सेवाको नयाँ यात्रामा कैलाश बैंक
२०४३ मा नेपाल बैंकमा अधिकृतबाट सेवा प्रवेश गरेका लामिछानेले २०६६ जेठमा नेपाल बैंक छाडेर तत्कालीन अन्नपूर्णफाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी सम्हालेका थिए । फाइनान्सलाई विकास बैंकमा स्तरोन्नति गराएर नयाँ उचाइमा ल्याइपु¥याउने जिम्मेवारी सम्हालेका यी बैंकरले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन् । लामिछाने कैलाश विकास बैंकको छोटो अवधिको पहिचानले निकै उत्साहीत भएको बताउँछन् । धेरै बैंक तथा वित्तीय संस्थाहरुको नाफा घटिरहेको बेला कैलाश बैंक भने प्रतिस्पर्धामा खरो उत्रिएको छ । कैलाश विकास बैंकको आकार बढेको छ नै, नाफामा पनि कमी आएको छैन । चालू आर्थिक वर्षमा बैंकले २७ प्रतिशतको वृद्धि हासिल गरेको छ ।
लामिछानेका अनुसार, यही रफ्तारमा रहने हो भने वृद्धिको आकार अझ बढ्छ । कैलाशको सेयर मूल्य पनि अन्यको तुलनामा राम्रो दरमा रहेको मान्ने सीइओ लामिछाने निस्वार्थतथाका साथ व्यावसायिक रुपले काम गर्ने वातावरण भए कुनै पनि संस्थामा समस्या नआउने दाबी गर्छन् ।
“त्यसो त विकास बैंक र फाइनान्समा सबैभन्दा ठूलो भिन्नता नाममा हुँदो रहेछ,” लामिछाने भन्छन्, “फाइनान्सलाई सहकारी र विकास बैंकलाई बैंकसँग तुलना गर्ने प्रवृत्ति नेपालमा अहिले पनि छँदैछ ।”
व्यावहारिक रुपमा कैलाशले १२ गतेबाट कारोबार सुरु गरेको हो । विकास बैंकका रुपमा कारोबार सुरु गरेको छोटो अवधिमै यसअघिको तुलनामा दोब्बरभन्दा बढीले निक्षेप रकम र खाता संख्यामा वृद्धि भएको बैंकले जनाएको छ । “फाइनान्समा भन्दा विकास बैंकमा एक तहको विश्वास बढी देखिँदो रहेछ, लामिछानेले भने, “फाइनान्स भए पनि १९ वर्षम्म बैंकिङ नै गरेका थियौं । तर, अहिले बैंकका नाममा बैंकिङ गर्दैछौं ।”
राष्ट्र बैंकले नै वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले के–के काम गर्नहुने र के–के गर्न नहुने भनेर निर्देशित गर्छ । प्रतीतपत्र (एलसी) र दृष्टिबन्धक (हाइपोथिकेसन) कर्जाबाहेक वाणिज्य बैंकले गर्ने सबै काम विकास बैंकले गर्नपाउँछ, तर फाइनान्सलाई त्यो सुविधा हुँदैन । फाइनान्सबाट विकास बैंकमा रुपान्तरित हुँदा कार्यक्षेत्रको दायरा स्वाभिक रुपमै फराकिलो भएको उनले बताए । विदेशी विनिमय, ओभरड्राफ्ट ऋण, रिभल्भिङ (एकपटकको ऋण तिरेको अवस्थामा अर्को पटकको ऋण लिने सुविधा) ऋण, विप्रेषण (रेमिट्यान्स) सेवा, ग्यारेन्टी बस्ने काम विकास बैंकले गर्नपाउँछन् । यद्यपि फाइनान्सले पनि राष्ट्र बैंकको स्वीकृति लिएर रेमिट्यान्स कारोबार गर्न पाउँछ, तर यसमा समय बढी लाग्ने भएकाले ढिला हुन्छ ।
यसका साथै स्तरोन्नतिपछि राष्ट्रबैंकको प्रत्यक्ष नियमन रहने भएकाले संस्थामा सुशासनको कुरा पेचिलो हुनआउँछ । हुन त फाइनान्समा सुशासन नहुने होइन । मुलुकमा प्रचलित बैंकिङसम्बन्धी ऐन, नियम तथा राष्ट्र बैंकको नीति निर्देशन पालना भएको छ÷छैन भन्ने कुराले संस्थागत सुशासनको जगलाई बलियो÷कमजोर हुने सीईओ लामिछानेको बुझाई छ । वित्तीय संस्थाहरुमा सुशासन भनेकै वित्तीय क्षेत्र प्रचलित कानुनहरुको प्रतिवद्धताका साथ पालन गर्नु नै हो ।
लामिछानेका अनुसार, अन्नपूर्ण फाइनान्सको स्तरोन्नतिका लागि दुई वर्षअघि केन्द्रीय बैंकमा आवेदन दिएपछि आधा दर्जन राष्ट्र बैंकका पदाधिकारी सुपरिवेक्षणका क्रममा बैंकमा आएका थिए । राष्ट्र बैंकले यस क्रममा सबै किसिमले कमजोरीहरु केलायो । तर, केही पनि पाएन । अन्य संस्थाहरुमा संस्थागत सुशासन उल्लघंन भएका उदाहरणहरु भेटिए, तर अन्नपूर्ण फाइनान्स एकदम अनुशासित ढंगले चलेको थियो । “फाइनान्स कम्पनीमा मात्र सीमित भएर बस्ने सोच हाम्रो थिएन,” उनले भने, “वित्तीय क्षेत्रमा अत्यन्तै कठिन परिस्थिति रहेका बेलामा समेत राष्ट्र बैंकले स्तरोन्नतिको स्वीकृति दिएको संस्था हो, कैलाश विकास बैंक ।”
स्तरोन्नति तथा क्षेत्र विस्तारका लागि कैलाशजस्ता धेरैले आवेदन दिएका थिए, तर सबैले पाएनन् ।
अन्नपूर्ण फाइनान्स प्रतिष्ठित र सबैमा राम्रो छवि भएको कम्पनी थियो । तर यसको ब्राण्ड परिवर्तन भएको छ । यससम्बन्धमा लामिछाने भन्छन्, स्वेच्छिक रुपमा यसको ब्रान्ड परिवर्तन गर्ने बेला अझै भएको छैन । तर, बाध्यात्मक परिस्थितिले अन्नपूर्णलाई कैलाशमा परिवर्तन गर्नप¥यो । एकैपटक स्तरोन्नति र नयाँ नाममा प्रचारप्रसार गर्नबाटो खुलेको छ । साइनबोर्ड चेकबुक, एटीएम कार्ड भौचर, लेटरप्याड लगायत सम्पूर्ण डकुमेन्टहरु परिवर्त गर्नपर्छ । जनमानसमा कैलाशको उपस्थिति के–कसरी स्थापित भयो प्रष्ट्याउनुपर्ने दायित्व यसका सामु छ । पक्कै पनि यसले केही समय बैंकलाई थप खर्चबहन गर्नपर्ने हुन्छ । अर्कोतिर, कैलाश पनि भर्खरै स्वीकृति पाएको नयाँ संस्था रहेछ भन्ने पनि पर्नसक्छ ।
“त्यसकारण संस्थागत सुशासन राम्रो भएर, राष्ट्र बैंकले निर्दिष्ट गरेका नीतिअन्तर्ग रहेका कारण स्तरोन्नति (प्रमोसन) भएको संस्था हो भनेर आमसर्वसाधारणलाई जानकारी गराउनु बैंकको पहिलो काम हो,” उनले भने “अहिलेसम्म ब्रान्डिङका नाममा कुनै प्रचार–प्रसार गरेको छैन । तर, कैलाश विकास बैंकको नाम प्रचारमा आएदेखि नै कारोबार अत्यधिक वृद्धि भएको छ । यो बैंकका लागि अवसर हो ।”
“संसारभर ठूला र राम्रा संर्थाहरु पनि सधैंभरि एउटै नाम लिएर बसेको देखिँदैन, लामिछाने भन्छन्, “नाम पनि समयअनुसार परिवर्तन गरिराखिएको हुन्छ । ब्रान्डिङ पनि बाध्यात्मक र स्वेच्छिक हुन्छ ।”
उनलाई ब्रान्डिङमा खर्चलागे पनि सजिलै प्रतिफल दिन्छ भन्ने विश्वास जागेको छ । अहिलेका चुनौतीहरु न्यूनीकरण गर्नसकिने वा कम गर्नसकिने खालकै भएको उनले बताए । “सन्तुलनमा राखेर पुनः ब्रान्डिङ गर्दा धेरै फाइदा हुन्छ,” उनी भन्छन् “संसारभर नै राम्रो अवसरका लागि पुनः ब्रान्डिङ गर्न प्रचलन छ ।”
राष्ट्र बैंकले एक वर्षम्म बैंकका कुनै पनि प्रकृतिका साइनबोर्ड लेटरप्याडमा साविकको अन्नपूर्ण फाइनान्स स्तरोन्नति भई बनेको संस्थाका रुपमा लेख्न निर्दशन दिएको छ । यो ग्राहकलाई भ्रम सिर्जना नहोस् भन्ने राष्ट्र बैंकको मनसाय पनि हो । सामान्य ग्राहकले वास्तविकता नबुझेसम्म समस्या रहन्छ । रमाइलो प्रसंग के छ भने, ठिमीकै एक ग्राहक कैलाश विकास बैंकमा पुग्दा अन्नपूर्ण फाइनान्स भागेछ भनेर हतोत्साहित भई आत्तिएको रहेछ । तर, वास्तविकता बुझेपछि उनले आफ्नो निक्षेपको मात्रा बढाएका थिए रे ।
“स्नरोन्नति भएको अनुभूति गराउनु पनि बैंकका लागि चुनौती छ,” लामिछाने भन्छन्, “ठिमीका जस्ता हतोत्साहित ग्राहक बैंकभित्र छिरेपछि केही न केही परिवर्तनको संकेत पाउनुपर्छ र विश्वस्त हुने वातावरण तयार हुनुपर्छ ।”
उनले बैक त्यसैका लागि क्रियाशील भएको बताए । बैंकले आफ्ना कर्मचारीहरुलाई परिवर्तनको अनुभव (फिल द चेन्ज) को प्रशिक्षण दिइसकेको छ । हिजो फाइनान्समा छिर्दा कर्मचारीले गर्ने व्यवहार र अहिले विकास बैंक भएपछि ग्राहकलाई गर्ने व्यवहारमा फरक पाएको लामिछानेले बताए ।
स्तरोन्नतिका लागि दुई वर्ष अघि आवेदन दिंदा फाइनान्सको पुँजी ७० करोड ४३ लाख रुपैंया थियो । फाइनान्सले वाणिज्य बैंकको रुपमा स्तरोन्नतिका लागि आवेदन दिएर पछि पुँजी थप्न पनि सक्थ्यो । “तर, एकैपटक छलाङ मार्न हुँदैन र चरणबद्ध रुपमा जानुपर्छभन्ने निष्कर्षपछि विकास बैंकमा आवेदन दिएका हौं,” लामिछाने भन्छन्, “विदेशतिर वाणिज्य बैंकको भन्दा ठूला–ठूला पुँजी लिएर विकास बैंक क्रियाशील छन् ।” विकास बैंक हुँदा कसैको पनि नोक्सानी नभएको उनले बताए ।
कैलाश विकास बैंकसँग अहिले उपत्यकामा ८ र बाहिर ११ गरी बैंकका १९ शाखा छन् । लामिछानेका अनुसार बैंकले शाखा सञ्जाल विस्तारै मुलुकभर नै विस्तार गर्नेछ । तर, आक्रामक रुपमा शाखा विस्तारको योजना भने नरहेको उनले सुनाए ।
“बैंकिङ क्षेत्रमा नयाँ प्रडक्ट भन्ने नै केही छैन, सबै प्रचलनमा आइसकेको छ । कुन स्तरमा सेवा दिने भन्ने महत्वपूर्ण कुरा हो,” लामिछाने भन्छन् “युटिलिटी पेमेन्ट, इन्टरनेट बैंकिङ, एटीएम, एबीबीएसका साथै कैलाशले मौज्दात स्थानान्तरणको सुविधासमेत दिइसकेको छ ।”
बैंकले हाल हाल ४ अर्ब ५२ करोड निक्षेप संकलन गरी ३ अर्ब ९२ करोड कर्जा प्रवाह गरेको छ भने चैतसम्म झन्डै ७ करोड खुद नाफा गरेको छ । कैलाश नयाँ बैंक नभएर १९ वर्षदेखि निरन्तर सञ्चालित संस्थाको स्तरीकृत रुप हो । यो स्तरीकृत संस्थाको नयाँ यात्रा हो । राष्ट्र बैंकले कदर गरेको, नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) ले बेस्ट प्रिजेन्टेड अवार्ड दिएको उद्योग वाणिज्य संघ पोखराले सर्वोत्कृष्ट वित्तीय संस्थाका रुपमा सम्मानित गरेको संस्था हो कैलाश । सेवाको स्वाद एकपटक चाख्नैपर्ने बैंक हो– कैलाश
Posted on: 2012-Jun-25
Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story