29 Apr
Mon

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

उपचार सहज बनाउँदै हेल्थ कर्न्र्सन

26 - Feb-2013, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 
रचना खड्का, काठमाडौं सुवास प्याकुरेल पेसाले डाक्टर हुन् । उनले धेरै बिरामीको उपचार गरे, धेरैलाई पढाए । रोगको उपचारमा भिड्ने यी डाक्टर चार वर्षघि आफैं बिरामी परे- उनको स्वरमा समस्या आयो । अब कसलाई जँचाउने - आवाजमा समस्या परेको सम्बन्धमा कसले राम्रो उपचार गर्छ - राम्रा अस्पताल कुन हुन् भन्ने जानकारी उनीसँग थिएन । परिवारले सोधपुछ गरे । उनलाई उपचारका लागि लगियो तर डायग्नोसिसको तरिका उनलाई चित्तबुझ्दो लागेन । उनले राम्रो अस्पताल र डाक्टर भेट्टाउन धेरै मेहनत गर्नुपथ्र्यो । स्वास्थ्य समस्याका बारेमा जानकार डाक्टरलाई त यस्तो सस्या पर्‍यो भने आमर्सवसाधारण नेपालीको हालत के होला ।    सामान्य रोग लागेकाको त कुरा छाडौं । सघन उपचारको आवश्यकता भएका "केस" हरूमा के गर्ने - हृदयाघात, मस्तिष्कघातजस्ता सघन उपचारको आवश्यकता पर्ने अवस्थामा जुन पायो त्यही अस्पताल या जो पायो त्यही डाक्टरकहाँ लगेर हुने कुरा भएन । यस्तो अवस्थामा सही जानकारी नपाउँदा अस्पताल डुलाउँदा/डुलाउँदै उपचारमा ढिलाइ हुन गई बिरामीले जीवन गुमाउनुपर्ने अवस्था आउन सक्छ ।    कति पढेर सिकिन्छ, कति परेर सिकिन्छ भनेजस्तो सुवासले चाहिँ आफूलाई परेर सिके । त्यसपछि उनको सोचमा यस्ता आकस्मिक उपचार गराउनुपर्ने बिरामी र सही ठाउँमा उपचारको प्रश्नले घोचिरह्यो । यसैको नतिजा सुवासले एक संयोजक र परामर्शदाताजस्तो भूमिका निर्वाह गर्ने संस्था स्थापना गरे । सही डाक्टर, सही अस्पताल, एम्बुलेन्स, उपचार सेवालगायतका विषयमा जानकारी दिन उनले स्थापना गरेको संस्था हो- हेल्थ कर्न्र्सन । १४ महिनादेखि यो संस्था सेवामा सक्रिय छ । डाक्टरको विशेषज्ञता, अस्पताल, सम्बन्धित ठाउँका सम्बन्धित अस्पतालका बारेमा जानकारी दिन काम गरिरहेका छन्, उनले । उनीसँग कुनै टोल प|mी नम्बर त छैन, साधारण टेलिफोन ०१-४४८५८८० बाट आफ्नो सेवा शुरु गरेका छन् । उनले स्थापना गरेको हेल्थ कर्न्र्सनको वेबसाइटले कुन अस्पतालमा कुन डाक्टर कुन दिन र कतिबेला उपस्थित हुन्छन् भन्ने सम्बन्धमा समेत जानकारी दिन्छन् । नेपालमा मात्र होइन, कतिपय देशहरूमा बिरामी विदेश लैजानुपर्ने अवस्था हुन्छ । उनले भारत र थाइल्यान्डका अस्पताल र डाक्टरहरूको बारेमा पनि जानकारी दिन्छन् ।    हेल्थ कर्न्र्सनले उपचार जानकारीमात्र होइन, विकल्प र आवश्यकताअनुसारको सहायता समेत प्रदान गर्छ । नेपालमा ठीक हुने केस नेपालमै रिफर गर्ने र नहुने अवस्थामा विदेशका अस्पताल र डाक्टरसँग समन्वय गरेर आवश्यक सहयोग समेत प्रदान गर्ने गर्छ- हेल्थ कर्न्र्सनले । विदेशको हकमा हस्पिटल शुल्कदेखि विमानस्थलदेखि विरामी लैजानेसम्मको सेवा दिन्छन् । सामाजिक सेवाको अवधारणाबाट सुरु भएको डाक्टर सुवासको यो संस्थाले विदेशी/स्वदेशी अस्पतललाई व्यवस्थापकीय सीपसमेत सिकाउने गर्छ । उनले संस्था चलाउन कुनै दातृ निकायको सहयोग लिएका छैनन् । यो पुस्ताले राम्रो काम गरे देशमा राम्रो काम हुने सुवासको मान्यता छ ।    राम्रो सोच राखेर उनले स्थापना गरेको यो अवधारणाको संस्था विश्वमै छैटौं हो- सुवास भन्छन् । उनले भारतमा सहरा ग्रुप र थाइल्यान्डमा पनि चर्चित टि्रटमेन्ट फेसिलिटेटरसँग मिलेर काम गर्छन् । आफूले बिरामीलाई जहाँ जान सुझाइयो । त्यो ठीक हो या होइन भन्ने प्रश्न उठेमा - भन्ने प्रश्नमा सुवास भन्छन्, "हरेक पेसामा विश्वास र मर्यादा हुन्छ ।" कुनै नाजायज फाइदाका लागि आफूले काम नगरेको सुवास बताउँछन् । बिरामी र अस्पतालको बारेमा जानकारी लिनेका सामान्य समस्यामा उनी आफैंले पनि निःशुल्क परामर्श दिन्छन् । यहाँबाट सेवा लिएका ९५ प्रतिशतभन्दा बढीले हेल्थ कर्न्र्सनलाई अभिभावको संज्ञा दिने गरेको उनले सुनाए । "धेरै राम्रो प्रतिक्रिया पाएका छौं," उनले भने । अहिलेसम्म उनले ३७ सयलाई उपचारका सम्बन्धमा परामर्श दिएका छन् । वेबसाइट र फेसबुक पेजबाट जानकारी लिनेलाई उनले यो तथ्यांकमा समावेश गरेका छैनन् ।    नेपालभित्रको उनको सेवा निःशुल्क हो । अहिलेसम्म ६९ जिल्लाबाट फोनमार्फ सेवा लिनेहरू रहेको उनले बताए । एक करोड १७ लाख सँग हातहातमा मोबाइल पुगेको छ । त्यसकारण यस संस्थाले अझ धेरैलाई सहयोग पुर्‍याउन सकिने उनको भनाइ छ । उनी ग्रामीण क्षेत्रमा थप सुविधा पुर्‍याउन चाहन्छन् । उनले यो संस्थालाई भविष्यमा ट्रस्टको रूपमा विकास गर्ने सोच रहेको बताए ।  

Posted on: 2013-Feb-26

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar