06 May
Mon

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

समीक्षा र दिनेशको रोमान्स

26 - Feb-2013, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 
रङ्ग क्षेत्रमा कलम चलाउँदै आएका सञ्चारकर्मीहरू नाटक र चलचित्रको कथा/पटकथा त धेरै पहिलेदेखि नै लेख्दै आएका हुन् । तर केही समययता भने निर्देशन र अभिनयमा समेत सक्रिय हुन थालेका छन् । यस्तै पछिल्लो उदाहरण हुन्, दिनेश दुलाल ।टेलिभिजन रंग पत्रकारितामा सक्रिय दुलाल नेपाली चलचित्र 'काले' बाट नायकको रूपमा डेब्यु गर्दैछन् । हाल छायांकनको अन्तिम चरणमा रहेको उक्त चलचित्रमा दुलालले 'लभरब्वाय' को भूमिका गरिरहेका छन् । सहकर्मीमाझ समेत 'चक्लेटी रंगपत्रकार' भनी चिनिएका दुलालले आफ्नो भूमिकाको बारेमा खुल्दै भने, 'चलचित्रमा एक लभरब्वोयको भूमिका गर्दैछु । रमाइलो लागिरहेको छ ।' चलचित्रमा उनी 'काव्य' नामक युवकको भूमिकामा देखिने भएका छन् । चलचित्र 'काले' मा दुलालले नायिका समीक्षा अर्यालसँग रोमान्स गर्नेछन् ।    रंग पत्रकार दुलालको 'काले' डेब्यु भए पनि समीक्षाले यसअघि 'एक्सन' नामक चलचित्रमा अभिनय गरेकी छन् । टेलिभिजनको 'स्त्रिmन' मा आइरहेका कारणले डेब्यु चलचित्र भए पनि कुनै अप्ठ्यारो महसुस नभएको दुलालले आफ्नो अनुभव सुनाए । उनले भने, 'पहिलो चलचित्र भए पनि अप्ठ्यारो महसुस भएको छैन ।    युनिटमा हिँड्दा मलाई त रमाइलो पो लागिरहेको छ ।' कलाकारिताप्रति सानैदेखि रुचि भएको समेत दुलालले खुलाए । 'कलाकारिताप्रति रुचि भएकै कारण रंगपत्रकारिता गर्न थालेको हुँ' उनले भने, 'त्यो रहर बल्ल पूरा हुँदैछ ।' उनले 'काले' बाट आशावादी रहेको बताए । दुलालले भने, 'भूमिका राम्रो छ, मिहिनेत पनि गरिरहेको छु । सकेसम्म यसै चलचित्रमार्फ अभिनयमा करिअर बनाउने सोच छ ।' केही दिनयता चलचित्र 'काले' को गीतको छायांकन पोखरामा भइरहेको छ । चलचित्रको निर्देशन उद्धव अविदितले गरिरहेका छन् । 'काले' को निर्माण महेश गिरीले गरेका हुन् । चलचित्रको ७५ प्रतिशत छायांकन सकिएको निर्माणपक्षले जनाएको छ ।     

Posted on: 2013-Feb-26

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar