16 May
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

पौरुष राजाहरु, पत्रि्रता रानीहरु

25 - Feb-2013, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 पौरुष राजाहरु, पत्रि्रता रानीहरु

 

 
अत्यन्त आकर्ष रखौटीहरुले सय वर्षम्म युरोपेली राजाका ओछ्यानमा शोभा बढाए । यिनीहरुलाई आँखाले देखेजति तलब थियो,  कहिलेकाहीं त राज्य गर्नेसम्मको शक्ति बटुल्थे । वास्तवमा, १६ देखि १८औं शताब्दीको बीचमा, राज रखौटीहरुको पद प्रधानमन्त्री समान हुन्थ्यो । तिनीहरुले कलालाई प्रभावित गर्थे, विदेशी राजदूतहरुलाई मोहित पार्थे र मन्त्रीहरु नियुक्त गर्थे । तिनका महलका कोठाहरु रानीहरुका भन्दा भव्य हुन्थे, गाउन भव्य र भड्कीलो हुन्थ्यो, गहना त्यत्तिकै तेजस्वी र आँखा तिरमिराउने हुन्थे ।   
 
परस्त्रीगमन प्रशंशित थिएन, तर राजाले रखौटी लिएपछि यस्ता मूल्यांकनहरु मौन रहन्थे । राजाहरु विभिन्न राजनीतिक कारणले अनाकर्ष तथा छन्द न बन्दका विदेशी राजकुमारीहरु विवाह गर्न बाध्य हुन्थे । त्यस्ता राजकुमारीहरुसँग राजाहरुको कुनै कुरा मिल्दैनथ्यो । अग्ला, गाढा रंगका बेलायती राजकूमार चार्ल्स द्वितियले सन् १६६२ मा हरिणजस्तो दाँत भएकी पोर्चुगलकी राजकुमारी क्याथरिनसँग विवाह गरे । उनकी दुलहीको लाज तोड्नेभन्दा पनि यिनले धेरै सर्ंर्सग राखेकी खैरो कपालवाली बारबरा लाई छोड्न अस्वीकार गरे ।   
 
चार्ल्सले व्याख्या गर्थे, "म नास्तिक होइन । तर बाहिरबाट अलिकति आनन्द लिदैंमा भगवानले मानिसलाई दुःखी बनाउँछन् भन्ने लाग्दैन ।" वर्षौंसम्म चार्ल्सले बाहिरी तरिकाबाटै आनन्द लुटे- प|mेन्च सुन्दरी लुसी डे केरोल, साहसी नायिका नेल ग्वान, इटलीकी श्लक्ष्ण हिजडा हर्टेन्स मांकीनी लगायत धेरैसँग ।   
 
सन् १६६० मा प|mान्सका रुपवान लुइ चौधौंले आफ्नी जेठी भान्जी स्पेनकी राजकुमारी मेरी थेरेससँग विवाह गरे । यिनी साखिनी थिइन् । आफ्नै कुल -नजिकको साइनो) सँग सम्बन्ध गाँसियो । दुब्लीपातली यिनमा विचित्रको सुस्तता पर्ुखासँगै आएको थियो । मेरी थेरेसको बुझ्ने क्षमतामा सीमितता थिए । उनको रसिकता अस्पष्ट थियो भनेर युरोपका कचहरीमा चर्चा चल्थ्यो । लुइले सबैभन्दा पहिला लजालु सुन्दरी लुइस डेला भलाइरसँग आफ्नो ताप शान्त पारेका थिए । सात वर्षछि उनी आफू एथेन्सका सैन्यसँग जाँदै गर्दा तेह्र वर्षेखि पासोमा पारिएकी गाढा कैलो रङकी सिंहीनी फेला पारे भनिन्छ । रातो कपाल भएकी राजकुमारी सोबिस र छक्क पार्ने खैरी -सेती) मेरी एन्जेलीसँग बाहेक उनले संख्यामा केही कम रखौटीहरुसँग आनन्द लिए ।  
 
सन् १७२५ मा, १५ वर्षो उमेरमा, लुइ पन्ध्रौंले बेढंगकी भद्दा २२ वर्षो पोल्याण्डकी राजकुमारी मेरी लेक्जिस्कासँग विवाह गरे । विवाहको कारण परिवारमा परिचित उर्वरताका लागि थियो । उनका बाबु राजा स्टानिलसले, युरोपमा दर्ुइ बुद्धु -पंगु) रानी हुनेछन् भनेका थिए । तिनीहरुमा एउटी मेरी थिइन् । अर्की पंगु रानीचाहिं स्टानिलसकै आफ्नी श्रीमति थिइन् । मेरी विहान पर््रार्थनामा बिताउँथिन् । दिउँसो इम्ब्रोइडरी -कपडामा बुट्टा भर्ने) र साँझ तास खेलेर बिताउँथिन् । उनका श्रीमान् रसिक संस्कारमा हर्ुर्केको भएपनि आठ वर्षम्म विश्वासिलो रहे । त्यसपछि उनले म्याडम डे पाम्पाडोरको पछि लागेर चारजना महिलाहरुलाई रखौटी बनाए । जसमा अत्यन्त चलाख वेश्या म्याडम ड्यु ब्यारी पनि थिइन् ।  
 
राजकुमारीहरु तिनका पति अडिग रुपमा रखौटीहरुका प्रसंशक र पिछलग्गू भएको भविष्य स्वीकार्न बाध्य हुन्थे । जब प|mान्सको राजगद्दीका हकदार भए, चार्ल्स फर्डर्ीीन्ड, ड्युक डे ब्यारीको सन् १८२० मा हत्या भयो । उनकी श्रीमति डचकी राजकुमारी मेरी क्यारोलाइन, गर्भवति थिइन् । उनको श्रीमानको मृत्युको केही महिनापछि विभिन्न सहरहरुमा घुम्दा उनीसँग २० गरिब महिलाहरुले गुहार मागे । तिनीहरु प्रत्येकले मृत ड्युकको सन्तान बोकेर भीख मागिरहेको दाबी गरे । मेरी क्यारोलाइन रोकिइन्, सुनिन् र उत्तर दिइन्, "मेरा श्रीमानले त्यस समयमा एक साता यो छिमेकमा बिताएपनि, यो सम्भव हुन सक्छ -"  
 
सन् १७१७ मा रुसका राजा कजर पिटर उनकी श्रीमति एम्प्रेस क्याथरिन युरोपका केही राजधानीहरुमा भ्रमण गरेका थिए । प्रशाको दरबारमा, राजकुमारी विह्लमिनले एम्प्रेसको बारे लेखिन्, "उनीसँग चार सय महिला नोकरचाकरको लावालस्कर छ........... हरेकले राम्रा कपडा पहिरेका केटाकेटी च्यापेका छन् । र जब सोधियो, यदी ती बच्चाहरु उनका भए भने । रसियन शैलीको घम्साघम्सीपछि उत्तर दिइन्, यी बच्चाहरु मलाई दिएर कजरले मलाई सम्मान गरेका छन् ।"  
 
रानी कहाँ छिन्, हामी आर्श्चर्यचकित भयौं । उनका श्रीमान् हासें र नखरा गर्दै श्रीमतिसँग मिलेर राजनीतिक रणनीति बनाए । शायद, उनी राज्यप्रतिको प्राथमिक दायित्व निर्वाह गर्दैछिन् । उनको पाठेघरले धानेसम्म राजपरिवार अघाउने गरी बच्चा पैदा गर्दैछिन् । लाग्छ, उनी घुँडा टेकेर पर््रार्थनामा छिन् । आफूले ग्रहण गरेको देशको संवृद्धिका लागि भगवानसँग बिन्तिभाउ गर्दैछिन् । अथवा उनी रानीका परम्परागत कामहरु गरिबलाई दान तथा दया बाँड्ने गरिरहेकी छिन् । गरिबीलाई निन्दा गरिरहेकी छिन् । यदि सबै असफल भए भने, कपडामा बुट्टा भर्ने सधैं फर्ुसद हुन्छ । यस्ता कलालाई वेवास्ता गरेपनि रानीहरु यसमा निपुण हुन्छन् । बहुसंख्यक रानीहरुले कुमार्गमा लागेका तिनका छाडा श्रीमान्लाई सही बाटोमा फर्काउन राजसी रवाफमा तिनीहरुलाई दरबारबाट निलम्बन गर्ने या अन्य कुनै उपाय बारेमा सपनामा पनि ध्यान दिएका हुँदैनन् । यदी रानीहरुले राजाहरुको जोशमा कहिल्यै विजय प्राप्त गर्न सकेनन् भने कम्तीमा तिनीहरुले सम्मान भने पाउँथे ।  
 
तर सबै युरोपेली रानीहरु बुद्धु र धार्मिक थिएनन् र सबैका श्रीमान् राम्रा र चलाख पनि थिएनन् । दर्जन उदाहरणहरुमा यसको विपरित भएको छ । सुन्दरी र चलाख राजकुमारीहरु राजसी भूत -मानसिकता)ले विवाहका लागि बाध्य पारिन्थे । क्रुरता रुचाउने, मुखबाट र्‍याल चुहाउने, शारिरिक रुपमा घिनलाग्दो, मानसिक रुपमा पछौटे, यौनिक रुपमा शक्तिहीन -नपुंसक) - कतिपय अवस्थामा यी सबै ।  
 
पग्लिएको धातुजस्तो पुरुष टेस्टोस्टरान -हर्मोन) को आनन्दपछी धेरै रानीहरुले आफ्नो सजावटमा ध्यान दिन्छन् र मेरी -क्राइस्टकी कुमारी आमा) को पर््रार्थना गर्दै आनन्द प्राप्तिको बाटोमा लाग्छन् । धेरै एकनासले कठीनाइ भोगिरहन्छन् । दिल बहलाउन कतिले तिनका गरगहना फ्ँयाक्छन्, पर््रार्थना छाड्छन् र प्रेमीको खोजीमा लाग्छन् ।  
 
रानीहरुको ध्यान सबैभन्दा पहिले हट्टाकट्टा साधरण मानिसमाथि जान्छ । परिवारसँग टाढा भएको नोकरचाकरमा जान्छ । भुइँको पार्केट पोलिस गर्ने मानिस जसले उनको अतृप्त चाहानाहरु पुरा गरोस् । समझदार सज्जन, उसको मर्दपनको चम्किलो  स्वादले प्रायः रानीको दिल जितेको हुन्छ ।  सायद उनले चलाख राजनीतिज्ञलाई छान्थिन् भने उसको धर्ूतताले राज्यमाथिको नियन्त्रण रानीलाई प्राप्त हुन्थ्यो । कतिपय राजनीतिज्ञ त रानीका गाउनमा झुन्डिन्थे । एउटी विधवाले चर्चका नियममित गायक प्रेमीका रुपमा भेटिन् । भगवानको दूतजस्तो आवाज भएको अत्यन्त सुन्दर युवालाई देखेर उनलाई झट्का लाग्यो, उनले तुरुन्त उसलाई भगवानको घरबाट निकालेर आफ्नो राजसी ओछ्यानमा निम्ता दिइन् ।  
 
(सेक्स विद् क्वीनबाट)       

Posted on: 2013-Feb-25


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar