06 May
Mon

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

देश जोड्दै क्रिकेट

29 - Apr-2014, Posted by: Yuwahunkar   |   COMMENTS: 0

विशेष संवाददाता काठमाडौं । अप्रिल ६ मा सम्पन्न विश्वकप च्याम्पियन बनेर श्रीलंकाले ट्रफी उचाल्दा सन् २००७ को विजेता भारतीय खेलाडीहरु खिन्न मानिरहेका थिए । टी–२० फाइनल खेलमा जुझेका यी दुई समूहमध्ये एउटाको त विजय सुनिश्चित थियो भने एउटाले पराजय भोग्नैपथ्र्यो । यसपटक नमिठो भारतको भागमा प¥यो । यही भर्खरै सम्पन्न टी–२० विश्वकप क्रिकेटको समूह चरणमा नेपालले खेल्ने मौका पायो । नेपालको पहिलो विश्वकप यात्रामा बंगलादेशमा सम्पन्न खेलमा हङकङ र अफगानिस्तान जस्ता विश्वकप खेलिरहेका टीमसँग सामना गरी उनीहरुलाई हराउनु लागि चानचुने कुरा थिएन । बंगलादेशसँगको पराजय र पर्याप्त स्कोर नपु¥याउँदा नेपाल “सुपर टेन” मा उक्लन सकेन तर, नेपाली क्रिकेट टीमको यो पहिलो विश्वकप यात्रामा जुन नतिजा प्राप्त भयो, त्यसले देशभित्र आम क्रिकेटप्रेमीहरुमा नयाँ उत्साह थपिदिएको छ । नेपाली त्रिकेट टोलीको मेहनत कतिसम्म रहेछ भन्ने उसले विश्वकप क्रिकेटमा देखाएको प्रदर्शनले पनि पुष्टी हुन्छ । नेपाली क्रिकेट टीमका कप्तान पारस खड्का नेपालको क्रिकेटमा लगानी अनुसारको उपलब्धि धेरै नै ठूलो मान्छन् । नेपाली क्रिकेट टीमले देखाएको उपलब्धिका आधारमा अब सरकारी तहबाट र निजी क्षेत्रसमेतको सहभागितामा क्रिकेट विकासका लागि अत्यावश्यक पूर्वाधारको विकास हुन्छ कि भन्ने आशा गर्छन् । नेपालको क्रिकेटको विकासका लागि कुनै योजना तय भएको छैन । प्रस्तावित संरचनाहरु बजेटको अभाव र व्यवस्थापनको अभावमा सम्पन्न हुन नसकेको र जीर्ण भइरहेको अवस्था छ । खेलकूद इतिहासमै नेपालले विश्वकप खेलेको यो पहिलोपटक हो । विश्वकप खेलमा आफ्नो टीमलाई अन्तर्राष्ट्रिय मैदानमा अन्तर्राष्ट्रिय टेलिभिजन च्यानलबाट हेर्न पाउनु नेपालीका लागि पक्कै पनि गर्वको कुरा थियो । क्रिकेट खेलमा नेपाली खेलाडीले प्रस्तुत गरेको क्षमता, विश्वास र लगनले नेपालको विश्वकपसम्मको यात्रा तय भएको हो । जसको आज सिंगो देशले प्रशंशा गरिरहेको छ । वास्तविक नायक नेपाली क्रिकेटलाई विश्वकपसम्म पु¥याउने नेपाली राष्ट्रिय टीमका खेलाडीहरु कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, अनिल मण्डल, प्रदीप ऐरी, विनोद भण्डारी, नरेश बुढोएर, शरद भेश्वाकर, वसन्त रेग्मी, सागर पुन, शक्ति गौचन, सुवास खकुरेल, अमृत भट्टराई, जितेन्द्र मुखिया, राहुल विश्वकर्मा र सोमपाल कामी लगायतको मेहनतको जतिसुकै प्रशंशा गरे पनि कम हुन्छ । नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय जगतमा पु¥याउने टीम हो यो । नेपाली क्रिकेट टीम सन् १९९८ देखि अन्र्राष्ट्रिय क्रिकेट काउन्सिल –आइसीसी) को सदस्य छ । सन् १९९६ देखि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको नेपालले एसिसि ट्रफी ट्र ुनामेन्ट, एसीसी ट्वान्टी कप, २००१ आइसीसी ट्रफी र आइसीसी इन्टर कन्टीनेन्टल कप जस्ता प्रतियोगिता खेलिसकेको छ । नेपाली राष्ट्रिय क्रिकेट टीमले सन् २०१० को एसियन गेममा सहभागिता जनाएको छ । आइसीसी वल्र्ड–२० क्वालिफायर बनेपछि युएईमा सम्पनन एक दिवसीय विश्वकप छनौट खेल खेलेर विश्वकप यात्रा तय गरेको हो । सन् २०१३ को आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन थ्री विजेता नेपालले विश्वकपमा आफ्नो पहिलो उपस्थितिमा राम्रो टीमको पहिचान दिन सफल भएको छ । सन् २०१४ को मे महिनामा मलेसियामा हुन लागेको एसीसी प्रिमियर लिग खेल्दैछ । क्रिकेट खेलको विगत सन् २००० मा अन्डर–१९ विश्वकपमा सारजहाँमा भएको खेलमा हङकङङसँग पारजित भएको नेपालले टी–२० मा आफूलाई खरो सावित गरेको छ । त्यस्तै, सन् २००२ मा एसिसि ट्रफीका लागि सिंगापुरमा भएको खेलामा युएईसँगको खेलमा सफलता हात लागेन । सन् २००३ मा भुटान र मालदिभ्ससँग इमर्जिङ नेसन्स ट्र ुनामेन्टमा सहज जित दर्ता गरेको नेपाललाई सन् २००५ मा भने खेलको निम्तो दिइएन । यसअघि सन् २००४ मा नेपालले आइसीसी इन्टरनेशनल कपमा युएई र मलेसियाविरुद्ध खेलेको थियो । मलेसियालाई जितेपनि युएईसँगको पराजयपछि सेमी फाइनलमा पुग्न पाएन । सन् २००५ को आइसीसी इन्टरनेशनल कप छनौटका लागि आयरल्याण्डमा भएको खेलमा युएईलाई जितेपनि हङकङसँग नेपाली टीम पराजित भएको थियो । त्यस्तै, सन् २००६ को एसीसी ट्रफीमा नेपालले म्यानमारसँग खेल्यो । जतिबेला अन्तर्राष्ट्रिय खेलको अहिलेसम्मकै कम  स्कोरमा नेपाल आउट भयो । नेपालको पहिलो विजयी सुरुवात सन् २००६ को एसीसी प्रिमियर लिगबाट भएको हो  । सन् २००८ मा नेपालले जर्सी पुगेर डिभिजन फाइभ खेल्यो । तर सेमी फाइनलमा अफगानिस्तानसँग पराजय बेहोर्नुप¥यो । सन् २०११ मा तान्जानियामा डिभिजन फो खेलमा क्वालिफाइ हुन नसकेपछि विश्वकपसम्म पुग्ने यात्रा रोकिएको थियो । सन् २०१० मा नेपालमा भएको वल्र्ड क्रिकेट लिग डिभिजन फाइभमा संयुक्त राज्य अमेरिकालाई हराएर नेपाल विजेता भयो । सन् २०१२ मा आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन फो मा सुवास खकुरेल र अनिल मण्डल दुवैले सय रनभन्दा बढीको स्कोर लिएका थिए । अमेरिकासँगको खेलमा १४२ बलमा खकुरेलले ११५ रन र अलिल मण्डलले डेनमार्कसँगको खेदामा ११३ बलमा १३४ रन लिएका थिए । यो शुरुवातपछि नेपालले सन् २०१२ अक्टोबरमा सारजहाँमा भएको खेलमा युएईसँग एसिसी ट्रफी एलिट सेयर ग¥यो, जुन नेपाली क्रिकेटका लागि अर्को महत्वपूर्ण उपलब्धि थियो । सन् २०१३ मा युएईमा सम्पन्न आइसीसी टी–२० क्वालिफायरमा प्रतिद्वन्द्वी हङकङलाई जितेर नेपालले विश्वकप खेल्ने सपना पुरा गरेको छ । आगामी दिनमा विश्वकप जित्ने अठोटका साथ नेपाली क्रिकेट टीम अघि बढोस् भन्ने आम नेपालीको शुभकामनाले उनीहरु अझै हौसिएको बताउँछन्, कप्तान पारस खड्का । क्यान र क्रिकेट राष्ट्रिय खेलकूद परिषद मातहत रहेको क्रिकेट एसोसिएसन नेपाल (क्यान) क्रिकेट खेलको समग्र उत्थान र विकाससँग सम्बन्धित संस्था हो । तर, त्यहाँ हुने राजनीतिक नियुक्ती, अव्यवस्थाका कारण नेपालले क्रिकेटका आवश्यक पूर्वाधार विकासमा सरकारसँग कुनै लविङ गर्न सकिरहेको छैन । एउटा पनि अन्तर्राष्ट्रिय स्तरको खेलमैदान नेपालसँग छैन । जसको फलस्वरुप नेपाली क्रिकेटको भविष्य के हुने हो भन्ने अनिश्चय यथावत नै छ । खेल जित्दा दुई चार दिन क्रिकेट स्टेडियम बनाउने देखि आवश्यक सबै पूर्वाधार तयार गर्ने हल्ला गर्ने तर वर्षौं बित्दा पनि मूलपानी स्टेडियमको एउटा परियोजना थाती बसिरहेको छ । सरकारले निजी क्षेत्रलाई भित्र्याएर हुन्छ या विदेशी साझेदार ल्याएर रंगशाला विकास गरिहाल्नुपर्छ र क्रिकेट टीममा अझ उत्साह जगाउनुपर्छ । त्यो उत्साहलाई कायम राख्ने वातावरण बनाउन सकियो भने नेपाली क्रिकेट अवश्य चाँडै नै विश्व च्याम्पियन बन्ने बाटोमा अघि बढेको देख्न पाइनेछ ।  


Posted on: 2014-Apr-29


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar