29 Apr
Mon

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

उद्यमी व्यवसायी बढाउँदै नबिल बैंक

19 - Feb-2014, Posted by: Yuwahunkar   |   COMMENTS: 0

सन् १९८४ मा बैकिङ क्षेत्रको उदारीकरणसँगै पहिलो निजी क्षेत्रको बैंकका रुपमा नबिल बैंकको स्थापना भएको हो । अरब बैंकसँगको साझेदारीमा नेपाल अरब बैंक स्थापना भयो पछि अरब बैंक सेयर बेचेर नेपालबाट गएपछि यसको नाम बनाइयो नबिल बैंक । निजी क्षेत्रको बैंकको रुपमा नबिलले बैंकिङ क्षेत्रमा “नो हाउ” लिएर आयो । आज नेपालको बैंकिङ क्षेत्र विश्वव्यापी रुपमा प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा विकास भएको छ । आज धेरै निजी बैंकहरुमा रहेका उच्च व्यवस्थापनका उत्पादनहरु नबिलमा करिअर सुरु गरेकाहरु छन् । पुरानो बैंक हुनुको नाताले समग्र बैंकिङ क्षेत्रसँग नबिल बैंकको त्यस्तो नाता पनि गाँसिएको छ । अर्कोतर्फ, त्यतिबेला सरकारीहरुमात्र रहँदा सर्वसाधरणलाई ऋण लिन देखि अन्य बैंकिङ कारोबार गर्न पहुँच बाहिरको कुरा थियो । नबिल बैंकको सानो कर्जा लगानीमा सुरु भएका व्यवसायहरु आज स्थापित भइसकेका छन् । यो अर्थमा देशभित्र औद्योगिक ÷व्यवसायिक वातावरण निर्माण गर्न यो बैंकले महत्वपूर्ण भूमिका खेलेको छ । देशभित्र उद्यमी वर्गको सिर्जनाका लागि निजी क्षेत्रबाट सञ्चालन भएको बैंक÷वित्तिय संस्थाको आफ्नै पहिचान हुन्छ । केही वर्षअघि नबिल बैंकलाई उद्योग वाणिज्य महासंघले उत्कृष्ट बैंकको अवार्ड दिएको थियो भने गत वर्ष उत्कृष्ट लेखापरिक्षण प्रतिवेदन तयार गरेबापत् नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाबाट उत्कृष्ट लेखापरिक्षण अवार्ड जितेको छ । यस्तो दर्जनौं अवार्डले निजी क्षेत्रको उत्कृष्ट बैंकका रुपमा नबिलको पहिचानले निरन्तरता पाओस् भन्ने सबै पक्षको कामना रहेको पनि देखिन्छ । त्यसो त नबिल बैंक स्थापित बैंक भैसकेको छ । अब सन् १९८४ मा अरब बैंक नेपाल आएर नेपाली साझेदारसँग बैंक स्थापना गरेर बैंकिङ सिकाएजस्तै नबिल बैंक म्यानमार (बर्मा) मा साझेदारमा बैंक स्थापना गर्ने सोचमा छ । त्यसो त, नबिल बैंक सबैभन्दा बढी नाफा गर्ने र बढी कर तिर्ने बैंकहरुमा पर्छ । गत आर्थिक वर्ष २०६९÷७० मा नबिल बैंकले २ अर्ब २३ करोड रुपैयाँ नाफा गरेको छ । उसको नाफा अघिल्लो वर्षको तुलनामा ३१.२४ प्रतिशतले बढेको हो ।  चालु आर्थिक वर्ष २०७०÷७१ को पहिलो त्रैमास (र्फस्ट क्वार्टर) मा बैंकले ४५ करोड ७८ लाख रुपैयाँ नाफा गरेको छ । नबिल स्थापनादेखि नै अन्तर्राष्ट्रिय स्तरको बैंकिङ सेवा दिने मान्यताले स्थापित भएको हो । देशभित्र ४८ शाखा र बाहिर विभिन्न १७० बैंकसँग मिलेर नबिलले सेवा पु¥याइरहेको छ । बैंकिङ क्षेत्रको “पायोनियर” ले अरुलाई पनि बाटो देखाइरहेको हुन्छ । व्यवसायिक वातावरण निर्माण र ग्राहकको सेवा÷सन्तुष्टीलाई नै मुख्य ध्येय बनाएको बैंकले अत्याधुनिक प्रविधिमा आधारित बैंकिङ सेवा÷बैकिङ प्रडक्टहरु ल्याएको छ । नबिलको सफलताको मजबुत पक्ष भनेको यसका मेहनती कर्मचारी हु्न् । बैंकका कुशल नेतृत्व बैंक स्थापनाताका नै अर्थात् सन् १९८४ मा नबिल बैंकबाट करिअर सुरु गरेका अनिल ज्ञवालीले अमेरिकी सिटी बैंकसँग आवद्ध भएपछि सन् १९९६ मा नबिल छाडेका हुन् । संयोग नै भन्नुपर्छ, उनी पुनः नबिलमा फर्किएका छन् । सन् २०११ मा नबिल फर्कदा भने करिअर सुरु गरेकै बैंकको व्यवस्थापन प्रमुखको रुपमा फर्किए । नबिलले उनलाई बैंकिङ सिकायो भने आज उनी त्यही बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएर बैंकको प्रगतिलाई अघि बढाइरहेका छन् र उनीसँग छ, धेरै नै व्यवसायिक कर्मचारीको टिम । उनले भारतको पञ्जाव युनिभर्सिटीबाट स्नातक र फिलिपिन्सको मनिलास्थित क्रिस्टीन युनिभर्सिटीबाट एमबीए डिग्री हासिल गरेका छन् । सन् १९९६ सम्म नबिलमा काम गरेपछि त्यसयता उनी २००२ सम्म  अमेरिकाको सिटी बैंक नेपाल कार्यालयको प्रमुख थिए । पछि सिटी बैंकले भारतमा कार्यालय सारेपछि उनले सन् २००३ देखि २००८ सम्म बैंकको नेपाल, भुटान र उत्तरी भारतको “विजनेस पोर्टफोलियो” को काम सम्हालेका थिए । त्यसअघि सन् २००८ देखि २०११ सम्म ग्लोबल बैंकको सीईओ भए । त्यसपछि पुन नबिलमा छन् । उनीसँग अन्तर्राष्ट्रिय बैंकिङको अनुभव समेत छ । अहिलेको प्रतिस्पर्धी बजारमा आफ्नो पोजिसन जमाइरहनु चुनौतीपूर्ण भए पनि नबिलले आक्रामक रुपमा कुनै क्षेत्रमा बढी कर्जा लगानी केन्द्रीकरण नगरेको ज्ञवाली बताउँछन् । चुस्त बैंकिङ अभ्यास तथा राष्ट्र बैंकको निर्देशनको अनुपालनाले पनि बैंकलाई उदाहरणीय रुपमा उभ्याएको छ । नबिलको यही साखका कारण पनि सेयर बजारमा नबिल बैंकको सेयरको मूल्य प्रतिस्पर्धीको तुलनामा उच्च मूल्यमा कारोबार भइरहेको छ ।   


Posted on: 2014-Feb-19


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar