पर्यटनमा प्रशस्त सम्भावना

संवाददाता
काठमाडौं ।
नेपालमा पर्यटन अवधारणाको सुरुवात भएको झन्डै १ सय १५ वर्ष भन्दा बढी भएपनि अझै पनि पर्यटन क्षेत्रबाट सोचेजस्तो आम्दानी र फाइदा लिन सकिएको छैन । सन् २०१२ मा अर्थात वि.स २०६८÷६९ मा पर्यटन क्षेत्रबाट जम्मा ३६ करोड डलर मात्र आम्दानी गर्न सकिएको थियो । पर्यटन क्षेत्र थोरै मिहिनेत गर्दा धेरै फाइदा लिन सकिने भएकोले केही मात्र सुधारका कार्य गर्न सकेमा धेरै आम्दानी र रोजगारी सिर्जना सकिन्छ । पर्यटन क्षेत्रले कूल गार्हस्थ्य उत्पादनमा सन् २०१२ मा २ प्रतिशत योगदान पु¥याएको छ ।
नेपालमा अहिले पनि कृषिलाई पहिलो प्राथमिकतामा राखिएपनि पर्यटनलाई कृषिको हाराहारीमा राज्यले राखेको खन्डमा हाल भइरहेको आम्दानी र रोजगारी तेव्वर गर्न सकिने विस्वास धेरै पहिले देखि पर्यटन क्षेत्रमा काम गरिरहेका पर्यटन विदहरुको बुझाई छ । नेपालको विकास गर्न पर्यटनबाट जति सहज छ अन्य बाट नरहेको तर्क गर्नेहरुको संख्या ठुलै छ ।
नेपालको विकास गर्ने हो भने रेमिट्यान्स भित्र्याउनामा ध्यान केन्द्रित गर्नुभन्दा पर्यटन क्षेत्रमा लगानी बढाउनमा ध्यान दिएमा निकट भविष्यमानै देश आर्थिक सम्बृद्धिको बाटोमा लाग्ने तर्क गर्दछन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रामकुमार श्रेष्ठ । “नेपालको विकास गर्नको लागि युवा विदेश पठाउने भन्दा पनि पर्यटन क्षेत्रमा लगानी बृद्धि गरी रोजगारी दिन सकेमा स्थायित्व हुन्छ ” मन्त्री श्रेष्ठले भने ।
सन् १९७२ मा तयार गरिएको तत्कालिन गुरु योजनाकै सहयोगले नै नेपालमा सार्वजनिक निजी साझेदारीको अबधारणाको विकासका कार्यक्रम अगाडी बढेको हो । त्यसैले मात्र केही विकास भएकोले पुनः एकपटक समग्र पर्यटन क्षेत्रको विकास गर्नको लागि बहसको आवस्यकता भइसकेको छ । पर्यटनको संगैसुरुवात भएका मुलुकहरु वार्षिक अर्बौ डलरआम्दानी गर्ने भइसकेका छन । तर नेपालको पर्यटन क्षेत्रको आम्दानीदर हेर्ने हो भनेहाल सम्म पनि करोडमा सिमत भइरहेको छ ।
वि.स २०५७÷५८ मा १६ करोड डलर आम्दानी भएकोमा ०५८÷५९ मा घटेर १० करोड डलर मात्र आम्दानी भएको थियो । घट्ने र बढ्ने क्रमनिरन्तर हरेपनि ठुलो आम्दानी पर्यटन क्षेत्रबाट लिन सकिएको छैन । वि.स २०६६÷६७ मा पर्यटन क्षेत्रबाट ३९ करोड डलर आम्दानी गरिएकोमा २०६८÷६९ मा बढ्नु पर्ने मा ३५ करोड डलरमा झरेको छ ।
नेपाल भित्रिने पर्यटकले खर्चमा समेत धेरै कटौति गरेको देखिन्छ । कारण नेपालमा धेरै क्षेत्रहरु लुकेर बसेका छन, जसलाई हामीले नयाँ प्रडक्टको रुपमा विकास गर्न सकेका छैनौ । सन् २००० मा नेपाल भित्रिने पर्यटकले दैनिक ३८ डलर खर्चिने गरेकोमा सन् २००३ मा बढेर ७९ डलर सम्म पुगेको थियो । तर सन् २०१२ मा घटेर ३५ डलरमा सिमित हुन पुगेको छ । यसले के देखाउँदछ भने नेपाल पर्यटन अगाडी बढ्नुको सट्टा घटेर गएको छ । नेपालको पर्यटन क्षेत्रले आज आएर संख्या पनि बृद्धि गराउन सकेको छैन भने गुणस्तर पनि बृद्धि गर्न सकेको छैन । समग्र पर्यटनबाट जति फाइदा लिनुपर्ने तर्फ निजी र सरकारी क्षेत्र अगाडी बढ्नु पर्नेमा बढ्न सकेको अवस्था रहेको छैन ।
सरकारले नेपालको आर्थिक विकासनै पर्यटनमार्फत सफल हुने बताउने गरेको भए पनि हालसम्म कुनै पनि विकासले गति दिन सकेको छैन । पछिल्लो दशकमा पर्यटन विकासलाई निजी क्षेत्रले चासो दिन सुरु गरेको बेला नै एकीकृत नेकपा माओवादीले सशस्त्र युद्ध चर्काएपछि पर्यटन क्षेत्र खुम्चिएर बस्न बाध्य भयो । भलै नेपाल सरकारले सन् २०११ लाई पर्यटन वर्ष घोषणा गर्नु, नेपाल सरकारले भिजन २०२० सार्वजनिक गरी सन् २०२० सम्म नेपालमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य सार्वजनिक गर्नुले, थोर बहुत भने पनि पर्यटन क्षेत्रको विकासमा अगाडि बढ्न खोजेको देखिन्छ ।
नेपालमा विदेशी लगानी सुरुवात इतिहास बोकेको पर्यटन व्यवसाय हाल आएर निजी स्वदेशी लगानीकर्ताको पनि आकर्षणको केन्द्र बन्न थालेको छ । २०४६ पछीको परिवर्तनपछी पर्यटन क्षेत्रअन्तर्गत रहेका होटल, एयरलाइन्स कम्पनी, टे«किङ एजेन्सी, ट्राभल एन्ड टुरलगायत पर्यटक आगवन गर्ने क्षेत्रहरूमा पनि पर्यटन सेवास्तरका कम्पनी खुल्ने क्रम बढेको देखिन्छ । पर्यटन क्षेत्रमा विभिन्न गतिविधिहरू सञ्चालन भए पनि ठोस नीतिको अभाव तथा स्थिर राजनीति नहुँदा खासै फड्को मार्न भने सकेको छैन ।
नेपालमा भने अझै पनि पर्यटन क्षेत्रमा ठूलो लगानी गर्न निजी लगानीकर्ताहरू डराइरहेको अवस्था छ । नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको जरजर अवस्था हुनु, नेपालमा पर्यटन विकासका बारेमा गाउँस्तरसम्म प्रचार गर्न नसक्नु र भए गरेका नेपालको वस्तुस्थितिका बारेमा विदेशमा प्रचार गर्न नसक्नु नै नेपालमा विदेशी पर्यटक नभित्रिनुको मुख्य कारण हो । नेपालमा हालसम्म पनि औंलामा गन्ती गर्न सकिने ठाउँको मात्र विकास गर्ने र अन्य स्थानहरूको बारेमा प्रवद्र्धन नगर्ने हो भने अझै धेरै समयसम्म पनि नेपालको पर्यटन विकासले गति लिने अवस्था छैन । हाल नेपालमा अन्नपूर्ण पदमार्ग, पोखरा, एभरेस्ट राउन्ड र सौराह मात्र नेपालको पर्यटन क्षेत्र हो भन्ने प्रभावले गर्दा अन्य क्षेत्रहरू छायामा परेको निश्चित हो ।
सन् २००० देखि २०१२ सम्म नेपाल भित्रिएका पर्यटक संख्या तथा दैनिक औषत खर्च
क्र.स वर्ष पर्यटक आगमन संख्या दैनिक खर्च(डलर)
१ सन् २००० ४,६३,६४६ ३८.२
२ सन् २००३ ३,३८,१३२ ७९.१
२ सन् २००७ ५,२६,७०५ ४५.१
३ सन् २००८ ५,००,२७७ ७३
४ सन् २००९ ५,०९,९५६ ६५.३
५ सन् २०१० ६,०२,८६७ ४३.२
६ सन् २०११ ७,३६,२१५ ३८.२
७ सन् २०१२ ८,०३,०९२ ३५.७
स्रोतः नेपाल पर्यटन बोर्ड
Posted on: 2014-Feb-10

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story