07 May
Tue

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

कलिउडका यी भ्यालेनटाइन जोडी

26 - Feb-2013, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 
एमपी सुब्बा भनिन्छ, 'कलाकारिता शोविज हो, जहाँ केही लुक्दैन ।' त्यस्तै कलाकारको प्रेमसम्बन्ध र रोमान्स पनि लुक्न सकेको छैन । तर विडम्बना कलाकारको 'लभ अफर्ेयर्स' र 'ब्रेकअप' हुनु पनि नौलो होइन । अर्थात्, चलचित्रको पर्दामा जस्तै वास्तविक उनीहरूको जीवनमा समेत पे्रमसम्बन्ध दर्ीघकालीन हुन सक्दैन । जसका कारण कलाकारहरू सधैं प्रेमका मामिलामा चर्चामा आइरहेका हुन्छन् ।    प्रेमसम्बन्ध र रोमान्सकै कुरा गर्दा अभिनेता भुवन केसी अग्रस्थानमा आउँछन् । दर्ुइ पत्नीबाट अलग भइसकेका भुवन केही समयअघि मात्र एक महिलासँगको प्रेम प्रसंगले चर्चामा आएका थिए । अहिले आएर पुनः उनको नाम 'एटीएम' हिरोइन जिया केसीसँग जोडिएको छ । केही सातायता भुवन र जियाबीचको रोमान्सलाई लिएर विभिन्न मिडियाहरूले 'गसिप' खुराक बनाउँदै आएका छन् । तर, जियाले भने भुवनलाई 'आफ्नो आइडल व्यक्ति' भन्दै आएकी छन् ।    जियाले छोटो कुराकानीमा पनि भुवनलाई यसैगरी प्रस्तुत गरिन् । उनले भनिन्, 'चलचित्र बजारमा जे हल्ला छ, त्यो सत्य होइन । भुवन दाइ मेरो आइडल व्यक्ति हुनुहुन्छ । आफ्नो आइडल व्यक्तिसँग हिँड्नु/बस्नु कुनै नराम्रो होइन ।' अभिनेता भुवन र जियाको प्रेमसम्बन्धको चर्चा त पछिल्लो एउटा उदाहरण मात्र हो । यस्तै प्रेमसम्बन्ध र रोमान्सका कारण लामो समयसम्म निर्देशक शोभित बस्नेत र रेजिना उप्रेती पनि चर्चामा रहेका थिए । तैपनि उनीहरूले कहिल्यै आफ्नो प्रेमसम्बन्धलाई खुलेआम प्रस्तुत गर्न सकेनन् ।   तर अहिले आएर नेपाली चलचित्र क्षेत्रका कलाकारहरू प्रेम प्रसंगमा समेत खुल्न थालेका छन् । यसको उदाहरण हुन्, नायिका नम्रता श्रेष्ठ र शुष्मा कार्की । हालै यी दर्ुइ नायिकाले खुला रूपमै आफ्नो नयाँ प्रेमी प्रस्तुत गरे छन् । केही सयमअघि निर्देशक सर्ुदर्शन थापासँग नाम जोडिएर प्रेम चर्चामा आएकी शुष्मा यतिखेर नरेन शाहीसँग डेटिङमा छिन् । शुष्माले नरेनलाई आफ्नो नयाँ ब्वायप|mेण्ड घोषणा गरेको केही दिनमै नम्रताले प्रेम घलेलाई आफ्नो प्रेमीको रूपमा प्रस्तुत गरेकी हुन् । पछिल्लो दिनमा नम्रता घलेसँगै डेटिङमा छिन् । यतिखेर अधिकांश नायिकाहरू डेटिङमा छन् । तर, नम्रता र शुष्मा जस्तो खुल्न भने सकेका छैनन् । सायद उनीहरू पनि बिस्तारै खुल्दै जानेछन् । तर, यसैबेला एकजना निर्माता तथा नायक प्रेमसम्बन्धमा खुलेका छन् । नायिकाहरू नै प्रेमसम्बन्धका विषयमा खुल्न थालेपछि निर्मातासमेत रहेका नायक करण 'क्रेजी' श्रेष्ठलाई पनि झ्वाँक चल्यो । त्यसैले उनले पनि प्रेमिकालाई प्रस्तुत गरेका छन् । करणले नवोदित नायिका दीक्षा कुँवरलाई आफ्नी प्रेमिकाको रूपमा प्रस्तुत गरेका छन् । करणले पहिलोपटक दीक्षालाई आफ्नी प्रेमिका बताएका हुन् । कलाकारबीचको प्रेमसम्बन्धको प्रसंगमा करणले भने, 'म दीक्षालाई माया गर्छर्ुु हामी प्रेममा छौं ।' यसअघि करणको नाम कुनै युवतीसँग जोडिएको थिएन । तैपनि उनले दीक्षालाई 'नयाँ प्रेमिका' भनेका छन् ।   करण र दीक्षाको पहिलो भेट चलचित्र 'सम्भिmदिए पुग्छ' को छायांकनको समयमा भएको हो । करिब आधा दर्जन चलचित्रमा नायकको रूपमा अभिनय गरिसकेका करण पछिल्लो समयमा भने निर्माताको रूपमा मात्र प्रस्तुत हुँदै आएका छन् । चलचित्र 'ओम' मार्फ निर्माताको रूपमा अघि सरेका करणले पछिल्लो समयमा 'जंजीर' निर्माण गरेका छन् । तर, करणले प्रेमिकाको रूपमा प्रस्तुत गरेका दीक्षालाई भने आफ्नो चलचित्रमा लिएका छैनन् । अर्को कुरा करणले प्रेमिका बताए पनि दीक्षाको आधिकारिक जवाफ हामीसँग छैन । केही चलचित्रमा नायिकाको रूपमा अभिनय गरिसकेकी दीक्षाले अब अभिनय नगर्नेसमेत बताइन्छ ।    स्रोतका अनुसार दीक्षा आफ्नो पढाइलाई अगाडि बढाउन चाहन्छिन् । त्यसैले अभिनयमा समय दिन नसक्ने भएकी हुन् । दीक्षाको निर्ण्र्ाार करणको भनाइलाई आधार मान्ने हो भने उनीहरू प्रेममै रहेको बुझिन्छ । उनीहरूले अरुजस्तो आफ्नो प्रेमसम्बन्ध लुकाएका छैनन् ।  त्यसैले यी जोडीले यसपटकको प्रणय दीवश 'भ्यालेनटाइन डे' मज्जाले मनाउने भएका छन् ।  

Posted on: 2013-Feb-26

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar