16 May
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

विश्वका महिला नेतृद्वारा भूमिकाको खोजी

25 - Feb-2013, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 विश्वका महिला नेतृद्वारा भूमिकाको खोजी
 
न्यूयोर्क । राजनीतिमा महिलाको सहभागिता र भूमिकाका बारेमा संयुक्त राज्य अमेरिकाका विदेश मन्त्री हिलारी क्लिन्टन र ब्राजिलकी राष्ट्रपति दिल्मा रासेफले जोड दिएका छन् । संयुक्त राष्ट्र सङ्घीय महासभामा उनीहरुले यस्तो माग गरेका हुन् ।  
 
 
'केही देशका केही उपलब्धिबाहेक हाल विश्वमा महिलाको अवस्था निकै नाजुक देखिन्छ र राजनीतिमा उनीहरुको सहभागिता पनि कमै देखिन्छ' उनीहरुको भनाई थियो । यस वर्षो सुरुमा ब्राजिलको पहिलो महिला राष्ट्रपतिका रुपमा निर्वाचित रुसेफले राष्ट्रसङ्घीय महासभाको सुरुवातको पर्ूव सन्ध्यामा भनेे- केही उदाहराण बाहेक विश्वमा उल्लेखनीय उपलब्धि देखिंदैन ।  
 
 
रुसेफ र हिलारी क्लिन्टनले महिलाहरुले अहिलेपनि चरम गरिबी भोगिरहेका छन् भन्दै उनीहरुले यतिमात्र नभई महिलाहरुमा असाक्षरता पनि अर्काे एक डरलाग्दो अवस्था रहेको छ । उनीहरुहरुका अनुसार लैङ्िगक असमानता, स्व्ाास्थ्य सुविधामा कम पहूँँचका साथै द्वन्द्व र यौन हिंसाले गर्दा पनि विश्वमा महिलाको अवस्थामा प्रगति हुन नसकेको हो ।  
 
 
ब्राजिलका राष्ट्रपति रुसेफ नै संयुक्त राष्ट्र सङ्घको इतिहासमा यस विषयमा बहस चलाउने पहिलो महिला नेतृ हुन् । अमेरिकाको डेमोक्र्याटिक पार्टर्ीीतर्फाट राष्ट्रपतिको निर्वाचनका लागि सन् २००८ मा थालेको अभियानको उदाहरण दिंदै उनले महिलाले उच्च पदमा पुग्न चाहेर पनि सजिलो नभएको प्रसङ्ग उल्लेख गरेका छन् ।  
 
 

उनलेले भनेे- राष्ट्रपति हुन चाहने महिलाको सुरुको अभियान र उसले प्राप्त गरेको सफलतालाई तुलना गरेर हर्ेर्नुपर्दछ, यो सजिलो काम भने होइन । संयुक्त राष्ट्र सङ्घको साधारण सभामा भागलिन गएका महिलाहरुको सहभागितामा सोमबार नै राष्ट्र सङ्घको महिला विभागद्वारा सो कार्यक्रमको आयोजना गरिएको थियो ।
 
 
 

विश्वमा महिला सशक्तिकरणका लागि सघाउने उद्देश्यले संयुक्त राष्ट्र सङ्घले नै गत वर्षसम्पन्न महासभापछि सो राष्ट्र सङ्घीय महिला विभागको स्थापना गरिएको थियो । संयुक्त राष्ट्र सङ्घकै एक प्रतिवेदनअनुसार राजनीतिमा लागेका विश्वका महिलाले विश्वमा राजनीतिक सहभागिताको जम्मा १० प्रतिशतमात्र ओगटेका छन् । 

 

 

 
त्यस्तै विश्वको संसदमा भएको राजनीतिक सहभागिताको तथ्याङ्कमा हर्ेदा विश्वको संसदमा हरेक पाँच सांसदमध्ये एकभन्दा पनि कम महिला रहिआएको पाइन्छ । सो सम्मेलनमा सहभागी विश्वका महिला नेतृ एवम् विभिन्न महिला समानताका विज्ञहरुले प्रजातन्त्रको संस्थागत सुदृढीकरण र दिगो विकासका लागि महिला सहभागिताको आवश्यकतामा जोड दिएका थिए ।        

Posted on: 2013-Feb-25


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar