16 May
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

विश्व बैंक शैलीको विश्वव्यापी लगानीमा चीन

25 - Feb-2013, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 विश्व बैंक शैलीको  विश्वव्यापी लगानीमा चीन
 

 
ल टेरेस्टा क्रुज–डेल रोसारियो÷फिल्ले वाङ रुन्फेइ

 

 
चिनियाँहरू विश्वभर जतासुकै छन् । अझै भन्ने हो भने चिनियाँ पैसा धेरै ठाउँमा पुगेको  छ । खासगरेर चाइना डेभलपमेन्ट बैंक (सीडीबी) र चाइना एक्स्पोर्ट–इम्पोर्ट बैक, यी दुई वित्तिय संस्था विदेशमा चिनियाँ लगानीका लागि जिम्मेवार छन् । यिनीहरूले विश्वभर प्रभाव जमाइरहेका छन् ।

 

 
फाइनान्सियल टाइम्सका अनुसार, सन् २००८ देखि २०१० सम्म चीनको ऋण लगानी विश्व बैंकको भन्दा १० अर्ब डलर बढी छ । चाइना डेभलपमेन्ट बैंक विश्वका ९० भन्दा बढी देशमा पुगिसकेको छ । कुल लगानी १४१.३ अर्ब डलर पुगेको छ ।

 

 
चीनले विकास सहायतको धरातल परिवर्तन छ । जाम्बियामा तामा र कोइला खानीमा चिनियाँ लगानी त्यहाँको कुल गार्हस्थ उत्पादनको ७.७ प्रतिशत छ । साउदी अरेबियामा, चीन सरकार स्वामित्वको चाइना रेलवे कन्स्ट्रक्सन कम्पनीले अल–मसहारदेखि अल मोगादिसुसम्म रेल सेवामा लगानी गरेको छ । साउदीको मक्कामा हजका लागि जम्मा हुने धर्माबलम्बीहरूलाई लक्षित गर्दै ट्राफिक समस्या कम गर्न यो परियोजना सञ्चालन गरिएको हो । अझै त्यहाँ त ध्रुवीय क्षेत्रको व्यापारलाई सहजीकरण गर्न शीत राजमार्गको योजना अघि सारिएको छ । उनीहरूको छिमेकमा पनि हिमालयन रेलवे परियोजना तिब्बतको खासामा नेपालको सीमासँग जोड्न लागिएको छ । निर्माणाधीन यो परियोजनालाई नेपालको राजधानी काठमाडौंसँग जोड्ने योजना अघि सारिएको छ ।

 

 
कम्बोडीयामा चीनले सन् २००९ मा २६ करोड डलर सहयोग दिएको थियो । चीनले सबैभन्दा धेरै सहायता प्रदान गर्ने देशको रुपमा चिनिएको जापानलाई मात्र विस्थापित गरेन विश्व बैंक र एसियाली विकास बैंकलाई समेत पछि पारिदियो । गत वर्ष चीनले कम्बोडियासँग १४ओटा द्विपक्षीय सम्झौताहरू गरेको छ । जसमा एक अर्ब २० करोड डलर सहायता प्रदान गरिएको छ । सबै औचित्यपूर्ण ठाउँहरू, सिंचाईका लागि नहरदेखि कम्बोडियाली सेनाको पोशाकसम्म ।

 

 
सहायता प्राप्त गर्ने मुलुकका सरकारहरूले बताएअनुसार, उनीहरू चीनको सहायता पहुँचप्रति खुसी छन् । एउटा सजिलो त के हो भने, यो सहायतामा तथाकथित “प्राविधिक सहायता प्याकेज” का नाममा बेरेर दिइने महँगा परामर्शदाता अत्यन्त कम हुन्छन् । यस्ता परामर्शदाता पाल्नुपर्ने झन्झट नै हुँदैन । यो अभ्यासमा मुख्य रुपले दातृ निकायहरूतर्फ आलोचना लक्षित छ । 

 

 
दोस्रो, चिनियाँ सहायतामा परियोजना पूर्वका मिसन जरुरी हुँदैनन् । अन्य दातृ निकायका कर्मचारीहरू सम्बन्धित मुख्यालयबाट विकास पर्यटकको रुपमा स्थानीय साझेदारसम्म पुग्छन् । तिनीहरूको गरिबीमाथि आनन्ददायी र महँगा यात्रा गर्दै अनियमितता लाद्न खोज्छन् । 

 

 
तेस्रो, चिनियाँ सहायता चाँडो निकासा हुन्छ र यसमा कुनै उत्सवको जरुरी हुँदैन । ठूला छलफल, लामो सहमति र परियोजनाका लागि उल्लेख्य दस्तावेज आवश्यक पर्दैन । बौद्धिक भाषामा र अभ्यासमा यो “चेकबुक कुटनीति” हो । चीनले धेरै शर्तहरू नराखीकनै सहायता दिन्छ, जस्तो वातावरण संरक्षणका मापदण्ड र समुदायको सहभागिता जस्ता शर्तहरू उसले दिने सहायतामा रहँदैनन् । सरोकारवालाहरूसँगको झन्झटीलो र कठोर परामर्शका बाबजुद विश्व बैंकको लगानी रहेको लाओसको एउटा जलविद्युत् परियोजना नाम थौन– २ बन्न दश वर्ष लाग्यो ।

 

 
चीनको यो अद्वितिय तरिकालाई चिनियाँ अनुसन्धानकर्ता सेङ दिङले “सफ्ट पावर” रणनीति भनेका छन् । सस्तो र सुलभ ऋणभन्दा बाहिर विश्वव्यापी निर्यातकर्ताका लागि यो व्यापार गर्ने उपाय हो । आर्थिक सम्बन्ध विस्तार भएपछि, सांस्कृतिक सम्बन्ध पनि विकास हुन्छ । श्रीलंका, नाइजेरिया जस्ता देशहरूमा कर्मचारीहरूलाई पढाउन कन्फ्युसियस अध्ययनकेन्द्र स्थापना भएका छन् । यस्ता भाषिक कार्यक्रमहरूमा बेलाबेलामा चिनियाँहरूलाई नै प्रस्तुत गरिन्छ । चीनको ऋण लगानी प्रक्रिया बढ्दो क्रममा छ । चिनियाँ सहयोग प्राकृतिक स्रोत, खासगरी खानी र तेलसँग जोडिएको छ । वातावरणविद्हरूले चिनियाँ सहायताले स्रोतको व्यापक दोहनलाई सहयोग पु¥याएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

 

 
यसबाहेक, चिनियाँ सहयोग प्याकेज प्रायःजसो चिनियाँ प्रविधि र कामदारसँग जोडिएर आउने हुँदा, यसले स्थानीय समुदायमा रोजगारीको अवसर र क्षमता विकासमा सहयोग पुग्दैन । उदाहरणको लागि, ७५० जना चिनियाँ कामदार ६ लाख ३० हजार टन स्टीलसहित इण्डोनेसियामा सरवाया र मादुरा जोड्ने पाँच किलोमिटर लामो सरमादु पुल निर्माणका लागि गएका थिए ।

 

 
सहायतामा पहिचान र पारदर्शिताका संयन्त्रका आवश्यकतामा समय–समयमा औंल्याउँदै आइएको छ । चिनसँग कुनै पनि विकास साझेदार छैन जसले ओइसीडी (अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एण्ड डेभलपमेन्ट) राष्ट्रहरूको जस्तो विश्वव्यापी सहायता प्रभावकारिताका सम्बन्धी प्रतिवेदनहरू प्रकाशित गर्छ । न त्यहाँ वैदेशिक सहायता प्रभावकारिताको लागि सन् २००५ मा जारी भएको पेरिस घोषणापत्र कार्यान्वयनको कुनै व्यापक संयन्त्र नै स्थापना भएको छ ।

 

 
वैदेशिक सहायता प्रभावकारिता अध्ययन गर्ने संयन्त्र नहुँदा चिनियाँ सहयोगलाई राष्ट्रिय विकास रणनीतिमा रेखांकन गर्न र द्विपक्षीय र बहुपक्षीय दातृ निकायसँग समन्व गरी साझा मञ्च दिन सकिदैन । प्रचुर चिनियाँ सहयोग अन्धाधुन्ध खर्च हुन थालेको छ । चीन अद्वितिय विकास खेलाडीका रुपमा देखापरेको छ । अहिले पनि चिनियाँ सहयोगलाई आशंकाभन्दा स्वागत नै गरिन्छ । न्यायोचित र समावेशी विकास चाहानेले चिनियाँ सहयोग पनि अन्तर्राष्ट्रिय समुदायको सहस्वामित्वबाट शासित एउटा पाटो होस् भन्ने चाहान्छन् ।

 

 
उनीहरूले खुला नियम, पारस्पारिक उत्तरदायित्वको अभ्यास, दीगो विकासको उद्देश्यका साथ चिनियाँहरूको सक्रिय सहभागिता चाहान्छन् । विश्वमै विकास कार्यक्रमहरूको सीमित प्रगतिले स्थानीय गरिबी कटौती हुन सकेको छैन । विश्वभर चिनको बढ्दो भूमिकाले सहायता र वित्तिय लगानीको परिदृश्य फेरी संगठीत हुनसक्छ । त्यो लक्ष्यमा पुग्नको लागि योजना जरुरी हुन्छ र चिनले योजना तयार गर्न पनि आफ्नो भूमिका निर्वाह गर्नुपर्छ । 

 

 
(टेरेस्टा सिंगापुरको ली कान यू पब्लिक पोलिसी स्कुलका अतिथि प्राध्यापक हुन् र फिल्ले उनका अनुसन्धान सहयोगी हुन् ।)    


Posted on: 2013-Feb-25


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar