फत बलिउड इन्ट्री गरेकी कट्रिना १६ जुलाई १९८४ मा हङकङमा जन्मिएकी हुन् । तर, उनको किशोरअवस्था हवाईमा बित्यो । परिवारकी ६ दिदीबहिनीमध्ये कट्रिना काइँली बहिनी हुन् । उनी बलिउड प्रवेशअघि बेलायतमा मोडलिङ गर्थिन् । कट्रिनालाई बलिउडमा पनि रामै्र फाप्यो । पछिल्लोपटक फिल्म ‘धुम–३’ हिट भएपछि कट्रिनाको चर्चा चुलिएको हो । कट्रिनाको सफलता देखेर उनका समकालीन अभिनेत्रीहरू कुरा काट्ने गर्छन् । उनीहरू भन्छन, ‘कट्रिनासँग अभिनेत्रीमा हुनुपर्ने गुण केही थिएन । सलमान खानकै निगाहले चम्किएकी हुन् ।’ कट्रिना पनि यो कुरा स्वीकार्छिन् । उनी भन्छिन्, ‘हो, सलमानले मलाई मद्दत गरेको थियो । तर, ममा प्रतिभा नभएको भए मलाई के नै गर्न सक्थ्यो र ?’ केही समय यता कट्रिना–सलमानबीच खासै राम्रो सम्बन्ध छैन । कट्रिनाको बाल्यकाल कसरी बित्यो होला ? कट्रिना भन्छिन्, ‘६ जना छोरी र एकजना छोरासहित हाम्रो ९ जनाको परिवार थियो । तैपनि हाम्रो घरपरिवार अलिक फरक खालको थियो ।’ कट्रिनाले सानैदेखि आफू ‘फायर फाइटर’ अथवा ‘स्टन्ट वुमन’ बन्ने सपना देख्थिन् रे । ‘अमेरिकाको अन्तरिक्षसम्बन्धी अध्ययन गर्ने नासा एकेडेमीमा पढ्न जाने सपना पनि देख्ने गर्थिन् रे उनी । ‘ती सपना केवल सपनामै सिमित भए’ कट्रिनाले भनेकी छन्, ‘जिन्दगी सोचजस्तो नहुँदोरहे छ भन्ने मलाई त्यहीबाट थाहा भयो ।’ कट्रिना भनेपछि मरिमेट्नेहरू दुनियाँमा छन् । तर, किशोरअवस्थामा उनलाई कसैले वास्ता गर्दैनथ्यो रे । कश्मिरी बाबु र बेलायती आमाकी सन्तान कट्रिनाले किशोरावस्थामा सकिन लाग्दा अमेरिकाबाट मुम्बई बसाइँ सरिन् । ‘मुम्बईमा बस्दा एउटा केटो मसँग ज्यादै नजिक थियो’ उनले भनिन्, ‘लभजस्तै केही परेको रै’छ । एक दिन पार्टीमा त्यो केटालाई अर्कैै केटीसँग देखेँ । त्यसदिन म रातभरि रोएँ ।’ बेलायतमा रहँदा काम नपाएको पीडा उनीसँझ अझै सम्भलाना छ । १४ वर्षकै उमेरमा ‘ज्वेलरी क्याम्पेन’मा मोडलिङ गर्ने अवसर पाएकी कट्रिनाले त्यसपछि बिस्तारै आफूलाई ¥याम्प मोडलिङमा धकेलिन् । सिकाइको पनि प्रक्रिया हुँदो रै’छ भन्नेमा कट्रिना विश्वस्त छिन् । ‘आज अक्षय कुमार र मेरो ‘केमेस्ट्री’ एकदम मिल्छ भन्ने विश्लेषण गरिन्छ’ कट्रिनाले भनिन् । सुरुमा ठूला निर्देशकले कट्रिनालाई आफ्नो फिल्ममा लिन ठाडै अस्वीकार गरेका थिए । तर, अहिले उनी सबै निर्देशकको रोजाइ बनेकी छन् । उनले यशराज चोपडा, सुभाष घई, राजकुमार सन्तोषी, कबीर खान, विपुल शाहजस्ता उम्दा निर्देशकसँग काम गरिसकेकी छन् । यी सबै निर्देशकले उनलाई कुनै बेला फिल्ममा लिन मानेका थिएनन् । कट्रिनाको बलिउड प्रवेश एक दशक पुग्नै लाग्यो । यस अवधिमा कैयौँले आफूलाई साथ दिएको कट्रिना बताउँछन् । उनी सलमान र अक्षयले गरेको सहयोगलाई कहिल्यै भुल्न नसक्ने बताउँछिन् । उनले भनिन्, ‘सहयोग र साथविना कुनै क्षेत्रमा पनि अगाडि बढ्न सकिँदैन । (एजेन्सी)


Posted on: 2014-Aug-18


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar