05 May
Sun

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

डेकेन्द्रलाई जिउ“दै गाडेको स्वीकारोक्ति

14 - Feb-2013, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 सर्वोच्च अदालतको नयाँ निर्ण्र्ााछि परिस्थिति बदलिएको छ । स्वर्गीय डेकेन्द्रराज थापाका हत्यामा संलग्न आरोपीमध्ये पक्राउ परेका पाँंचजना पर्ुपक्षका लागि जेल चलान भइसकेका छन् । उनीहरूलाई थुनामा राखेर कारबाही अगाडि बढाउन अदालतल अनुमति दिएको छ । बयान र प्रमाणका आधारमा आजसम्म पनि दोषीहरूमाथि कस्तो कारबाही हुने कुरामा शंका भने बाँकी नै छ । प्ा्रधानमन्त्री बाबुराम भट्टर्राईको निर्देशन तथा महान्यायाधिवक्ता मुक्ति प्रधानको ठाडो हस्तक्षेपपछि केही दिन रोकिएको कारबाही प्रक्रिया अगाडि बढ्दै जाँंदा अब भने हत्याराहरू कारबाहीको दायरामा आउने आशा गरिएको छ । त्रासदीमा बाँचेका दैलेखी जनता अदालतले न्याय दिनेमा भने आशावादी छन् । डेकेन्द्रको हत्यामा अभियुक्त पक्राउ परेको दिनदेखि अशान्त बनेको दैलेख पछिल्लोे फैसलापछि केही शान्त र आशावादी देखिएको छ । 
 
 
यति ठूलो महत्वपर्ूण्ा मुद्दालाई विपक्षी राजनीतिक दलले भजाउन सकेनन् । ज्ानता स्वयं सडकमा उत्रेको बेला राजनीतिक दलहरू मर्ूकर्दशक बन्न पुगे । प्रधानमन्त्री तानाशाही बन्दै गएको बेला दलहरूले प्रतिकार गर्न सकेनन् । ढिलागरी दैलेखबाट आन्दोलन प्रारम्भ गरे पनि त्यसले आगोमा घ्यु थप्न सकेको छैन । इसुमा आन्दोलन गर्न नसक्दा दलहरू राष्ट्रपतिकै मुख ताकेर समय बिताए जसको परिणाम शून्य सिवाय अरु केही रहेन । सत्तापक्ष तानशाही बन्दै जानु र मनपरीतन्त्र गर्दै अगाडि बढ्दा प्रतिपक्ष भने राजनीतिक सहमतिको ढोल पिट्दै जाँदा अहिलेको परिस्थिति उत्पन्न भएको राजनीतिक विश्लेषकहरूको ठम्याइ छ ।     ब्ायान र जाहेरीका आधारमा पाँंचजना पक्राउ परेर पर्ुपक्षका लागि जेलचलान हुँंदासम्म अन्य चार अभियुक्त ख्ाुल्लमखुला राजनीतिक पार्टर्ीी राज्यसत्ताको आडमा घुमिरहेको अवस्था छ । यसरी हत्यामा संल्ाग्न आरोपी पक्राउ परिनसकेको अवस्थाले दैलेखवासीलाई अझै शंका गर्ने ठाउँ दिएको छ । २०६१ असार १२ गते तत्कालीन माओवादी जिल्ला कार्यसमितिको निर्ण्र्ााा आधारमा अपहरणमा परेका पत्रकार डेकेन्द्र थापालाई २०६१ साल साउन २७ गते चरम यातनासहित मारिएको थियो । नेपाल पत्रकार महासंघको अगुवाइमा २०६५ सालमा डेकन्द्रको शव उत्खनन गरिएपछि डेकेन्द्रकी श्रीमती लक्ष्मी थापाले २०६५ साल भदौ ५ गते दिएको किटानी जाहेरीका आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो । तर, सरकारी संयन्त्रको उदासीनता र राज्यसत्ताको दबाबका कारण जाहेरीमा कारबाही अगाडि बढ्न पाएको थिएन । ज्ााहेरीका आधारमा कारबाही पक्रिया अगाडि बढ्न नसकेपछि लक्ष्मीले मंसिर २७ गते पुनरावेदन अदालत सर्ुर्खेतमा कारबाही प्रक्रिया अगाडि नबढेको भन्दै निवेदन दिइन् । पुनरावेदन अदालत सर्ुर्खेतका न्यायाधीश रत्नबहादुर बागचनले मंसिर २८ गते जिल्ला प्रहरी कार्यालय दैलेखका नाममा कारण देखाऊ आदेश जारी गर्दै कारबाही अगाडि बढाउन निर्देशन दिएपछि डेकेन्द्र हत्या काण्डको पर्दा पुनः खुलेको हो ।     २०६८ साल पुस २० गते दैलेखका प्रहरी निरीक्षक तथा अनुसन्धान अधिकृत विनोद शर्माले डेकेन्द्र हत्याकाण्डका एक अभियुक्त लक्षीराम र्घर्तीलाई पक्राउ गरेपछि डेकेन्द्र हत्याकाण्डले नयाँ मोड लिएको हो । २१औं शताब्दीको आधुनिक समाजलाई चुनौती दिनेगरी गरिएको बर्बर हत्याकाण्डको बेहोरा आरोपी लक्षीरामले सुनाएपछि दैलेखमात्र होइन, सिंगो मुलुक नै स्तब्ध बन्न पुगेको थियो । बाख्रा चराउँदै गरेका लक्षीरामलाई पक्राउ गर्दा मुलुक नै हल्लेला भन्ने लागेको थिएन- अनुसन्धान अधिकृत विनोदले कुराकानीका क्रममा बताए ।     कोहलपुरबाट नौमुले इलाका प्रहरी कार्यालय हुँदै हाल ज्रि्रका दैलेखमा आएका प्रहरी निरीक्षक विनोदले डेकेन्द्र हत्याकाण्डको अनुसन्धान गर्ने जिम्मा पाएपछि परिस्थिति असहज हुँदाहुँदै पनि अनुसन्धान अगाडि बढाएको तथ्य र्सार्वजनिक  भइसकेको छ । लक्षीरामकै बयानका आधारमा अन्य चार अभियुक्त पक्राउ परेपछि उनीहरूबाट प्राप्त बयानलाई विश्लेषण गर्ने हो भने उक्त हत्याकाण्ड आधुनिक समाजको खिल्ली उडाउने बर्बर हत्याकाण्डका रूपमा रहेको निष्कर्षा पुगेको छ । अझै खुला घुम्दैछन् अभियुक्त दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्याका अभियुक्त माओवादीका पाँचजना कार्यकर्ता पक्राउ परे पनि मुख्य चारजना आरोपी भने पक्राउ पर्न सकेका छैनन् । हामी तिनलाई पनि पक्राउ गर्न प्रयासरत छौ- प्रहरी निरीक्षक विनोदले भने । हत्याका अभियुक्त लक्षीराम र्घर्तीमगरको बयानका आधारमा हत्यामा संलग्न बमबहादुर खड्का -अरुण), बमबहादुर खड्का -मुक्ति), केशव खड्का र भक्तिराम लामिछाने मगर भने राज्यसत्ताको दबाबका कारण पक्राउ पर्न नसकेको खुल्न आएको छ ।     पत्रकार थापाको हत्यामा पक्राउ परेकाहरूमा लक्षीराम र्घर्तीमगर, निरकबहादुर र्घर्तीमगर, वीरबहादुर केसी, जयबहादुर शाही र हरिलाल पुन हाल हिरासतमा रहेका छन् । अभियुक्त लक्षीराम र निरकले हत्यामा आफ्नो संलग्नता रहेका  स्विकारिसकेको अवस्था हो । सरकारी वकिल कार्यालय दैलेखले २५ दिनभित्र अदालतमा मुद्दा पठाइसक्नुपर्ने कानुनी व्यवस्था छ तर पक्राउ परेपछि राज्यसत्ताको दबाबका कारण ढिला गरी मात्र अदालती प्रक्रिया अघि बढेको हो । पक्राउ पर्न नसकेका बमबहादुर खड्का -अरुण) डेकेन्द्रलाई पानीका विषयमा छलफलका लागि पत्र पठाउने मुख्य व्यक्ति भएको लक्षीरामको बयानबाट खुलेको छ । अरुण हाल बर्दिया जिल्ला बगनाथ गाविसको औंरीमा बस्दै आएका छन् । यस्तै दैलेख कट्टी गाविस निवासी मुक्ति पत्रकार डेकेन्द्रको हत्याका बेला माओवादीको मिलिसिया कमान्डर थिए । उनले त्यसबेला डेकेन्द्रलाई चरम यातना दिनेमध्ये उनि पनि एक भएको बताइएको छ । हाल मुक्ति काठमाडौंमा पार्टर्ीीे संरक्षणमा रहेको स्रोतले जनाएको छ । छिउडी पुसाकोटका केशव खड्का हाल भारतको नयाँंदिल्लीमा रहेको खुल्न आएको छ । हत्यामा संलग्न भनिएका द्वारी गाविसका भक्तिराम लामिछाने मगर भने बाँकेको कोहलपुरमा बस्दै आएका छन । लक्षीरामको बयानका आधारमा पत्रकार थापाको हत्यामा नौ जनाको संलग्नता रहेकोे जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक तथा अनुसन्धान अधिकृत विनोदले जानकारी दिए ।      के भन्छन् दैलेखका राजनीतिक दल बयानका आधारमा पोलिएका चार अभियुक्त खुला हिँडिरहे पनि राज्यको दबाबमा पक्राउ पर्न नसकेको दलहरूको दाबी छ । नेपाली कांग्रेस दैलेखका सचिव भूपेन्द्र शाहीले पत्रकार थापाको पाशविक हत्याका आरोपी खुल्लमखुला हिँड्नु कानुनी राज्यको उपहास भएको बताए । मानव सभ्यताकै खिल्ली उडाउने गरी भएको यस हत्यामा संलग्न अभियुक्तलाई बचाउन राज्य र स्वयं प्रधानमन्त्रीसमेत लाग्नु विधिको शासनको उपहास गर्नु भएको उनको भनाइ छ  । एमालेका राष्ट्रिय परिषद् प्रतिनिधि लक्ष्मी पोखरेलले पत्रकार थापाको निर्मम हत्याका आरोपीले अपराध स्वीकारिसकेको अवस्थामा कारबाही प्रक्रिया अगाडि नबढेमा दैलेखका जनता जस्तोसुकै आन्दोलन गर्न तयार रहेको बताए । देलेखमा रहेका माओवादीबाहेकका सबै दल एक भएर आन्दोलनमा जुटेका छन् । उनीहरूले सर्वोच्च र जिल्ला अदालतको फैसलाको स्वागत पनि गरे । यतिखेर सत्ताबाहिर रहेका सबै दलले सरकारविरुद्धको आन्दोलन दैलेखबाटै सुरु गरेपछि डेकेन्द्र हत्या प्रकरणलाई उनीहरूले महत्व दिएको देखिएको छ । यसले स्थानीयदेखि केन्द्रसम्म कारबाहीका लागि थप दबाव सिर्जना गरेको छ ।      दबाबमा छन् सरकारी अधिकारी दैलेखका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल राज्यसत्ताको दबाब थेग्न नसक्दा सरुवा भइसकेका छन् ।  स्थानीय पत्रकारहरूलाई सुरक्षा दिन आफू सचेत भएको र सुरक्षाका लागि प्रहरीलाई निर्देशन दिने ढकाललाई बाबुराम सरकारको ठाडो हस्तक्षेप नमान्दा सरुवा गरिएको थियो । उनले पत्रकार थापाको हत्याको मुद्दा अदालतमा विचाराधीन रहेकाले आफूले यस विषयमा बोल्न नमिल्ने बताउँदै आएका थिए । त्यतिबेला माथिल्लो निकायबाट थाम्नै नसक्ने दबाब आएको स्वीकार गर्छन् ढकाल ।       स्थानीय सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता डम्बर काफ्ले न्यायको सिद्धान्तबमोजिम आफू आफ्नो कार्यक्षेत्रमा डटेर बस््ने बताउँछन् । उनलाई प्रमाण नष्ट गर्न र मुद्दा फितलो बनाउन दबाब आए पनि त्यसो नगर्दा महान्यायाधिवक्ताको कुदृष्टि पर्ने पक्कापक्की छ । दैलेखका प्रहरी प्रमुख शारदाप्रसाद चौधरी प्रहरी प्रधानमन्त्रीको भ्रमणमा सुरक्षा दिन नसकेको भन्दै सरुवामा परिसकेका छन् । आफ्नो कर्तव्य पालनामा नचुक्दा सोझा चौधरी बाबुरामको सिकार भएका थिए । यस मुद्दाका संलग्न अन्य दर्ुइ प्रहरी निरीक्षक पनि सरुवामा परिसकेका छन् । अनुसन्धान अधिकृत विनोद शर्मालेे डकेन्द्र हत्या प्रकरण आफ्ना लागि चुनौतीपर्ूण्ा विषय रहेको बताए । सबैभन्दा बढी आखाँंको तारो बनेको विनोदलाई भने राज्यसत्ताले अहिले नै विवाद र बबाल हुने डरले सरुवा गर्न सकेको छैन । विनोद यस मुद्दाका नायक नै हुन् ।विनोदले आफ्नो जागिरे जीवनलाई नै धरापमा राखेर यो कारबाहीलाई अगाडि बढाएका हुन् । कर्तव्यनिष्ठ भएर जनतालाई न्याय दिलाउने काम गर्दा जागिरै जान्छ भने पनि डराउँदिनँ- प्रहरी निरीक्षक विनोदले प्रेस युनियनको मिसन टोलीसँंग भने ।     चिन्तित परिवार स्वर्गीय पत्रकार थापाकी आमा गंगादेवी थापाले अभियुक्तहरूलाई पक्राउ गरे पनि राज्यको दबाबका कारण मुक्ति पाउने हुन् कि भन्ने आशंकाले आफूलाई पिरोलेको बताइन् । उनले बुढेसकालमा छोराको हत्यामा संलग्न अपराधीहरूले सजाय पाए छोराको आत्माले शान्ति पाउने आशा गरेकी छन् । आँखाभरि आँसु पार्दै दैलेखको बीच बजारमा भेटिएकी गंगादेवीले भनिन्- बाबु, छोरा त मरिहाल्यो, त्यसको आत्मा घुम्दै होला, त्यसले शान्ति पाए मलाई मर्ने बेलामा शान्ति मिल्ने थियो । मेरो छोरालाई त उनीहरूले कुटेर मारे, अब कुनै अर्को पत्रकार यसरी मर्नु नपरोस्- गंगादेवीले थपिन् । आमा गंगादेवी स्वंय जिल्ला अदालतमा छोराको हत्याराहरूको बिषयमा चलेको बहस सुन्न इजलास पुगेकी थिइन।डेकेन्द्रकी श्रीमती लक्ष्मीले राज्यसत्ता नै हत्यारालाई बचाउन लागेको देख्दा आफू सशंकित र चिन्तित रहेको बताइन् । एक न एक दिन न्याय मिल्ला भनेर लडिरहेको र सर्वोच्च र जिल्ला अदालतको पछिल्लो फैसलाले केही राहत मिलेको उनले सुनाइन् । महान्यायाधिवक्ताको पछिल्लो निर्ण्र्ााे कानुनी राज्य र विधिको शासनको कुरा गर्ने सत्तासीन राजनीतिक दलहरूको चरित्र उदांग भएको उनले बताइन् ।     पत्रकार असुरक्षित यतिखेर दैलेखका पत्रकारहरू आफ्नो घरमा बसेर समाचार लेख्न सक्ने अवस्थामा छैनन् । नेपाल पत्रकार महासंघ दैलेख शाखाको अगुवाइमा आन्दोलन अगाडि बढिरहँदा उनीहरूमाथि छड्के नजर लगाउनेहरू बढ्दै गएका छन् । हरेक दिन राष्ट्रिय छापा, टेलिभिजन र रेडियोहरूमा आउने समाचारले हत्यामा जोडिएका व्यक्ति र दलहरूमा दबाब बढ्दै गएको छ । पत्रकारहरूलाई अज्ञात नम्बरहरूबाट धम्की आउन थालेका छन् आन्दोलन किन गरिस् र किन त्यस्तो समाचार लेखिस् भनेर । असुरक्षित भएपछि यतिखेर दैलेखका एक दर्जन पत्रकार होटेलमा बस्दै आएका छन् । सदरमुकाम नजिकै भएको घरमा समेत गएर बस्ने वातावरण बन्न सकेको छैन । प्रहरी र प्रशासनले पत्रकारको सुरक्षामा चासो देखाए पनि जति बेला पनि भौतिक आक्रमण हुन सक्ने त्रासमा छन् दैलेखका सञ्चारकर्मी । हामी पर्ूण्ा सुरक्षित छैनौं- नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष पुष्कर थापाले भने- हामीलाई आन्दोलन अगाडि बढाएको र समाचार लेखेको भन्दै धम्की आउन थालेका छन् । राज्य नै विरोधी भएको यस्तो अवस्थामा हामी आफैं सकेसम्म सुरक्षित बन्ने प्रयासमा लागेका छौं ।    यसैबीच, स्वर्गीय डेकेन्द्र हत्या प्रकरणमा प्रहरीले उनका सहकर्मी कमल न्यौपानेसँग लिखित बयान लिएको छ । डेकेन्द्र अपहरणमा कमल पनि सँगै थिए । १६ दिनपछि माओवादीले कमललाई भने छाडेका थिए । दैलेखकै भ्ौसेखोर, नौमुले र बालुवाटार गाविसहुँदै द्वारी गाविस पुर्‍याएपछि २०६१ असार २८ गते वार्ता सकिएको र डेकेन्द्रको भने अझै काम बाँकी रहेको भन्दै माओवादी कार्यकर्ताले कमललाई अपहरणमुक्त गरेका थिए । मलाई अझै पनि झझल्को आउँछ, हामी सँगै र्फकनेभन्दा उनीहरूले मलाई जाने भए जा नत्र... भनी धम्कीसमेत दिएको कमलले बताए । कमललाई त्यसपछि तत्कालीन माओवादीको जिल्ला समितिले ६० हजार जरिबाना, सात दिनभित्र पत्रकारिता र दैलेख जिल्ला छाड्नुपर्ने चिठी पठाएपछि उनी नेपालगन्ज विस्थापित भएका थिए । हाल सर्ुर्खेतमा कार्यरत कमलले आफू उक्त अपहरणको एउटा प्रत्यक्षदर्शी भएकाले जहाँ र जुन बेला पनि साथीको हत्यामा संलग्न अपराधीलाई कारबाही गराउन लागि पर्ने बताएका छन् ।   करिब आठ वर्षघि मारिएका दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न सबै दोषीलाई कारबाहीको दायरामा ल्याउनर्ुपर्छ । यो वा त्यो बहानामा अभियुक्तले छुटकारा पाए आउँदा दिनमा सञ्चारकर्मीको कलम बलियो बन्न सक्दैन । राज्यले हालसम्म मारिएका तीन दर्जन सञ्चारकर्मीको विषयमा एउटा आयोग नै बनाएर उनीहरूका परिवारलाई न्यायको अनुभूति हुने वातावरण बनाउनर्ुपर्छ । सञ्चारकर्मीको जघन्य हत्यामा संलग्न अपराधीलाई न्यायको कठघरामा उभ्याउँदा शान्तिप्रक्रिया खलबलिन्छ भन्नु कानुनी राज्यको उपहास र मानवअधिकारको हनन तथा प्रेस स्वतन्त्रतामाथिको प्रहार हो भन्ने निष्कर्षमिसनले निकालेको छ । अझै पनि समाचार लेखेकै कारण राज्य र अपराधीहरूबाट नेपाली प्रेसजगत् सुरक्षित छैन । त्यसमाथि पनि दैलेखमा रहेका सञ्चारकर्मीको सबालमा सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने अहिलको टड्कारो आवश्यकता देखिएको छ ।

Posted on: 2013-Feb-14

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar