05 May
Sun

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

सन्राइजको पाँचौ बार्षिक साधारणसभा

25 - Feb-2013, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 
सन्राइज बैंकको पाँचौ बार्षिक साधारण सभा पुस २६ गते बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगडको अध्यक्षतामा सम्पन्न भयो । उक्त साधारण सभाले संस्थापक शेयरधनीहरूका तर्फबाट मोतीलाल दुगड, श्रीनिवाश शारदा, बच्छराज तातेड़, श्रवण कुमार गोयल, भोगेन्द्र गुरागाईं र मालचन्द दुगडलाई बैंकको संचालक पदमा निर्विरोध निर्वाचित गरेको छ । साथै, बैंकको सञ्चालक समितिको बैठकले मोतीलाल दुगडलाई अध्यक्षमा मनोनित गरेको समेत प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमान प्रधानले जानकारी गराउनुभयो ।   उक्त साधारण सभाले बैंकको २०६९ आषाढ मसान्तसम्मको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०६८÷६९ को नाफा–नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने लगायत सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५.२६३१६% (रु. १० करोड ६० लाख ५२ हजार ६ सय ३१रुपैयाँ) नगद लाभांश प्रदान गर्ने समेत निर्णय ग¥यो ।    बैंकका प्रमुख कार्यकारी अधिकृत प्रधानले सो अवसरमा बैंकको निक्षेप २१ अर्ब ८१ करोड रुपैयाँ, कर्जा लगानी १७ अर्ब ८७ करोड रुपैयाँ, ग्राहक संख्या २ लाख ११ हजार भन्दा बढी तथा चुक्ता पूँजी २ अर्ब १ करोड ५० लाख रुपैयाँ रहेको जानकारी गराउनुभयो । हाल बैंकको शाखाहरूको संख्या ४९ र ए.टि.एम.संख्या ५७ रहेको छ । बैंकको यस सञ्जालबाट सन्राइज मुद्दती खाता, फ्याट सेभिङ्ग एकाउन्ट, पिंक बचत खाता, सुपर सेभिङ्ग एकाउन्ट लगायत सन्राइज एस. एम. ई. बैकिङ्ग, सुन कर्जा, मोबाईल बैंकिङ्ग एवं इन्टरनेट बैंकिङ्ग, भिसा डेविट कार्ड, लकर सुविधा, रेमिट्यान्स लगायतका अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले सन्राइज कृषि कर्जा पनि संचालनमा ल्याएको छ ।

Posted on: 2013-Feb-25

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar