18 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

यातना दिँदै तलाकको धम्की

11 - Oct-2013, Posted by: Yuwahunkar   |   COMMENTS: 0

 काशीराम शर्मा÷बाँके
  चार पत्नी भित्र्याएका पतिले शारिरीक यातना दिदै बारम्बार ‘तलाक’ दिने धम्की दिएपछी एक महिला न्याय माग्दै बिभिन्न निकाय धाएकी छन् । मुस्लिम समुदायमा पतिले तीन पटक तलाक भनेपछि सम्बन्ध बिच्छेद भएको मान्ने चलन छ । पुरैना–२ निवासी कुरवान दर्जीले यातना सँगै तलाक दिने धम्की दिएपछि उनकी साइली पत्नी ३० बर्षिया किशोरी दर्जी छोराछोरी सहित बिभिन्न निकाय पुगेकी हुन् । उनी न्याय माग्दै अधिकारबादी संघ संस्था तथा गाविस कार्यालय पुगेकी छन् । पतिले स्थानिय २० बर्षिया चुन्नी दर्जीलाई कान्छी पत्नीको रुपमा घरमा ल्याएपछि आफु माथि गर्दै तलाक दिने धम्की दिइरहेको उनले बताईन् ।     जेठी र माइली पत्नीको मृत्यु पछि कुरवानले किशोरीलाई करिव १० वर्ष पहिले विबाह गरेका थिए । उनीसँग अहिले चार छोरा र एक छोरी छन् । पतिको नराम्रो चरित्रका कारण छोरा छोरीले पढ्न नपाएको उनले बताइन् । ‘उसले अर्की श्रीमती ल्याएपछि मैले दिनहुँ पिटाई खान्छु,’ छोरा छोरी लिएर पुरैना गाविस कार्यालय पुगेकी उनले दुःख सुनाउदै भनिन्, ‘दिनहुँ उसले तलाक दिन्छु भन्छ, तलाक दियो भने यि बाल बच्चाको अवस्था कस्तो होला ?’ आफ्ना भाइ दन्ना दर्जीलाई तलाक दिन लगाई बुहारी चुन्नीलाई कुरवानले कान्छी पत्नी बनाएको उनले बताईन् । पति नजिकैको बिर्ता गाउँमा मिल चलाउछन् ।    पतिले दुबै श्रीमतीलाई घरमा समान रुपले लालन पालन गर्ने बताइरहदाँ भर्खरै बिबाह गरेका कान्छी पत्नीलाई छोडेर आफुसँग बस्नुपर्ने किशोरीले अडान राखेपछि यातना दिन थालेको स्थानिय बासिन्दा बताउछन् । भाइ रोजगारीको लागि बिदेश गएको समयमा बुहारी सँग प्रेम सम्बन्ध गाँसेका उनले १० दिन अघि तलाक दिन लगाएर पत्नीको रुपमा स्वीकारेका थिए । पुरैना गाउँ विकास समितिका सचिव प्रेम उपाध्यायले पिडितलाई न्याय दिने सम्बन्धमा आफ्नो भुमिका नहुने बताए । ‘परिवारको कुरा गाउँमै मिलाउछौ भनेपछि हामीले छलफलमा जुटाइदिने मात्रै हो,’ उनले भने ‘अन्यायमा परेको व्यक्ति अदालतमा जानु नै उत्तम उपाय हुन्छ ।’ अधिकारर्की मुस्ताक राइले पिडित महिलालाई न्याय दिन आफुहरूले पहल गर्ने बताउनुभयो । यो त एक उदाहरण मात्र हो , समाजमा यस्ता घटनाहरु दिनप्रतिदिन घट्दै गइरहेका छन् । मुस्लिम समुदायमा तलाक समस्या जटिल रहेको भन्दै थुप्रै पिडित महिला अझैपनि खुल्न नचाहेको अवस्था हाम्रो समाजमा विद्यमान रहेको छ ।  । पतिले गरेको अन्याय बिरुद्ध आफु अदालत सम्म पुग्ने किशोरीको अडान छ । तलाकको परिभाषा धर्मगुरुहरूले बुझाउन नसक्दा बिकृती बढेको मुस्लिम महिलाहरुको भनाई छ । लामो समय सम्म सन्तान हुन नसक्दा र पति पत्नी सँगै बस्न नसक्ने अवस्थामा दुबैको सल्लाहमा तलाक(सम्बन्ध बिच्छेद) गर्नुपर्ने इस्लाम कानुनमा उल्लेख भएपनि गलत व्याख्या गरिदाँ त्यसको मारमा महिला परेको उनीहरूको बुझाइ छ  ।    फतिमा फाउन्डेशनका कार्यबहाक अध्यक्ष मैमुना सिद्धीकीले धर्मको सहि ज्ञान र शिक्षाको कमीका कारण तलाकको समस्या बढ्दै गएको बताउनुभयो । सानो उमेरमा बिहे गर्ने र पछि उ सगंका दैनिक ब्यवाहार नमिलेको भन्दै तलाकको समस्या निम्तिने गरेको खुलासा गर्नुभयो । श्रीमान श्रीमतिहरु एक आपसमा बस्नै नसक्ने अवस्था भएमा ३ महिनाको अवधि दिइने र ३ महिनाको अवधिमा दुबैले आ आफ्ना गल्ती र कमी कमजोरीहरु महशुस गरि मिल्न सक्ने अवस्था आएमा दुबै मिल्न सक्ने छ तर आजभोली खाना मिठो भएन भने पनि तलाक भनेको कुरामा केही गढबढी भएमा पनि तलाक गर्ने गलत परिपाटीको विकास भएको उहाँले बताउनुभयो । जसले गर्दा महिला हिसांको घटना बढिरहेको छ भने स साना बालबालिका तथा महिलाहरुको दैनिक जिवन कष्ठकर बन्दै गएको उहाँँको भनाई छ ।     मुस्लिम महिला अगुवा सखत अर खाँले भन्नुभयो ‘धर्ममै उल्लेख नभएको कुरालाई गलत ब्याख्या गरेर सामान्य झगडामा महिलालाई तलाक दिईन्छ ।’ उहाँले थपदै, ‘यसमा मौलानाहरूले आफ्नो समुदायालाई बुझाउन नसक्नु दुःखको कुरा हो । तलाकको गलत व्याख्या हटाउन अब धर्मगुरु जाग्नुपर्छ ।’ मुस्लिम समुदायमा पतीले आफ्नो पत्नीलाई तीन पटक ‘तलाक’ भनेमा सम्बन्ध बिच्छेद भएको मान्ने चलन छ । तलाकका सम्बन्धमा नेपालगन्ज–८ निवासी रुही बानो हल्वाइको बुझाई बेग्लै छ । पति पत्नी बिच एक अर्कालाई बुझ्ने परिपाटी नबस्दा मुस्लिम समुदायमा तलाक समस्या बढ्ने गरेको उहाँले बताउनुभयो । ‘यो नितान्त पारिवारीक समस्या हो, जो गरिवी र अशिक्षित छ, त्यसले तलाक दिएको देखिन्छ,’ उहाँले भन्नुभयो । मुस्लिम समुदायमा गरिब र अशिक्षीत व्यक्तिले घरभित्रको सामान्य झगडामा पनि पत्नीलाई तलाक दिइ सम्बन्ध बिच्छेद गर्ने गरेको उहाँको जिकिर छ । महिलालाई जागरुक पारेर समान अधिकार दिएमा तलाक दिने चलन हट्ने हल्वाइको भनाई छ ।   ‘मुस्लिम महिलामा चेतनाको कमि छ जसले गर्दा पिडित भएर पनि आफ्नो समस्या खुलाउन चाहदैनन,’ पुरैना–१ निवासी सवनम ईद्रिसीले भन्नुभयो । तलाक दिने व्यक्तिलाई कानुनी कारबाही हुन सके बिस्तारै हट्दै जाने उहाँले विश्वास ब्यक्त गर्नुभयो । दाईजो प्रथाका कारण जबरजस्ती तलाक दिएको कतिपय महिलाले बताएका छन् । ‘घर झगडाको मुख्य कारण दाईजो प्रथा पनि हो’, नेपालगन्ज–१ धम्बोजी निवासी आसमा कुरैसीले भन्नुभयो ‘दाईजो नल्याएको निहुँमा घर झगडा सुरु हुने र अन्ततः तलाक दिएर अन्त्य हुने कयौ घटना देखिएको छ ।’ धर्मगुरु गुलाम वारिसले बिना कारण महिलालाई तलाक दिने कुरा ईस्लाम धर्ममा कतै उल्लेख नभएको प्रष्ट्याए । उहाँले भन्नुभयो, ‘बिबाह भएपछि लामो समय सम्म सन्तान नभएमा र अन्य कुनै समस्याले सँगै जिउन नसक्ने अवस्था आएमा दुबैको सहमतीमा तलाक दिन सकिन्छ ।’ सानो घर झगडामा पनि तलाक दिएका घटना सुन्दा आफु आश्चर्यमा पर्ने गरेको धर्मगुरुले बताए । राष्ट्रिय मानव अधिकार आयोगका क्षेत्रीय निर्देशक मुरारी खरेलले धर्ममै नभएको कुराको गलत व्याख्या गरेर तलाक दिदाँ मुस्लिम महिलाको मानव अधिकार हनन भएको बताउनुभयो । ‘हाम्रो समुदायमा तलाकको परिभाषा बुझाउन सकिएको छैन,’ राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय प्रमुख मुरारी खरेलले भन्नुभयो ।    

Posted on: 2013-Oct-11


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar