29 Apr
Mon

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

बुट्वलमा बृहत् हिन्दू धर्मसभा सम्पन्न

21 - Oct-2013, Posted by: Yuwahunkar   |   COMMENTS: 0

 
हुङ्कार संवाददाता  सभामा रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा, कास्की, चितवन, स्याङ्जा, अर्घाखाँची, गुल्मीलगायतका जिल्लाका सर्वसाधारणहरूको उल्लेख्य सहभागिता रहेको थियो ।  दुर्गा वैदिक परमानन्द सन्यास आश्रम शङ्करनगर ५ रुपन्देहीका आश्रमाधिपति स्वामी विवेकानन्द सरस्वती जी महाराज, सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय वाराणसीका प्राध्यापक डा. हरिप्रसाद अधिकारी, रामानुज संस्कृत महाविद्यालय वाराणसीका प्राचार्य डा. गोपाल अधिकारी, मोक्षधाम आश्रमका अध्यक्ष बालव्यास ईश्वरकृष्ण शास्त्री, ॐकार परिवार किराँत समुदायका तर्फबाट अशोक सुब्बा (लिम्बु), रणबहादुर ढेंगामगर, आचार्य पुष्पराज निरौला, ब्राह्मण समाजका अध्यक्ष प्रा.नारायणप्रसाद अधिकारी, ब्रज्ूमाण्डीय सनातन धर्म महासभाका केन्द्रीय अध्यक्ष भरतराज पौडेल, सह–महासचिव दधिराम शर्मालगायतले सभालाई सम्बोधन गर्नुभएको थियो । सम्बोधनमा वक्ताहरूले नेपाल अनादिकालदेखि नै सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र रहेको र हालआएर राजनीतिक क्षेत्रले देश र जनतालाई झुक्याएर परधर्मीहरूको चारोमा बिकेर राष्ट्र र यहाँको आदिम पहिचानमाथि कुठाराघात गरेकोमा आउने निर्वाचनमा नेपाली जनताले धर्म विरोधी तŒवलाई मत दिननहुने, विदेशीको ईशारामा गरिएको धर्मनिरपेक्षतालाई ९५ प्रतिशतभन्दा बढी सनातन धर्म ॐकार परिवार (हिन्दू, बौद्ध, जैन, किराँत, शिख) रहेको यो देशका जनताले अनुमोदन नगरेको बताएका थिए ।  विश्वमै एकमात्र हिन्दू राष्ट्रलाई धर्मनिरपेक्षता गराएर युगौंदेखि रहेको जातीय तथा धार्मिक सद्भाव खल्वल्याउन, राष्ट्रिय अखण्डतालाई कमजोर तुल्याउन यहाँको राजनीति क्षेत्रलाई हातमा लिएर विदेशीले आफ्नो चाल खेलिरहेकाले नेपाली जनताले देशको प्रमुख पहिचान हिन्दुŒवलाई बचाउन सजग र क्रियाशील हुनपर्ने तर्कमा वक्ताहरूले विशेष जोड दिएका थिए । धर्मनिरपेक्षता कुनै पनि जनआन्दोलनको माग नभएको र यसको घोषणा अलोकतान्त्रिक एवम् असंवैधानिक तरिकाबाट गरिएको तथा सो घोषणालाई नेपाली जनताले नस्वीकारेको हुनाले यदि राजनीतिक दलहरूले आफ्नो राजनीतिककर्मलाई यो देशमा स्थापित गर्न चाहन्छन् भने आसन्न संविधानसभाको दोस्रो निर्वाचनमा राजनीतिक पार्टीहरूले हिन्दूराष्ट्रका पक्षमा आफ्नो घोषणा–पत्रमा सम्बोधन गर्न वक्ताहरूले अर्ती दिएका थिए ।  सभामा लोक गायिका कला पंगेनी, गायक खुमन अधिकारी, तेजु अर्याल, भरतराज अधिकारी, भगेन्द्रबहादुर वि.क.लगायतको समूहले सांस्कृतिक प्रस्तुति गरेको थियो भने कवित्री मणिकर्णा बस्याल र कमला पाण्डेले कविता वाचन गर्नुभएको थियो । बाजागाजा, जनजातिका पहिचान सहितको झाँकी, ब्राज्ूमण समाज आमा समूहको स्वागत गीत, मगर र थारु नाचको प्रस्तुतिसमेतले सज्जिएको सो सभा ब्रज्ूमाण्डीय सनातन धर्म महासभाका केन्द्रीय महासचिव श्री दीपक सुवेदीको अध्यक्षतामा सु–सम्पन्न भएको थियो । 

Posted on: 2013-Oct-21


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar