16 May
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

देउवाको राजीनामाको अर्थ

25 - Feb-2013, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 देउवाको राजीनामाको अर्थ 
प्राचार्य   
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले १० असोजमा केन्द्रीय सदस्यबाटै राजीनामा दिएको विषयले कांग्रेसको राजनीतिभित्र थप किचलो उत्पन्न गरेको छ । खासगरी सभापति शुशील कोइरालाको नेतृत्वमा देखिएको अदूरदर्शीताले कांग्रेस पुनः विखण्डनको स्थितिमा पुगेको छ ।    
 

देशको पुरानो प्रजातान्त्रिक पार्टर्ीीजबुत र एकतावद्ध होस् भन्ने राष्ट्रिय/अन्तर्रर्ााट्रय शुभेच्छुक शुभचिन्तकहरुको चाहनामा सभापति कोइरालाले ठेस पुर्‍याएक्ा छन् । खासगरी भ्रातृ संगठनहरुको विघटनमा कोइरालाले देखाएको हठकै कारण पार्टर्ीीवभाजनको संघारमा पुगेको हो ।
 
 

भलै, देउवाले मेरो राजीनामा पार्टर्ीीmुटाउन होइन भनेका छन् । उनको यो भनाईले गम्भीर अर्थ बोकेको छ । एकीकरण भएको आधा दशक पनि नबित्दै कांग्रेसभित्र देखिएको फुटको जिम्मेवारी कसले लिने भन्ने विषय कांग्रेसको इतिहासमा अवश्य लेखिनेछ ।
 
 

आठ दिनदेखि आमरण अनशन बसेका भ्रातृ संगठनका नेता कार्यकर्ताहरुलाई अनशन तोडाउन देउवाले आफ्नो पद त्याग गर्नुको विकल्प थिएन । यस मामलामा सभापति कोइरालाले जति लचकता अपनाउन सक्थे, देउवासँग ती विकल्पहरु थिएनन् ।
 
 

या त उनले पार्टर्ीीmुटाएको औपचारिक घोषणा गर्नसपथ्र्यो या राजीनामा दिनपथ्र्यो । देउवाले दोस्रो विकल्प रोजे । सांगठनिक रुपमा कमजोर भएको कांग्रेसलाई सशक्तीकरण गर्नुको सट्टा आपसी किचलोमा अलमलिन लागेका सभापति कोइरालाका भित्रियाहरुले उनलाई दिएको जोडबलले अब कांग्रेसभित्र वैमनस्यको स्थिति पैदा भएको छ । 

 

 
पार्टर्ीीहाधिवेशनमा कोइरालाको विजयपछि उनले केन्द्रीय समितिमा मनोनित गर्नेदेखि सबै विषयहरुमा देउवापक्षलाई एक्ल्याउँदै लगे । देउवालाई पार्टर्ीीत्र कमजोर बनाउने अर्को कदमका रुपमा उनले भ्रातृ संगठन विघटनको रोजेका हुन् ।  
 
एकातिर सांगठनिक रुपमा कमजोर भएको पार्टर्ीीे सांगठनिक सशक्तीकरण गर्नेतिर लाग्नुभन्दा यो क्याम्प र त्यो क्याम्पका आधारमा आफ्ना र्समर्थकलाई मात्र पार्टर्ीीत्र अटाउने वातावरण बनाउन खोज्नु सभापति कोइरालाका लागि घातक सावित हुनेछ ।  
 
उनले आफ्नो पदको गरिमालाई बिर्सर्ेे छन् । कोइरालाले एकीकृत भएको कांग्रेसलाई भावनात्मक रुपमा एकवद्ध गरी संगठन सुदृढीकरणको बाटोमा लाग्नुपर्ने थियो, तर त्यसो गरेनन् ।देउवाको राजीनामाले उनलाई ठूलो दबाब सिर्जना भएको छ ।  

 
यो उनका लागि अनपेक्षित नै विषय हो । अब उनले यस सम्बन्धमा र्सार्वजनिक रुपमा जवाफ दिनर्ैपर्छ । सबै कांग्रेसजनहरुलाई चित्तबुझ्दो जवाफ अब शायद् उनीसँग छैन । त्यसकारण देउवाको राजीनामा धेरै अर्थपर्ूण्ा देखिन्छ । यो सांकेतिक रुपमा कांग्रेसको विभाजन नै हो ।   

Posted on: 2013-Feb-25


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar