18 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

कोरियामा नेपाली कामदारको बिचल्ली

26 - Feb-2013, Posted by: Yuwahunkar   |   COMMENTS: 0
ल्ाोभले लाभ हैन बिलाप बनायो अनादी गौतम विदेशिक रोजगारीको लागि दक्षिण कोरिया पुगेका मध्ये झन्डै २० प्रतिशत नेपालीहरू रोजगार दलालहरूको आश्वासनमा परेर अवैधानिक हैसियतमा काम गर्न बाध्य भएका छन् । जसले गर्दा नेपाली कामदारको साख दक्षिण कोरियामा गिर्दो रहेको छ । नेपालीहरूको लागि दक्षिण कोरिया बैदेशिक रोजगारिको लागि आकर्ष मुलुकमध्ये प्रमुखमा नै पर्ने गरेको छ । उनीहरूलाई यसरी अवैधानिक बनाउने कार्यमा नेपाली दलालहरू नै सक्रिय रहेको त्यहाँका लागि नेपालको राजदूत कमानसिंह लामाले बताएका छन् । यद्यपि उनले त्यस्ता कम्पनीहरूलाई कारबाही भने गर्न सकेका छैनन् ।   हाल कोरियामा २२ हजार नेपालीले काम गरिरहेका छन् । तीमध्ये ४ हजारभन्दा बढी अवैधानिक रहेको तथ्यांक दूतावाससँंग भएको दाबी राजदूतको रहेको छ । आफ्नो छोरीको विवाहको लागि तीन साताअघि काठमाडौं आएका लामाले कोरिया र्फकनु एक दिनअघि परराष्ट्र मन्त्रालयमा कुरा गदै उनले भने, "कोरियामा नेपालीको इज्जत थियो तर यो विस्तारै गुम्दै गएको छ । यसको कारक नेपाली कामदार र केही म्यानपावर एजेन्सीहरू नै हुन् । उनी हालै कोरिया फिरेका हुन र्।र् इपीएस प्रक्रियाबाट रोजगारीको लागि कोरिया पुगेकाहरूलाई त्यहाँ रहेका नेपाली दलालहरू जसको नेपालमा म्यानपावर कम्पनी छ उसैले नै अर्को स्थानमा दोब्बर रकम पाउने भन्दै लोभमा पारेर नेपाली कामदारलाई एक कम्पनीबाट अर्को कम्पनी सार्ने गर्दा यस्तो समस्या परेको हो ।   कुनै पनि कोरियाली कम्पनीलर्ेर् इपीएस कोटाबाट कामदार भित्र्याउन झन्डै ६ महिना लाग्छ तर त्यहाँं पुगेपछि केही महिना काम गरेर अर्को कम्पनीमा जाँदा सुरुमा भित्र्याउने कम्पनीले अर्को कामदारको लागि सबै प्रक्रिया अपनाउनु पर्ने हुनाले नेपालीप्रति मोह घट्दै गएको लामाले बताए । उनले भने, यसरी एउटा कम्पनीमा गएका कामदार अर्को कम्पनीमा बिना स्वीकृत गएमा त्यो कामदार स्वतः अवैधानिक हुन्छ । उसलाई कुनै पनि बेला त्यहाँको अध्यागमनले फर्काउन सक्छ ।   कोरियाको कानुनअनुसार कुनै पनि रोजगार कम्पनीलाई जानकारी नदिइकन पाँंच दिन हाजिर नभएमा ऊ स्वतः अवैध हुन्छ यो हाम्रो कामदारले बुझन सकेका छैनन् । हामी बुझाउने प्रयासमा छौ, उनले भने । यो विषयमा हाम्रा कामदारहरू सचेत छैनन्, दलालहरूको भरमा परेर दुःख पाएकाहरू छन् भन्दै राजदूतले भने, यसको लागि केही गर्न हामीले त्यहाँंको सरकारसँंग कुरा गरिरहेका छौं । अव केही समय लाग्छ, अवैधलाई वैध गर्न त त्यहाँको कानुनले दिँदैन तर वैधलाई सहजै अवैध हुन नदिन दलालहरूमाथि निगरानी गर्ने र त्यस्तो प्रक्रियामा रहेकालाई कारबाही गराउने कार्यमा भने दूतावासले काम गर्नेछ ।   तर, दक्षिण कोरियाले सन २०११ मा नेपाललाई सबैभन्दा उत्कृष्ट कामदार पठाउने मुलुकको सूचीमा नेपाललाई राखेको थियो । कोरियाले कामदार स्रोत मुलुकको रूपमा १५ मुलुकहरू रहेका छन् । जसमा नेपाल एक प्रमुख मुलुकको रूपमा मान्दै आएको छ । र् इपीएस कोटाबाट हालसम्म १६ हजार नेपाली कामदार त्यहाँ पुगिसकेका छन । त्यसअघि विद्यार्थी भिसामा त्यहाँ गएर पछि र्'वर्क परमिट' लिएर काम गरिरहेका पनि छन् । नेपाली कामदारले कोरियामा निकै सम्मान पाएका थिए तर उनीहरूले आफ्नो सम्झौतालाई बेवास्ता गरेर कम्पनी छोड्ने बानीले गर्दा समस्यामा आफंै पर्दै आएका छन् । आफू गए देखि नै कामदारलाई व्यवस्थित गर्ने र रोजगारीको अवसर खोज्नेमा नै लागेको बताउने राजदूतले पनि यति कुरा गरिरहँदा त्यहाँ सुधार्ने कुनै देखिने खालको प्रयास अघि बढाएको भने पाइँदैन । उनले नेपाली दलालहरूको कारण हामी आफंै समस्यामा परेको बताए पनि त्यसमा निगरानी राख्नेभन्दा पनि ती दलालहरूले आफूलाई नै असजिलो पार्लान् भनेर डराएर कुराहरू गर्ने गरेको पनि स्रोतले बताएको छ । आजभन्दा नौ वर्षघिदेखि अर्थात् सुरुवातमा नै नेपाली कामदार पठाउँदै आएका केही म्यानपावर कम्पनीहरूले अझै पनि त्यहाँ रहेका कामदारहरूलाई कहिले कुन कम्पनी त कहिले कुन कम्पनी पुर्‍याउने गर्दा त्यस्ता दलाल कम्पनीकेा पीडामा रोजगारदाता कम्पनीहरू परेको पनि राजदूतको ठर्‍याइ रहेको छ ।  

Posted on: 2013-Feb-26

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar