29 Apr
Mon

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

बिस्तारै तर निरन्तर दौडमा सानिमा बैंक

30 - May-2014, Posted by: Yuwahunkar   |   COMMENTS: 0
संवाददाता काठमाडौं । गैर आवासीय नेपालीहरुको पहलमा स्थापना भएको सानिमा बैंक “ख” श्रेणीको वित्तिय संस्थाबाट स्तरोन्नति भई वाणिज्य बैंक (“क” श्रेणीको वित्तिय संस्था) बनेको हो । विकास बैंकबाट वित्तिय बजारमा यात्रा सुरु गरेकाले बैंकले प्रतिस्पर्धी बजारलाई राम्ररी नियालेको देखिन्छ । त्यसैले होला, सानिमा बैंक, बिस्तारै र निरन्तर दौडमा सामेल देखिन्छ । बैंकमा हालै प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका भुवन दाहाल सफलतालाई यसरी नै अथ्र्याउँछन् । आफूले लक्ष्य गरेको उपलब्धि हासिल गर्नुलाई सफलता मान्छन् उनी । तर लक्ष्य समात्न सजिलो भने छैन, यसका लागि इमान्दारिता र मेहनत चाहिन्छ, जसलाई सफलताका पूर्वशर्त भन्दा हुन्छ । गत असारमा नबिल बैंक छाडेर सानिमा बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत भएर प्रवेश गरेका उनी गएको माघ महिनामा सीईओ नियुक्त भएका हुन् । व्यवसाय प्रशासनमा स्नातकोत्तर (एमबीए) उनले नबिल बैंकमा २१ वर्ष काम गरे ।  बैंकिङ क्षेत्रका अनुभवी उनले सानिमा बैंकको व्यवस्थापनको नेतृत्व सम्हालेपछि उनले बैंकलाई नयाँ उचाईमा पु¥याउन शाखाहरुको पुनर्संरचना, आधुनिक तथा अन्तर्राष्ट्रिय बैंकिङ अभ्यासमा जोड दिने बताएका छन् । नेतृत्वका सम्बन्धमा पनि उनको सीधा बुझाइ छ, नेतृत्व एउटा काम हो– सबै सरोकारवालालाई एक ठाउँमा ल्याउने र लक्ष्य प्राप्तिमा लगाउने । नेतृत्व एउटा जन्मजात गुण हो र कतिपय अनुभवबाट सिक्ने कुरा हो, धेरैजसो त अनुभवले सिक्ने कुरा हो । अनभुव, इमान्दारिता, सोच, सीप र सहयोगी भावना नेतृत्वका लागि आवश्यक कुरा हुन् भन्छन् दाहाल । सीईओ व्यवस्थापनको सबैभन्दा उच्च तह हो, एउटा बैंकरको सोच र लक्ष्य पनि सीईओ बन्ने नै हुन्छ । बैंकले गर्ने कार्यसम्पादनको गुण÷दोष त बेहोर्नैपर्छ ।  


Posted on: 2014-May-30

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar