29 Apr
Mon

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

लगानीका नयाँ क्षेत्र खोज्दै ग्रान्ड बैंक

25 - Feb-2013, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 
नेपालको वित्तीय क्षेत्रमा क्रियाशील सुधीरबाबु खत्रीले आफ्नै पहलमा १२ वर्षअघि डेभलपमेन्ट क्रेडिट बैंक लिमिटेड (डीसीबीएल) स्थापना गरेका थिए । त्यसबेलादेखि बैंकको प्रमुख कार्यकारीको जिम्मेवारी सम्हाल्दै आएका खत्रीको उक्त बैंकको नाम परिवर्तन गरी ग्रान्ड बैंक बनाइएको छ । अहिले ग्रान्ड बैंकलाई मर्ज गरी नयाँ उचाइमा पु¥याउन लागिपरिरहेका सुधीर खत्री बैंकका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतसमेत हुन् । हालै बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको उपाध्यक्षमा समेत चयन भएका खत्रीले सन् १९८० मा तत्कालीन इन्डोस्वेज बैंकबाट करिअर  सुरु गरेका हुन् । त्यतिबेलाको नेपाली बैंकिङ र अहिलेको बैंकिङमा आकाशजमिनको परिवर्तन आइसकेको उनी बताउँछन् ।    ग्रान्ड बैंक, १२ वर्षअघि सर्वसाधारणमा सेयर बिक्री गर्नुअघि ११ करोड र सर्वसाधारणमा सेयर बिक्रीपछि १६ करोडमा खुलेको हो । अहिले यसको २ अर्ब पुँजी र २५ करोड सञ्चित कोष पुगेको छ । गत वर्ष जोखिमबापतको व्यवस्थाअघिको नाफा ३४ करोड रहेको ग्रान्डले यो वर्ष ५६ देखि ६० करोडको लक्ष्य राखेको खत्री सुनाउँछन् । बैंकले आगामी वर्षमा १०–१२ प्रतिशत लाभांश दिने अवस्थामा पुग्ने उनले बताए । ग्रान्ड बैंकले रियल इस्टेट र हाउजिङ कर्जालाई उल्लेख्य कटौती गरेको छ । पुस मसान्तमा जग्गामा मात्र लगानी ६ देखि ७ प्रतिशत र हाउजिङमा पनि १५ प्रतिशतभन्दा तलै हुने सीईओ खत्री बताउँछन् । ग्रान्ड बैंकले अग्नि एयरमा लगानी गरेको छ । उक्त एयरलाइन्स कम्पनी डुबेपछि बैंकको ऋण चुक्ता हुन नसकी खराब कर्जामा जाने हो कि भन्ने आशंका र हल्ला बजारमा व्याप्त छन् । तर खत्री भने एयरलाइन्सको ऋण असल ऋणकै रूपमा सुरक्षित रहेको बताउँछन् । ग्रान्डका अहिले २१ शाखा सञ्चालित छन् । यो वर्ष चारवटा शाखा थप्ने तयारी बैंकको छ । मर्जरमा जाने गृहकार्य तीव्र पारिएकाले अहिलेसम्म शाखा विस्तारको काम भने थाती राखिएको छ । बैंक खोलेदेखि नै एक वर्षबाहेक हरेक पटक सेयरधनीलाई प्रतिफल दिन सफल भएको उनले सुनाए ।  बैंकमा १० रुपैयाँ लगानी गर्नेले यो अवधिमा एक सय २६ रुपैयाँ प्राप्त गरेका छन् । बैंकले ६५ प्रतिशत महिला कर्मचारी राखेको छ । ग्रान्डको आफ्नै स्वामित्वमा रहेको कमलादीस्थित जग्गामा भवन निर्माण भइरहेको छ । “ग्रान्डले अन्तर्राष्ट्रिय मूल्य मान्यता अत्याधुनिक बैंकिङ सेवा र राष्ट्र बैंकको निर्देशन अनुसार क्रियाशील भई काम गरिरहेको छ”, खत्री भन्छन् ।   अहिले राष्ट्र बैंकले “आधार ब्याजदर”को विषय अघि बढाइरहेको छ । बैंकर खत्री यसलाई पारिदर्शिता देखाउने माध्यम भन्छन् ।    “अहिले बैंकहरू निक्षेपकर्ताले थोरै ब्याज दियो र ऋणीले बढी ब्याज लियो भन्ने आरोपको चेपुवामा छन्,” उनले भने । आधार ब्याजदर (बेस रेट)ले अनिवार्य नगद मौज्दात (सीआरआर) मा राख्नुपर्ने ऋणात्मक लागत, वैधानिक तरलता अनुपात (एसएलआर) को लागत, कर्मचारी खर्च र सञ्चालन खर्चमा सम्पत्तिमा प्रतिफल ०.७५ प्रतिशत राखेपछिको बैंकको लागत स्पष्ट देखाउने बाटो खोलिदिएको उनको भनाई छ । “राष्ट्र बैंकले हाललाई बेस रेट प्रकाशित गरेर आफ्नो स्थिति जनसाधारणलाई सुसूचित गर भनेको मात्र हो, नियन्त्रण गरेजस्तो लाग्दैन,” खत्री भन्छन्, “यसले सम्पत्ति र दायित्व दुवैतर्फका ग्राहक तथा सेयरधनीहरूलाई पनि वास्तविक स्थितिको जानकारी दिन खोजेको हो ।” ग्रान्ड बैंकले अत्याधुनिक बैंकिङ सेवामा जोड दिएको छ । एटीएम, एसएमएस बैंकिङ, क्रेडिट कार्ड, डेबिट कार्डका सुविधा त छँदैछन् यसबाहेक ३ सय ६५ दिने बैंकिङ सेवा प्रदान भइरहेको छ । अहिले प्रचलनमा आइरहेका शाखारहित सेवादेखि टेलिबैंकिङ, एनीब्रान्च बैंकिङ, मोबाइल बैंकिङ, अनलाइन बैंकिङजस्ता अत्याधुनिक बैंकिङसेवामा ग्रान्ड प्रतिबद्ध रहेको उनले दोहो¥याए ।    बैंकर्स एसोसिएसनका उपाध्यक्षसमेत रहेका खत्री बैंकहरूबीच स्वस्थ प्रतिस्पर्धामा जोड दिन्छन् । एकताबद्ध भएर बैंकर्स संघअघि बढ्ने उनको विश्वास छ ।  

Posted on: 2013-Feb-25

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar