इशानीको अभिनय इच्छा
12 - Oct-2013, Posted by: Yuwahunkar | COMMENTS: 0
यस वर्षकी मिस नेपाल इशानी श्रेष्ठले चलचित्रमा अभिनय गर्ने सोच लिएकी छन् । १९ औं ‘मिस नेपाल’ मा आफ्ना १७ प्रतिस्पर्धीलाई उछिन्दै ताज जित्न सफल भएकी इशानीले तत्काल नभए पनि भविष्यमा अभिनय पनि गर्न सक्ने बताएकी हुन् । काठमाडौंकी स्थानीय १७ वर्षीया इशानीले यस वर्ष हुने मिस वल्र्डमा नेपालको प्रतिनिधि गर्नेछिन् । मिस नेपालको ताज जितेसँगै मिस वल्र्डको तयारी सुरु गरेकी इशानीले भनिन्, ‘यस वर्ष सकेसम्म मिस वल्र्डमा सकेसम्म राम्रो गर्ने प्रयास गर्नेछु ।’ यस्तै प्रतियोगितामा सेकेण्ड रनरअप अर्थात ‘मिस नेपाल अर्थ’ को उपाधी रोजिशा शाहीले जितेकी छन् । उनले मनिलामा हुने ‘मिस अर्थ’ मा पनि सहभागी अवसर पाएकी छन् । यस्तै ‘मिस नेपाल इन्टरनेशनल’ अर्थात सेकेण्ड रनरअपको उपाधी पाएकी काठमाडौकी श्रुति शाहले ‘मिस इन्टरनेशनल’ मा नेपालको प्रतिनिधि गर्ने आयोजक मिस नेपालको हिडेन ट्रजेरले जनाएको छ ।
Posted on: 2013-Oct-12
Posted on: 2013-Oct-12
Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story