16 May
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

सातबुँदे सहमति दस्तावेज

25 - Feb-2013, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 सातबुँदे सहमति दस्तावेज 
 
शान्ति प्रकृया लगायतका विषयमा राजनीतिक दलहरुको सहमति   
 
शान्ति पक्रिया र संविधान निर्माणको जिम्मेवारी पूरा गर्न राष्ट्रिय सहमति अपरिहार्य छ । यस सर्न्दर्भमा नेपालको शान्ति प्रक्रियालाई र्सार्थक निष्कर्षा पुर्‍याई संविधान निर्माण लगायतका राजनीतिक प्रक्रियाहरुलाई अगाडि बढाउनु पर्ने तथ्य प्रष्ट नै छ । अतः विस्तृत शान्ति सम्झौता, नेपालको अन्तरिम संविधान, २०६३ तथा विभिन्न समयमा राजनीतिक दलहरुका बीच भएका सहमति अनुरुप शान्ति प्रक्रियाका बाँकी कामहरु तुरुन्त सम्पन्न गर्दै संविधान निर्माण र राष्ट्रिय सहमतिको राजनीतिलाई अघि बढाउन निम्नलिखित सहमति गरेका छौं ः   
 
  १. क) माओवादी सेनाका लडाकूहरुको समायोजन र पर्ुनस्थापना शिविरमा रहेका माओवादी सेनाका लडाकूहरुको विवरण अद्यावधिक गरिने छ ।  
ख) समायोजनमा सामेल हुने माओवादी सेनाका लडाकुहरुको संख्या बढीमा ६५०० -छ हजार पाँचसय) सम्म हुनेछ । समायोजन नेपाली सेना अर्न्तर्गत महानिर्देशनालयमा हुनेछ । त्यसमा सुरक्षा निकायबाट ६५ प्रतिशत र माओवादी सेनाका लडाकुहरुबाट ३५ प्रतिशतको संख्या रहनेछ । महानिर्देशनालयको कार्य विकास-निर्माण, बन सुरक्षा, औद्योगिक सुरक्षा र विपत व्यवस्थापन हुनेछ ।  
 
ग) समायोजनमा सामेल हुने माओवादी सेनाका लडाकुहरुले सम्बन्धित सुरक्षा निकायको मापदण्ड व्यक्तिगत आधारमा पूरा गर्नपर्ने छ । तर उमेर, शिक्षा र वैवाहिक स्थितिको मापदण्डमा लचकता अपनाइने छ । माओवादी सेनाका लडाकुमा भर्ना हुँदाको मितिमा तोकिएको दर्जाका लागि शिक्षामा एक तहसम्म र उमेरमा तीन बर्षमको बढी उमेरमा लचकता अपनाइनेछ ।   
 
घ) समायोजनमा सामेल हुनेहरुको दर्जा निर्धारण सम्बन्धित सुरक्षा निकायको मापदण्ड अनुसार हुनेछ । सुरक्षा अङ्गमा अधिकृत र अन्य दर्जामा समायोजन गर्दा सुरक्षा निकायको प्रचलित व्यवस्था र हालका अधिकृत र अन्य दर्जाका व्यक्तिहरुको वृत्ति विकासमा नकारात्मक असर नपर्ने गरी दर्जा निर्धारण गरिनेछ । लडाकुहरुको समयावधि गणना अनमिनले प्रमाणिकरण गर्दा उल्लेख गरेको प्रवेश मितिको आधारमा गरिने छ ।  
 
ङ) सुरक्षा निकायको ब्रिजिङ कोर्स र तालिम पूरा गरेपछि लडाकुहरुले सुरक्षा निकायको तोकिएको तहको जिम्मेवारी पाउनेछन् । ब्रिजिङ कोर्षर तालिम सम्बन्धित सुरक्षा निकायले दिनेछ ।  
 
 
च) समायोजनको प्रक्रिया शुरु भएपछि शिविरमा रहेका सबै हतियार स्वतः नेपाल सरकारको मातहतमा आउनेछन् ।  
 
 
२) माओवादी सेनाका लडाकुहरुको पर्ुनस्थापना   
 
क) पर्ुनस्थापनामा सामेल लडाकुहरुका लागि शिक्षा, तालिम एवं व्यवसायिक अवसरहरुको प्याकेजको विकल्प उपलब्ध गराइने छ । सो प्याकेज स्वरुप एवं समयावधि हेरी रु.६ देखि ९ लाखसम्मको मूल्य हुनेछ ।  
 
ख) उक्त प्याकेजको सट्टा नगद रकम लिई स्वैच्छिक अवकाशमा जानेहरुका लागि विभिन्न तहको जिम्मेवारी हेरी सबभन्दा माथिल्लो तह तथा त्यसभन्दा तल तीन तह निर्धारण गरिनेछ तथा सबभन्दा माथिल्लो तहका लडाकुहरुलाई रु.८ लाख एवं त्यसपछिका तहमा रहेकाहरुलाई क्रमशः रु.७ लाख, रु.६ लाख र रु.५ लाख दिइने छ । सो रकम दर्ुइ आर्थिक वर्षा दर्ुइ किस्तामा उपलब्ध गर्राईनेछ । यससम्बन्धमा दर्ुइ दिनभित्र विशेष समितिको बैठकबाट विधिवत् निर्ण्र्ाागरिनेछ ।  
 
३) समूह विभाजन ः समायोजन र पुनस्थापनामा सामेल हुनेहरुको सम्बन्धमा विशेष समितिको बैठकबाट प्रक्रियागत विषयमा सात दिनभित्र निर्ण्र्ाागरी समूह विभाजनको काम प्रारम्भ हुनेछ । समूह विभाजनको काम २०६८ साल मंसीर ७ गते भित्र सम्पन्न गरिनेछ ।  
 
४) सहमति बमोजिमका आयोगहरुको गठन   
 
क) विस्तृत शान्ति सम्झौता बमोजिम सत्य निरुपण तथा मेलमिलाप आयोग तथा वेपत्ताहरुको  छानबिन आयोग सम्बन्धी विधेयक मेलमिलापको भावना अनुरुप व्यवस्थापिका संसदबाट सहमतिको आधारमा पारित गरिनेछ । यी आयोगहरु सहमतिको आधारमा एक महिना भित्र गठन गरिनेछ ।  
 
ख) विस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधान, २०६३ को मर्म र भावना अनुसार द्वन्द्वकालका मुद्दाहरु हेरिनेछ ।  
 
५) द्वन्द्व पीडितहरुलाई राहत-सहयोग   
 
सशस्त्र द्वन्द्वकालमा द्वन्द्वका कारण मारिएका व्यक्तिका परिवार, अपाङ्ग र अङ्गभङ्ग भएका व्यक्तिहरु, वेपत्ता व्यक्तिका परिवार, विस्थापित व्यक्ति र परिवार एवं सम्पत्ति नष्ट भएका परिवारलाई न्यायोचित किसिमले बिना भेदभाव राहत-सहयोग उपलब्ध गराइनेछ । विस्तृत शान्ति सम्झौता पश्चात यसरी दिइने राहत-सहयोग कसैलाई भेदभाव नगरी समानताका आधारमा उपलब्ध गराइनेछ ।  
 
६. विगतका सहमतिहरुको कार्यान्वयन र विश्वासको वातावरण सिर्जना गर्न   
 
क) सशस्त्र द्वन्द्वको क्रममा एकीकृत नेपाल कम्युनिष्ट पार्टर्ीीमाओवादी) को कब्जामा रहेका निजी तथा र्सार्वजनिक घर, जग्गा सम्बन्धित व्यक्ति र संस्थालाई फिर्ता गरी भोग चलन गराउन एकीकृत नेपाल कम्युनिष्ट पार्टर्ीीमाओवादी) ले संस्थागत निर्ण्र्ाागरी २०६८ साल मंसिर ७ गते भित्र सम्बन्धित व्यक्ति र संस्थालाई उपलब्ध गराइनेछ । कब्जा भएको अवधिको जग्गा आयस्ता बापत सम्बन्धित व्यक्तिलाई उपयुक्त क्षतिपर्ूर्ति दिइने छ ।  
 
ख) विस्तृत शान्ति सम्झौता, नेपालको अन्तरिम संविधान, २०६३ र वैज्ञानिक भूमिसुधारको मर्म र भावना अनुसार किसानहरुको अधिकार सुरक्षित गरिनेछ ।  
 
ग) एकीकृत नेपाल कम्युनिष्ट पार्टर्ीीमाओवादी) को योङ्ग कम्युनिष्ट लिग -वाई.सी.एल.) को अर्धफौंजी संरचना र गतिविधिको अन्त्य गरिनेछ तथा त्यसको नियन्त्रणमा रहेका सबै निजी र र्सार्वजनिक एवं सरकारी भवन र जग्गा २०६८ साल मंसिर ७ गते भित्र खाली गरी सम्बन्धित संस्था र व्यक्तिलाई फिर्ता गरिनेछ ।  
 
घ) पहिलेको सहमति बमोजिम यातायात व्यवस्था विभागमा अभिलेख राखिएका एकीकृत नेपाल कम्युनिष्ट पार्टर्ीीमाओवादी) को प्रयोगमा रहेका गाडीहरु २०६८ साल मंसिर ७ गते भित्र नियम-कानून अनुसार नियमित गरिनेछ । नियमित नभएका गाडीहरु सरकारले जफत गर्नेछ । शिविरमा रहेका गाडीहरु नेपाल सरकारको मातहतमा आउनेछन्  ।  
 
ङ) कब्जा घरजग्गा फिर्ता गर्न सहमतिको कार्यान्वयन भए नभएको अनुगमन गर्न तथा कार्यान्वयन नभएको भए कार्यान्वयन गराउने जिम्मेवारी स्थानीय प्रशासनको हुनेछ । यसमा राजनीतिक दलहरुले सहयोग गर्नपर्ने छ ।  
 
७) संविधान निर्माण र राष्ट्रिय सहमतिको सरकार   
 
क) शान्ति प्रक्रिया र संविधान निर्माणको कामलाई र्सार्थक निष्कर्षा पुर्‍याउन राजनीतिक दलहरुका बीचको संवादलाई निरन्तरता दिइने छ । यसका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरिनेछ ।  
 
ख) संविधान निर्माणको कार्यलाई तीब्रता दिइने छ । संविधानसभाबाट सहमतिको आधारमा अविलम्ब विज्ञहरुको टोली बनाई राज्यको पुनःसंरचनाबारे सुझाव लिइनेछ र एक महिनाभित्र नयाँ संविधानको मस्यौदा निर्माणको काम आरम्भ गरिने छ ।  
 
ग) शान्ति र संविधान निर्माण प्रक्र्रया उपर्युक्त किसिमले अगाडि बढ्ने क्रमसंगै राष्ट्रिय सहमतिको सरकार निर्माण प्रक्रिया अगाडि बढाइने छ ।  
 
  पुष्पकमल दाहाल -प्रचण्ड) अध्यक्ष एकीकृत नेपाल कम्युनिष्ट पार्टर्ीीमाओवादी)  
सुशील कोइराला सभापति नेपाली कांग्रेस  
झलनाथ खनाल अध्यक्ष नेपाल कम्युनिष्ट पार्टर्ीीमाले   
विजय कुमार गच्छदार संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको तर्फाट  
मितिः २०६८।७।१५        


Posted on: 2013-Feb-25

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar