06 May
Mon

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

अनुपाको आइटम गर्ल बन्ने रहर

26 - Feb-2013, Posted by: Yuwahunkar   |   COMMENTS: 0
नेपाली चलचित्र क्षेत्रमा नवोदित नायिकाहरूको प्रवेश हुने क्रम दिनदिनै बढिरहेको छ । चलचित्रमा नयाँ 'टे्रण्ड' को सुरुआतसँगै नयाँ कलाकारको आगमनलाई समेत सकारात्मक रूपमा लिइन थालिएको छ ।  यस्तै नयाँ नायिकाहरूको भीडमा यतिखेर अनुपा थापा पनि देखिएकी छन् । एक वर्षता नेपाली चलचित्र क्षेत्रमा करिअरका लागि संर्घष्ारत अनुपाले कलाकारिताको सुरुआत भने मोडलिङबाट गरेकी हुन् । करिब एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी उनले केही चलचित्रमा 'आइटम डान्स' समेत गरेकी छन् । म्युजिक भिडियोमा मोडलिङ गर्दै आएकी भए पनि आफ्नो उद्देश्य भने चलचित्रमै रहेको अनुपा बताउँछिन् । उनी भन्छिन्, 'मेरो रुचि र उद्देश्य भनेको चलचित्रमै अभिनय गर्नु हो । म सफल नायिका बन्न चाहन्छु ।   र भर्खरै १७ वर्षा लागेकी अनुपाले केही भोजपुरी चलचित्रमा समेत आइटम गरेको सुनाइन् । कुरा गर्दै उनले भनिन्, 'जसरी पनि म राम्रो कलाकार बन्न चाहन्छु, चाहे आइटम नै किन नहोस् ।' उनी आफ्नो करिअरप्रति ढुक्क पनि छिन् । 'मेरो अझै धेरै समय छ,' आफ्नो कलिलो उमेरप्रति गर्व गर्दै अनुपाले भनिन्, 'उमेर छँदै कलाकारितामा लागेको कारण पनि सफल हुन्छु भन्नेमा आत्मविश्वास छ ।' उनले करिअरका लागि जस्तोसुकै संर्घष्ा गर्न तयार रहेको बताइन् । 'मिहिनेत र संर्घष्ापछि मात्र सफलता पाइन्छ भन्ने बुझेकी छु,' उनले भनिन्, 'त्यसैले अहिले मिहिनेत गरिरहेकी छु । अवश्य एक दिन सफलता मिल्नेछ ।' सफल कलाकार बन्ने दृढ संकल्पसहित रंगिन दुनियाँमा होमिएकी अनुपाले रुचि र रहरले नै यस क्षेत्रमा लागेको बताइन् ।  

Posted on: 2013-Feb-26

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar