हतियार र चुस्तामा आइजीपीको लामो हात
नेपाल प्रहरी भित्र नेतृत्व सम्हाल्नु अघि व्यापक रुपमा सकारात्मक टिप्पणी भेटेका आईजीपी कुवेरसिंह राना संगठनको नेतृत्व छोड्ने बेलामा यो भन्दा अगाडिका आइजीहरु जस्तै बद्नाम भएर बाहिरिने पंक्तिमा नै छन् । आफूलाई निष्पक्ष र स्वच्छ छविका रुपमा प्रचार गराएका रानाले पछिल्लो समय दामलाई वाहेक वेवास्ता गर्ने गरेपछि उनका सहकर्मीहरु नै जिव्रो निकाल्न थालेका छन् ।
राना घर जान केही दिन बाँकी रहँदा जातेजाते समयमा ठूलो रकम कमिसन स्वरुप खाने तयारीमा रहेको बुझिएको छ । हतार हतारमा करिब डेड अर्वको हातहतियार खरिद र ५० करोड बराबरको निलो चुस्ता परिवर्तन गर्ने भन्दै ठुलो धनराशि कुम्ल्याउन लागेको एक डिआईजीले बताए । अवकास को मुखमा यति ठुलो काम सक्न प्रबन्ध शाखाका प्रहरी कर्मचारीलाई निर्देशन दिएपछि सो शाखाका कर्मचारीलाई भ्याईनभ्याई भएको छ, ती डिआईजीले युवाहङ्कार प्रतिनिििधलाई बताए । कमिशनको चक्करले रानाको पेट पोलेपछि कार्यालय समय पछि पनि बेलुका ६ बजेदेखि राती ११ बजेसम्म आईजीपी निवासमा प्रबन्ध शाखाका एसपी प्रेम मल्ललाई राखी खरिदका काम र आर्थिक कुराहरु टुंगाउन निर्देशनको समाचार स्रोतको दाबी छ । अवकासको मुखमा हतियार र चुस्ता खरिद गरी घोटाला हुने सम्भावना प्रवल देखिएकाले खरिद प्रक्रिया तत्काल बढाउन नहुने प्रहरी अधिकारीहरु नै बताउँछन् ।
Posted on: 2013-Oct-21
Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story