26 Apr
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

विश्वअनसनकारीहरुको सूचीमा नेपाल

10 - Feb-2014, Posted by: Yuwahunkar   |   COMMENTS: 0

–    स्वागत नेपाल     बेलायतमा ‘सफ्रागेट हङ्गर स्ट्राइक मेडल’ निक्कै सम्मानित छ ।  महिलाको मताधिकारका लागि शुरु भएको आन्दोलनमा इमेलाइन प्याङ्कहस्र्ट र उनका ३ जना छोरीहरु मुख्य आन्दोलनमा थिए । ‘डिड्स, नट वर्ड’ अर्थात् ‘बोली होइन, व्यवहार चाहियो’ भन्दै आन्दोलित थिए उनीहरु । सन्  १९१२ मा शुरु गरेको अनसन वीचमा तोडियो फेरि सन्  १९१३ सम्म १२ महिनामा १२ पटक यो क्रम दोहोरियो । सरकारले जवरजस्ती कब्जामा लिएर खुवाउने काम पनि गर्यो तर अन्ततः उनको निधन भयो र सफ्रागेट अभियानको पर्यायको रुपमा उनको नाम लिइन्छ ।     महिलाहरु मताधिकारका योग्य मानिन्नथे । तर, यो आन्दोलन केवल मत हालेर बस्ने मात्र होइन मत पाउनु पर्ने र सक्रिय हुन पाउनु पर्ने मागमा केन्द्रित थियो । प्रथम विश्वयुद्धमा भाग लिएका महिलाको बलमा चलेको यो शान्ति आन्दोलनले ठूलो परिवर्तन ल्याइदियो । नेपालमा भने पछिल्ला बर्षहरुमा शान्तिका सौदाबाजीका भेराइटीहरु टेस्ट गरिँदै असफल पारिँदै छोडिँदै छन् । डा. गोविन्द के. सी. को अनसनको सन्दर्भ पनि जोडिन्छ ।     आयरल्याण्डमा सन् १९७६  पारामिलिटरी बन्दीहरुको आन्दोलन चल्यो । सन् १९७२ देखि युद्ध बन्दीहरुका उन्मुक्तिहरुमा अंकुश लाग्न थाले । बेलफास्ट नजिक न्यु मेज जेलमा एच ब्लक भनी विशेष व्यवस्था गरिएको थियो । त्यहाँ व्ल्याङ्केट प्रोटेस्ट नामले अध्ययन गरिने आन्दोलनमा बन्दीहरुले कैदीका कपडा नलगाउने समेतका अडानले १९८० मा भोक हडतालको रुप लियो । उनीहरुले राज्यले गरेको सम्बोधनमा आफ्नो माग पूरा भएको बुझेछन्, त्यसैले आन्दोलन स्थगित त गरे तर १९८१ मा फेरि शुरु भयो । जसको नेतृत्व अधिकारवादी बबी स्यान्डस्ले गरेकी थिइन् । उनले २७ वर्षको उमेरमा जेलमा ६६ दिनको भोक हडतालपछि  ५ मे १९८१ मृत्यु वरण गर्न पुगेकी थिइन् । उनका मुख्य मागहरु हप्तामा एउटा पार्सल बाहिर पठाउन र रिसिभ गर्न पाउनु पर्ने, बन्दी पोशाक नलगाउन पाउनुपर्ने, बन्दीहरु वीचमा नै भेटघाट गर्न पाउनु पर्ने लगायत थिए । मार्गरेट थ्याचरको सरकारले केही पनि सम्बोधन गरेन । अक्टोबरसम्म उनीसँगै झण्डै एक एक दिनको फरकमा अरु नौ जनाको पनि अनसनकै कारण निधन भयो ।            भोक हडताल वा अनशन अरुलाई दोषी महसुस गराउन अहिंसात्मक ढंगले माग पूरा गराउने राजनीतिक अधिकार र सौदावाजी पनि हो । यसको उद्देश्य नीतिगत परिवर्तनका लागि हुन्छ प्रक्रियागत सुधारका लागि होइन । ठोस नखाई तरल पदार्थ मात्र खाइन्छ । भोक हडतालमा कथम् कदाचित केही भइ हाल्यो भने त्यसको जिम्मा राज्यलाई हुन्छ सिद्धान्ततः तर राज्यले केही बोल्न नै नमिल्ने कुरामा भोक हडताल हुन्छ गरिन्छ भने सोझै बुझिन्छ त्यो भोक हडतालको विषय नै होइन ।     कहिलेकाहीँ अनसन बलपुर्वक खुवाइएर पनि तोडाइन्छ  । त्यस्तो ‘फोर्स फिडिङ्ग’ प्राग्क्रिश्चियन आयरल्याण्ड प्रचलनबाट शुरु भएको हो । कसैले कुनै गलत काम गरेको भए उसलाई सुधार गर्न अनुरोध गर्दा पनि नमानेमा साँझको खाना खानेबेला उसको घरको ढोकामा बसेर सुधार नहुञ्जेल खाना नखाने अनि घरमा आएको व्यक्ति खाना खाने बेलामा उसलाई भोकै राखेर  आफूले खाने सभ्यता पनि नभएको कारण दवाव दिन पनि सजिलो हुन्थ्यो । यदि त्यसरी माग गर्नेका कुरा नसुनी काम गरेमा वा ऊ भोकै त्यहाँ मरेमा त्यस्ता माग पूरा नगर्ने व्यक्तिलाई सामाजिक बहिष्कार गरिन्थ्यो । भारतमा पनि जसको सुधारका लागि भोक हडताल गरिने हो उसैको ढोका अघि अनसन बस्ने चलन थियो । नेपाली अनसनको इतिहास पनि इसा पूर्व ४०० देखि  ७५० सम्म जोडिएको छ । वाल्मिकी रामायणमा पनि यसको सन्दर्भ उठेको पाइन्छ । अयोध्या खण्डको सर्ग १०३ मा भरतले रामलाई फिर्ता भएर राज्य चलाउन आग्रह गर्छन् तर उनलाई गरिएको कुनै पनि आग्रह काम लाग्न सकेन । त्यसपछि उनले आफ्नो भनाइ नमानेमा खाना नै नखाने भनिदिए । भयो पनि त्यस्तै तर भरतले त्यसबेला कुशको घाँस भने खाएको कथा छ । रामले ब्राम्हणको सँस्कार नै यो हो भनेर सम्झाएका थिए ।  अनसन बस्नेले जे भन्यो् त्यही नहुन पनि सक्छ भन्ने पनि यो उदाहरण हो ।      चिकित्सा विज्ञानका अनुसार ३ दिनसम्म शरीरमा भएको र भोकहडताल शुरु गर्नुपूर्वको ग्लुकोजको शक्तिमा शरीर चल्छ । त्यसपछि भने लिभरले बडी फ्याट अर्थात् शरीरमै भएको बोसोको प्रोसोसिङ्ग गरेर प्रयोग गर्न थाल्छ । त्यस्तो प्रोसेसिंगलाई चिकित्सा भाषामा केटोसिस भनिन्छ । त्यो क्रम ३ हप्तासम्म जारी रहन्छ तर त्यसपछि भने शरीर स्टारभेसन मोड भनिने अवस्थातिर लाग्छ । यो विन्दुमा शरीरले आफ्नै मांशपेशी र अरु महत्वपूर्ण अंगहरुमा आफैँ शोषण गर्न थाल्छ । जसले गर्दा बोन म्यारो नष्ट हुन थाल्छ र फलतः मान्छे मर्छ । त्यसैले विश्वमा ५२ देखि ९४ दिन वीचको भोक हडतालमा अनसनकारीहरु मरेको उदाहरण देखिएका छन् ।     क्युवाका रिपब्लिकन अल्टरनेटिभ मुभमेन्टका नेता ओल्र्यान्डो जपाता तामायोको सरकार विरुद्धको अनसनमा ८५ दिनपछि निधन भएको थियो । उनी ४२ वर्षका थिए । ६ डिसेम्बर २००२ मा पक्राउ परेका थिए । त्यसबेला ३ महिना जेल राखियो फेरि दोस्रो पटक २० मार्च २००३ मा पक्राउ परेका उनलाई कामागुसीको किलो सेभेन भन्ने जेलमा राखियो । त्यस पटक भने उनले नागरिक समाजको परिचालनका लागि भोक हडताल शुरु गरे । त्यसपछि नागरिक समाजको सक्रियता बढ्यो र उनीमाथि सामाजिक विच्छृंखलता भड्काएको अर्को आरोप लगाइयो । उनलाई एमनेस्टी इन्टरनेशनलले आस्थाको बन्दी घोषित गर्यो । केवल मन्थ्ली रिभ्यूले भने उनले शान्तिमा खलल पुर्याएको लेखेको थियो । उनले डिसेम्बर २ मा अनसन शुरु गरे । उनले फिडेल क्यास्ट्रोले प्रयोग गर्ने स्तरको टिभी सेट, खाना र कपडा जेलभित्र पनि माग गरेका थिए । किड्नी फेल भएपछि उनलाई अनसन तोडन दिइको डाक्टरको सुझाव उनले मानेनन् उनी लगभग विचेत बनेपनि उनको इच्छाविरुद्ध भेनम दिइएको थियो । क्युवामा सन्  १९७२ मा युवा कवि तथा विद्यार्थी नेता पेड्रो लुइस बोटेलको अनसनकै क्रममा मृत्यु भए यता यो दोस्रो अनसनकारीको मृत्यु भएको थियो । १६ मार्च २०१० मा उनले राजनीतिक बन्दीहरु छोड्न सरकारका लागि लेखेको पत्र एउटा इन्टरनेट व्लगमा राखेपछि एक हप्ता पनि नपुग्दै नै ३० हजार ऐक्यबद्धता प्राप्त भएको थियो । त्यसमा सबै जसो नै कम्युनिष्ट र गैरकम्युनिष्ट सबैतर्फका वरिष्ठ व्यक्तिहरु थिए । त्यतिबेला उनको उपचार गर्ने डा. मारिया इस्टर हर्नान्डेजभन्नेलाई समेत त्यहाँको सरकारी टेलिभिजनले नै चेतावनी समेत दिएको दिएको थियो । उनकी आमा रेइना लुइजा तामायोले मियामीको समाचारपत्र नुएभो हेराल्डलाई दिएको एउटा अन्तरवार्तामा क्युवाको सुन्दर भविष्यको सोचमा आक्रमण भयो मेरो छोरोले आफ्ना लागि कुनै पद मागेको थिएन ।     शर्मिला चानु अर्थात् आइरन लेडी अफ मणिपुर ,संसारमा सबैभन्दा बढी अनसन बस्ने अनशनकारी हुन् । उनी २ नोभेम्बर २००२ देखि १० वर्षसम्म झोल चीज मात्र खाएर मणिपुर भारतमा जातिसोच विरोधी व्यवस्थाको पक्षमा विचारकी अभियन्ताको रुपमा चिनिएकी छिन् । उनलाई द वल्डर्स लङ्गेस्ट हंगर स्ट्राइकर भनेर चिनिन्छ । अन्ना हजारे १२ दिन भारतको रमिला मैदानमा अनसन बसेका थिए । तर गंगातिरमा भारत सरकारका गतिविधि विरुद्ध अनसन बस्ने स्वामी निगमानन्द  फेब्रुअर १९ सन् २०११ मा शुरु गरेकोमा ११५ दिनपछि १३ जुनमा निधन भएको थियो । उनको माग गंगा नदी अतिक्रमण सरकारले नै गरेको र त्यो रोक्नु पर्ने थियो । नेपालमा हालसम्मको सबैभन्दा लामो अनसन डा. के सीकै देखिएको छ ।     १५ सेप्टेम्बर १९८७ मा विहान साडे ९ बजे नल्लुर मुरुगान मन्दिरमा लेफ्टिनेन्ट कर्णेल भनेर थिलिपन भनेर चिनिने तमील समुदायका श्रीलंकन नागरिक रासाइया पार्थिपन अनसन शुरु गरे । सानैमा आमा वितेकी शिक्षक बाबुका छोरा उनी जाफ्ना हिन्दू कलेजका मेधावी विद्यार्थी थिए । उनको मागहरु आतंकवादीको नाममा राजनीतिक विषय र व्यक्तिलाई सफाया बन्द गरिनु पर्ने, आदिवासी जनजातिको निर्मूलीकरण बन्द गरिनु पर्ने आदि थिए । उनले २६ सेप्टेम्बर १९८७ मा अनसनकै अवस्थामा संसार त्यागे ।     महात्मा गान्धीलाई सन्  १९२२,१९३०,१९३३,१९४२मा पटक पटक अंग्रेजहरुले अस्पताल लानुपरेको थियो अनसनमै मर्न नदिनलाई  । त्यसबेला भगत सिंह र जतिन दासको अनसन ११६ दिन पुगेको थियो ।  सन् १९२९ अक्टोबर ५ मा त्यो तोडिएको थियो । तर उनका अनुयायी पोट्टी श्रीरामलु जसलाई अमराजीवी पनि भनेर चिनिन्छ, दलित समुदायको हक, अहिंसात्मक शासन व्यवस्था र स्वतन्त्र स्वाधीन देशको माग गर्र्दै बसेको अनसनको ५८ औं दिनमा बितेका थिए ।     यो धर्म संकट पारिदिने नीति आइरिसहरुले १९१७ मा  शुरु गरेर १९२० मा एंग्लो आइरिस युद्धभा बढी प्रयोग गरेप । बढी प्रयोग गरे र त्यतिबेला अनसनकारीलाई जबरजस्ती खुवाउने फोर्स फिडिंगको प्रयोग पनि प्रशस्तै भयो । सोही सययका बन्दी बनाइएका महान योद्धाहरु लर्ड मायोर, थोमस अ‍ेशे पनि अनसनमै जीवन त्यागेका थिए । गिनिज बुक अफ वल्र्ड रिकर्डस्मा पनि आइरिस सिभिल वारमा फोर्स फिडिंग नगराई ९४ दिनको अनसनपछि मृत्यु भएकाहरुको सूची नै राखिएको छ जसमा सन्  १९२० को ११ अगस्त देखि नोभेम्बर १२ सम्म अनसन बसेर प्राण त्याग गर्नेमा जोन र पिटर क्राउले, थोमस दोनोभान,मिखाइल ब्रक, मिखाइल ओ रेली, जोन पावर, क्रिस्टोफ उप्सन, जोसेफ केन्नी र सीन हेन्नेसी उल्लेखित छन् । भेनेजुएलामा ३० अगस्त २०१० मा एक जना किसान फ्र्याङ्कलिन ब्रिटोको अनसनमै मृत्यु भएपछि निक्कै हल्लीखल्ली भएको थियो । उनले किसानको सहुलियत सम्बन्धी मागहरु उठाएका थिए ।     वल्र्ड मेडिकल एसोसिएनको सन् १९७५को टोक्योमा सम्पन्न भोक हडतालसम्बन्धी माल्टा घोषणापत्रको धारा ६ ले उचित कारण सहित औषधी लिन आफैँले इन्कार गरेको अवस्था चिकित्सकले जबरजस्ती खुवाउन नमिल्ने तर आफैँले इन्कार समेत गर्न सक्ने अवस्था नभएमा सम्बद्ध पक्षको अनुमतिमा डा. चिकित्सकले आवश्यक औषधी दिन सक्ने व्यवस्था गरेको छ । नेपालको हकमा हामीले अब अनावश्यक अनसनका लागि हठ नछोड्ने र माग पनि पुरा नगर्ने हो भने सबैले आआफ्ना बाटा हेरेर अन्त्यमा गर्नु पर्ने त्यही हो । नत्र हामीले यस अघि जेजस्ता महान उद्देश्यले अनसनबाट ज्यान माया मार्नेसम्मका महान जीवनीहरुका बारेमा जानकारी राख्यौँ के अहिलेको नेपालमा हुने गरेको अनसन त्यस्तै होइन र ? धेरै खाएर अघाएर अटसमटस भएकाहरुका लागि अनसन ज्यानलाई सन्तुलित बनाउन डाइटिङ्ग बस्नुजस्तो मात्र लाग्दो हो । तर, अवस्था दिनपर दिन त्यस्तो हुँदैछैन । डा. के सी को अनसन १३ औं दिन पनि कटिसकेपछि भने अब हिन्दू परम्परा अनुसार पनि उनले थिति बिगार्ने धेरैको किरिया गरिसकेका छन् । यसतर्फ राज्य दीर्घकालीन ढंगले अघि बढ्नै पर्छ । नत्र, यसले विश्वसामु नेपालको नैतिकताको प्रश्नलाई धुलीकृत बनाउने छ । कधबनबतउब२िथबजयय।अयm  


Posted on: 2014-Feb-10


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar