29 Apr
Mon

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

कुमारी बैंकका “प्रुभन पर्सनालिटी”

21 - Oct-2013, Posted by: Yuwahunkar   |   COMMENTS: 0

 उदयकृष्ण उपाध्याय हालै कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा बढुवा भएका छन् । दुई वर्षदेखि कार्यबहाक सीईओ रहेका उनी अब व्यवस्थापन प्रमुख भएका छन् । २७ वर्ष अघि तत्कालीन ग्रिण्डलेज बैंक– अहिलेको स्टाण्डर्ड चाटर्ड बैंकबाट सेवा शुरु गरेका उनी सफल हुन केही नयाँ गर्नुपर्दैन, नयाँ तरिकाले काम गर्नुपर्छ भन्ने मान्यता राख्छन् । 
उपाध्यायले बीचमा महालक्ष्मी फाइनान्स, बैंकअफ काठमाडौंमा पनि काम गरे । चार वर्षअघि कुमारी बैंकमा नायव महाप्रबन्धकको पदबाट सेवा प्रवेश गरेका हुन् यसबीचमा महाप्रबन्धकमा बढुवा भएका थिए । विगत दुई वर्षदेखि कायममुकायम सीईओ रहेका थिए । सीईओ नियुक्त भएपछि उनको करिअरमा उनलाई सिद्ध व्यक्तित्व (प्रुभन पर्सनालिटी) को रुपमा लिइएको छ ।  सीईओ कै हैसियतमा काम गर्दै आएको भए पनि सञ्चालक समितिले निर्णय गरेर दिएपछि पूर्ण रुपमा सीइओ भएको अनुभव भएको उनी सुनाउँछन् । “कर्मचारीले पनि कहिल्यै कायममुकायम सीईओको जस्तो व्यवहार गरेनन्,” उनी भन्छन् । काममा कुनै पृथकता छैन, तर सञ्चालक समितिले दिएको सम्मानले प्रफुल्लित भने पक्कै छन् ।  बैंकको सम्भावना र विकासका लागि अल्पकालीन र दीर्घकालीन योजना अनुरुप नै अघि बढ्ने उनले सुनाए । “कायम मुकायम हुँदा पनि मैंले आफ्नो जिम्मेवारी र जवाफदेहीताका हिसाबले कार्यबहाक भनेर कहिले पनि सोचिनँ, उनी भन्छन्, “कर्मचारीको पूर्ण सहयोगले व्यवस्थापन प्रमुखको रुपमा जिम्मेवारी निर्वाह गरेको थिएँ ।” यो नियुक्तिले साँच्चै उनको करिअरमा उनी सिद्ध व्यक्तित्व (प्रुभन पर्सनालिटी) नै हुन् । सञ्चालक समितिले पनि बैंककै सम्भावना र विकास हेरेर बजारबाट भन्दा उनैलाई जिम्मेवारी दियो । कायममुकायम हुँदा र पूर्ण सीईओको अनुभवबारे उनी भन्छन्, “कार्यबहाकचाहिं अर्को व्यवस्था नभएसम्मका लागि हो । राष्ट्र बैंकको निर्देशनअनुसार, सीईओ भैसकेपछि स्थायी कर्मचारीको रुपमा रहन पाइँदैन ।” त्यसो त  सीईओ भनेको करार सम्झौतामा नियुक्त हुने हो ।  कुमारी बैंकका पूर्व सीईओ राधेश पन्त सरकारले गठन गरेको लगानी बोर्डको प्रमुख भएर गएपछि बैंकमा केही अन्यौल भने थियो, जसलाई उदयले बन्दोबस्त मिलाए । आफ्नो भूमिका र जवाफदेहीता अस्थायी हो भनेर हेरेनन् ।  अब कुमारी बैंकमा उनका सामु विभिन्न योजना छन् । बैंकको सिद्धार्थ बैंकसँग मर्जरको कुरा चलेर पछि अड्कीएको थियो । “सिद्धार्थ बैंकसँग मर्जर हुन्छ या हुँदैन भनेर भन्न सक्ने अवस्थामा हामी छैनौं । मर्जरका लागि उपयुक्त साझेदारको खोजीमा उपयुक्त साझेदार खोजिमा हामी खुला छौं,” उनले भने ।  उदय उपाध्याय वित्तिय संस्थाको वृद्धिसँगै त्यसको गुणात्मकता पनि बढ्नुपर्छ र सरोकारवालाले अझ बढी लाभ पाउनुपर्छ भन्ने मान्यता राख्छन् । “अहिले त वित्तिय संस्था बढ्दा सरोकारवालाले पाउनुपर्ने लाभ बढेन,” उनले भने, “त्यसकारण पनि संस्थाहरू मर्ज हुनु राम्रो हुन्छ ।” राष्ट्र बैंकले तोके अनुसारको पुँजी योजना बढाउने कार्यमा क्रियाशील रहेका उनले पहिले नै पुँजी वृद्धिका लागि काम गरिसकेको बताए । “५–६ वर्ष अगाडी नै बण्ड जारी गरेका थियौं, त्यसको ४० करोड रुपैयाँको सञ्चिति हामीसँग छ । एक अर्ब ६० करोड रुपैयाँको चुक्ता पुँजी पनि रहेकाले अहिले हामीलाई समस्या छैन,” उनी भन्छन्, “अहिले वासलात स्वीकृत गर्ने र लाभांश स्वीकृत गर्ने निर्देशिकामा उक्त आर्थिक वर्षको लाभांशलाई पनि गणना गर्न मिल्ने भनेकाले हामीलाई चुक्ता पुँजीको कुनै समस्या छैन ।”  चालु वर्षमा बैंकले २९ करोड १५ लाख रुपैयाँ नाफा गरेका छौं, त्यसका आधारमा १२÷१२.५ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको छ ।  व्यक्तिगत कर्जामा नयाँ योजना शुरु गर्न लागेको बैंकले नेपालमा सबैभन्दा पहिले मोबाइल बैंकिङ शुरु गरेको हो । मुख्य कार्यालयबाहेक काठमाडौं भित्र र बाहिर गरी २५ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ भने २ ओटा एक्स्टेन्सन काउन्टर सञ्चालनमा छन् । बैंकले शाखारहित बैंकिङका लागि विभिन्न ठाउँहरूमा अध्ययन गरिरहेको उपाध्याय बताउँछन् । 

Posted on: 2013-Oct-21


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar