30 Apr
Tue

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

कलाकारको राजनीति ‘सेफल्याण्डिङ’

21 - Oct-2013, Posted by: Yuwahunkar   |   COMMENTS: 0
  एमपी सुब्बा हिजोआज बलिउडमा ‘सिक्वेल’ फिल्मको लहर छ । कलाकारहरु ‘सिक्वेल’ फिल्मै रमाइरहेका छन् तर यता नेपाली कलाकारलाई भने ‘सिक्वेल संविधानसभा निर्वाचन’ मा रमाइरहेका छन् । दोस्रोपटक हुन गइरहेको ४ मंसिरको संविधानसभा निर्वाचनको दिन नजिकिँदै जाँदा हाम्रा कलाकारलाई राजनीतिले छपक्कै छोपेको छ ।  हुन त हलिउड र बलिउडमा कलाकारले राजनीति गर्नु पुरानै प्रचलन हो । तर नेपाली कलाकारका लागि भने अहिलेसम्म नौला थियो । यसपटक भने कलाकार खुला राजनीतिक मैदानमा निस्केका छन् । संविधानसभा निर्वाचनमा उम्मेवार बन्ने आकांक्षा राख्दै कलाकारहरु ठूला राजनीति दलका नेताको घरदैलोमा पुग्न समेत बाँकी राखेनन् तर, उनीहरुले अपेक्षा गरेजस्तो नेताले पत्याएन । यसको उदारहण बनेकी छन्, अभिनेत्री रेखा थापा । खुलेरै एकिकृत नेकपा माआोवादीमा लागेर राजनीति चलखेल गर्दै आएकी रेखाले पर्साबाट उम्मेदवारी दिन पाउने हल्ला भए पनि पार्टीले उनलाई अझै निश्चित गरेको छैन ।  यस्तै ‘फिल्म राजनीति’का चतुर खेलाडी भुवन केसीको राजनीतिक महत्कांक्षा भने पूरा भएको छ । गतवर्ष एकहुल फिल्मकर्मी माओवादीमा प्रवेश गरेको देखेपछि राजनीति रंगले छोएका भुवनले बलियो पार्टी नेकपा एमाले अँगाले हुन् । अहिले उनलाई पार्टीले पनि प्राथमकिता दिँदै काठमाडौं क्षेत्र नै नं–१ बट प्रत्यक्षतर्फ उम्मेदवार बनाउन निर्णय गरेको छ । भुवनले सुरुमा एमालेले आफ्नो नाम उम्मेदवारमा सिफरिस नगरेको भन्दै राप्रपा नेपालमा प्रवेश गर्ने घुर्की लगाएका थिए । तर पछिल्लो समय पार्टीले उम्मेदवार बनाएपछि भुवन दंग भएका छन् । उनले आफ्नो तीन करोड नेपालीको सहयोग र साथ रहेको भन्दै चुनाव जित्ने दावीसमेत गरेका छन् । उनले कांग्रेस महामन्त्री प्रकाशमान सिंह र एमाओवादी अध्यक्ष प्रचण्डपुत्री रेणु दाहालसँग त्रिपक्षीय भिडन्त गर्ने भएका छन् ।  अभिनेता भुवनलाई नेता फाप्छ वा फाप्दैन, त्यो आफ्नै ठाउँमा छ । तर भन्नेहरु ‘भुवनको राजनीति सेफल्याण्डिङ’ हो । हुन पनि भुवनले राजनीति अँगालेका बेला उनको फिल्मी करिअर धर्मराएको थियो । आफ्नो पछिल्लो फिल्म असफल भएपछि नै भुवनलाई राजनीति भूत चढेको हो । यो सवाल रेखासँग पनि मेल खान्छ । करिब एक दशक फिल्मी करिअरमा नम्बर एकमा रहेकी रेखाको पछिल्लो समय माघ घट्दै गएको छ । त्यसैले आफ्नो ‘सेफल्याण्डिङ’ का लागि राजनीति सुरु गरेको भन्ने ििवश्लेषकले बताउन थालेका छन् । एकिकृत नेकपा माओवादीमा प्रवेश गरेदेखि नै पार्टीको ‘प्रयोग’ भइरहेकी रेखा पर्साबाट उम्मेदवारमा सिफारिस भएकी छन् । पेरिस डाँडाबाट सिफारिस नगरिए भोजपुरा राज्य समितिले सिफारिस गरेर रेखालाई राहत प्रदान गरेको छ । तर, अहिले रेखाको विषयलाई लिएर माओवादी भित्रकै जिम्मेवार नेताबीच चर्चा चल्न थालेको छ, ‘रेखालाई यो भन्दा माथि चढाएर पार्टी सिध्याउनु छैन ।’  यस्तै निर्माता संघका अध्यक्ष राजकुमार राई, बरिष्ठ कलाकार नीर शाह र अभिनेता राजेश हमाल पनि राजनीतिमा देखिएका छन् । यसअघि सतहमा रहेका यी कलाकार पछिल्लो समय कांग्रेसबाट  राजनीति सुरु गरेका छन् । तर, उनीहरुलाई पार्टीले उम्मेदवार सिफरिस गरेको छैन । अभिनेता हमाललाई कांग्रेस निर्वाचन उम्मेदवार सिफारिस गर्ने हल्ला भए पनि अन्त्यमा गरेन । कतिपयले समानुपातिकमा हमाललाई ल्याउने भन्न थालेका छन् ।  यस्तै अभिनेत्री मौसमी मल्लले पनि एमाओवादीबाट आफ्नो नाम उम्मेदवारमा सिफरिसमा पर्ने अपेक्षा गरेकी थिइन् । तर उनी पार्टीको सिफारिस परिनन् । चलचित्र विकास बोर्डको पूर्वअध्यक्ष गणेश भण्डारीलाई भने सुर्खेतबाट एमाओवादीले सिफारिस गरेको छ । उनी एमाओवादीको चलचित्रकर्मीका इन्चार्ज पनि हुन् । यस्तै द्वन्द्व निर्देशक राजेन्द्र खड्गी, काठमाडौ, नेपाल चलचित्र निर्देशक समाजका पूर्वअध्यक्ष केपी पाठक, काठमाडौं, अखिल नेपाल चलचित्रकर्मी संघका अध्यक्ष एवं चलचित्र निर्देशक शिवजी लामिछाने कास्कीबाट सिफारिस गरिएको भए पनि अन्तिममा आएर उम्मेदवारमा पर्न सकेनन् ।  लम्बूवान चलचित्रकर्मी मञ्चका अध्यक्ष एवं नेपाल चलचित्र यसैगरी निर्माता संघका उपाध्यक्ष उदय सुब्बा झापा, अखिल नेपाल चलचित्रकर्मी संघसंग आबद्ध अर्का निर्देशक दीपक श्रेष्ठ  समानुपातिकमा सुनसरीबाट सिफारिस गरिएको छ भने अखिल नेपाल चलचित्रकर्मी संघका उपाध्यक्ष बिजय बस्नेतलाई एमाओवादीले महोत्तरीबाट सिफारिस गरेको थियो ।  यसैगरी कांग्रेसबाट निर्माता रोज राणा प्युठान–१ बाट कांग्रेसले प्रत्यक्षमा उम्मेवादर बनाएको छ । कुनै समय नेपाली फिल्म क्षेत्रको खेलाडीका मानिएका उनले राजनीतिमा पनि ठूलै चलखेल गरेपछि उम्मेदवार बन्न सफल भएका हुन् । तर कांग्रसबाटै उम्मेदवार बन्ने आकांक्षा बोकेका निर्माता मधुसुदन सिलवाल, कलाकार तिर्थ थापा र निर्माता छवी ओझा भने अन्योलमा छन् । यता गायिका कोमल वली, मिरा राणा, गायक सञ्जय श्रेष्ठलगायतका सांगीतिक क्षेत्रमा पुराना हस्तीहरु पनि विभिन्न राजनीति दल अँगालेर संविधानसभा निर्वाचनको मैदानमा निस्केका छन् । 

Posted on: 2013-Oct-21

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar