16 May
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

देशको अवस्था र नेतृत्व

25 - Feb-2013, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 देशले राजनैतिक बबण्डर सहेको धेरै भयो । राजनैतिक दलहरुको ताण्डव बन्द भएको छैन, न बन्द हुने कुनै लक्षण नै पाइन्छ । दलका नेताहरुको आ-आफ्नो स्वार्थले गर्दा राष्ट्रमा व्याप्त हुँदै गएको घृणा र तिरस्कार, दम्भ र हिंसाले सारा देशबासीलाई छोइसकेको छ ।

 

 

 

कोकोलीले शहर बजारमा हिड्दा, केरा खाँदै बोक्रा बीच सडकमा फ्याक्दै हिडेझै, आज देशका शहरहरुका प्रत्येक बाटो, गल्लीमा नेता र दलहरु एक अर्काप्रति यसरी नै घृणा र द्वेष विछ्यार हिडिराखेका छन् । निहीत स्वार्थमा लागेर यिनीहरुले, यो विछ्याउँदै हिडेको द्वेष र हिंसा, घृणा र छिःछिः ले देशलाई कहाँ पुग्ने हो, नेपालीको भविष्य के हुने हो, भन्न सकिने स्थिति छैन ।

 

 

 

अवत सोच्नु पर्ने स्थिति यो आएको छ कि कहीँ देश नै विश्वमा घृणा, द्वेष, हिंसा र तिरस्कारको एउटा नयाँ भाँडो बन्ने त हैन ?

 

 

 
आजको नेपालको स्थितिलाई देख्ने प्रत्येकले भन्न थालेको सुनिन्छ, नीति, नियम, न्याय, धर्म र सत्य भन्ने कुरा अब नेपालमा नेपालीको चरित्रमा हैन, मात्र छाँयाका - पुस्तकहरुमा पाइने छन् । नेपाल राज्यमा त ढोंग, अन्याय र हिंसाको साम्राज्य छ । कसैमाथि कसैको विश्वास छैन ।  
 
हिंसा, अन्याय, अहम् र परास्परिक द्वेष, घृणा अनि अपराधीकरणको राजनीतक हुरीले नेपाली समाज आपसमै यसरी धकेलाधकेलमा व्यस्थ छन् कि, सबका सब संहारको खाडलतिर नै गै राखेका छन् - एकले अर्कोलाई खसाल्ने होडमा । गर्राई अर्थात कृयाको कुरा छोडौ प्रत्येकको हेराइमै शंका छ ।   
 
  विश्वको मानचित्रबाटै 'नेपाल' हराउला भन्ने डरमा देशका वुद्धिजीवहिरु एकातिर चिन्तित छन् भने अर्कोतिर राजनीतिक नेताहरु सरकारी भत्ताको अतिरिक्त आपराधिक छाउराहरु पालेर तिनको कमाइबाट सुइँठेका छन् र सधै भन्दछन् 'सवै मिलिसक्यो, अव सव ठीक हुन्छ र देश प्रगतिको पथमा अगाडि बढ्दछ ।'  
 
 
नेताहरुको यस्तो कथन र आश्वसनलाई विगत तीन वर्षेखि छाप्दै आएका देशका अखवारहरु पनि आजभोली यी नेताहरुको कार्यक्रममा नगैकन नै उनीहरुको बक्तव्य-भाषण छापामा दिन सक्ने भैसकेका छन् - सुँगा रर्टाई पो भैरहेको छ । हिजो पनि त्यही, आज पनि त्यही - मिलेन, मिलिसक्यो, अब हुन्छ, देशले बाटो लिन्छ- तीन वर्षा छिमेकीहरु कहाँबाट कहाँ पुगिसके त्यता तिनीहरु कसैको आँखा त के दिमाग नै पुग्दैन ।  
 
देशमा नुन तेलको भाउ कहाँबाट कहाँ पुगिसक्यो, जनताको स्तर कति खस्की सक्यो, त्यसमा कुनै राजनैतिक नेताहरुको ध्यान पुगेको पाइन्न । सबको ध्यान छ - त्यही 'प्रधानमन्त्रीको कर्ुर्सर्ीी' यसले गर्दा नेपाली समाज आज राजनीतिक कार्यकर्ता - नेता भन्यो कि नाक चेप्प्राउन र धिक्कार्न थालिसकेका छन् । धिक्कार छ यी नेताहरुको वुद्धिलाई भन्छन् ।        

Posted on: 2013-Feb-25


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar