04 May
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

अन्तर्राष्ट्रिय उडानबाट ७० अर्ब विदेशिन्छ नेपालबाट सबैभन्दा बढी कमाउनेमा कतार एयरवेज ल हुङ्कार सम्वाददाता, काठमाडौं

20 - Jun-2012, Posted by: Yuwahunkar   |   COMMENTS: 0

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम र नेपालको निजी क्षेत्रसँग अन्तर्राष्ट्रिय उडानका लागि स्वदेशी कम्पनीहरू नहुँदा नेपालले अन्तर्राष्ट्रिय उडानमा मात्रै वार्षिक ७० अर्ब रुपैंया गुमाइरहेको छ । 

 

 
विदेशी विमान कम्पनीको एक छत्र राज भएकाले नेपालले ठूलो व्यापार गुमाउनुपरेको हो । करिब ८० अर्ब बढीको नेपाली हवाई उद्योगबाट १० प्रतिशत रकम मात्रै यहाँ रहने गरेको तथ्यांकले देखाउँछ । यो रकम विदेशी एयरलाइन्सका कार्यालय प्रयोजन तथा मुद्रा सटहीमा खर्च हुने भएकाले नेपालमा रहेको हो । 

 

 
वरिष्ठ अर्थशास्त्री डा. पृथ्वीराज लिगलले बताए अनुसार, यात्राका लागि नेपालीले खर्च गर्ने रकमको तुलनामा विदेशीबाट आर्जन गर्ने रकम कम छ । अरब राष्ट्रहरूमा नेपालीहरू कामको लागि बढी आवतजावत गर्ने भएकाले यो क्षेत्रका एयरलाइन्सहरू नेपालबाट कमाउनेमा अगाडी छन् । अरबका लागि नेपाल कामदारहरूको स्रोत देश पनि हो । सिंगो हवाई उड्ययन क्षेत्रमा अहिले सञ्चालन भइरहेका २७ वटा अन्तर्राष्ट्रिय एयरलाइन्समध्ये ध्वजाबाहक निगमको हिस्सा ३÷४ प्रतिशत मात्र छ ।

 

 
गत वर्ष सन् २०१० मा निगमले साढे ३ अर्ब बराबर रकम आम्दानी गरेको नेपाल वायुसेवा निगमका डेपुटी डाइरेक्टर प्रदिप कार्कीले बताउँछन् । उनका अनुसार, निगमको आम्दानी हिसाब गरी सोही अनुपातमा २६ अन्तर्राष्ट्रिय विमान कम्पनीको आम्दानी हिसाब गरिएको हो । यसबाट विदेशी विमान कम्पनीको वार्षिक कारोबार ८० अर्ब बढी देखिन्छ । 

 

 
नेपाल वायु सेवा निगमले अन्तर्राष्ट्रिय तर्फका दिल्ली, दोहा, दुवई, बैंकक, हङकङ, क्वालालम्पुर गरि ६ वटा गन्तव्यमा सातामा २२ वटा उडान भर्दै आएको छ । एक सय ९० सीट क्षमतामा उड्ने निगमका दुइवटा अन्तर्राष्ट्रिय जहाज समय–समयमा जहाज ग्राउण्डेड (बिग्रने) समस्याका बीच निगमले वार्षिक साढे ३ अर्ब रकम आम्दानी गर्न सफल भएको हो । निगमको अन्तर्राष्ट्रिय उडानबाट प्राप्त आम्दानी र उडान संख्यालाई आधार मान्ने हो भने वार्षिक ७० अर्ब बढी रकम विदेशीने गरेको देखिन्छ । 

 

 
निगमपछि सातामा २१ उडान भर्नेमा कतार एयर छ । जसले नेपालमा उडान भर्ने सबैभन्दा अत्यधिक सीट क्षमता ३५५ बोक्ने बाइङ ७७७ विमान मार्फत उडान भर्दै आएको छ । साथै उसले ३१९ देखि ३४६ सीट क्षमताका ५ वटा एयरबस विमान पनि नेपालमा संचालन गर्ने गरेको छ । सन् २०१० मा कतार एयरले आफ्नो प्रमुख गन्तव्य काठमाडौँ–दोहामा मात्रै १ ला ५२ हजार यात्रु बोकेको थियो । जुन यात्रु संख्याको आधारमा उसले वार्षिक ४ अर्ब बढी रकम एउटै गन्तव्यमा कमाउन सफल भएको छ । कतार एयर नेपालका लागि सबैभन्दा बढी यात्रु तथा आम्दानी गर्ने अन्तर्राष्ट्रिय कम्पनीका रुपमा परिचित छ । 

 

 
कतार एयरपछि सातामा १४ वटा उडान भर्ने एयरलाइन्समा एयर अरेयिबा, जेट एयरवेज, फ्लाई दुवई, स्पाइस जेट रहेका छन् । नागरिक उड्डयन प्राधिकरणको उडान तथ्यांक अनुसार २७ वटा एयरलाइन्सले सातामा २२६ वटा उडान मार्फत ४४ हजार ८ सय ७ सीटको उडान अनुमति लिएका छन् ।

 

 

उक्त तथ्यांकमा ड्युक एयर (रोयल भुटान) विमानको उडान तथा सीट क्षमता उल्लेखित छैन । प्राधिकरणको उक्त तथ्यांक अनुसार २७ वटै अन्तर्राष्ट्रिय विमान कम्पनीले वार्षिक २३ लाख २९ हजार ९ सय ६४ वटा सीट अथवा यात्रु बोक्न सक्छन् । पछिल्लो पटक अन्तर्राष्ट्रिय उडान तर्फ बुद्ध एयरले उडान संचालन गरे पनि उसको उडान संख्या न्यून रहेको छ । बुद्धले भारतको वराणसी र भुटानसम्म उडान भर्दै आएको छ । 

 

 
सन् २०१० मा यी विमानहरूले एक मात्र प्रमुख गन्तव्यलाई आधार मानी यात्रु संख्या र टिकट मूल्य तुलना गर्दा वार्षिक झण्डै २० अर्ब बढी रकम वार्षिक आम्दानी देखिन्छ । नेपाली हवाई बजारबाट कतारपछि बढी आम्दानी गर्नेमा इत्तिहाद एयरवेज, गल्फ एयर, एयर अरेविया, जेट एयरवेज, कोरियन एयर, ड्रागन एयर, सिल्क एयर र इण्डियन एयरलाइन्स रहेका छन् । 

 

 
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार नेपालको वार्षिक हवाई यात्रु सीट क्षमता ६५ लाख रहेको छ । “३६ वटा मुलुकसँग भएको हवाई सम्झौता अनुसार हाम्रो हवाई यात्रु क्षमता ६५ लाख छ” मन्त्रालयका सहसचिव सुरेश आचार्यले बताए । त्यसमा हाल संचालित २७ एयरलाइन्सले वार्षिक २३ लाख २९ हजार ९ सय ६४ वटा सीटको अनुमति नागरिक उड्डयन प्राधिकरणबाट पाएका छन् । गत वर्षको यात्रु तथ्यांकलाई हेर्दा एयरलाइन्सले जम्मा १२ लाख ८८ हजार यात्रु मात्र बोकेका छन् । 

 

 
सहसचिव आचार्यका अनुसार, नेपालको कुल हवाई उद्योगको ९७ प्रतिशत बजार विदेशी एयरलाइन्सले ओगटेका छन् । ३ वर्ष अघिसम्म मात्र झण्डै ११ प्रतिशत बजार हिस्सा भएको निगम हाल ३ प्रतिशतमा झर्न पुगेको उनले बताए । निगमसँग पर्याप्त जहाज नहुदा नेपाली हवाई उद्योगमा विदेशी एयरलाइन्सको राज चल्नु मुलुकका लागि दुर्भाग्य भएको उनको ठहर छ । “यही समस्यालाई मध्यनजर गरि सरकारले अन्तर्राष्ट्रिय वायुसेवा संचालनका लागि इजाजत आवेदन खुला गरेको हो, निगमले जहाज ल्याउन नसके पनि निजी क्षेत्रबाट स्वदेशी कम्पनीले जहाज ल्याउन सके कमसेकम पूँजी पलायन रोकिन्छ ।”

 

 
सन् २०१० मा नेपाल एयरलाइन्ससहित अन्य विदेशी एयरलाइन्सको उडान संख्या र यात्रुको विवरणः 

 

 

एयरलाइन्स                        फ्लाइट संख्या                                 यात्रु संंख्या
 

कतार एयरवेज                               ९४३                                            ११४५५७

 

जेट एयरवेज                                ९१३                                            १०९५८१
   

एयर इण्डिया                                ७१८                                            ६१८७४

 

नेपाल एयरलाइन्स                         ६८०                                            ८८४४१२

 

एयर अरेबिया                                 ६०४                                            ७१३५४

 

दुबइ एभिएसन(फ्लाइ दुवई)         ५२९                                            ५७५७८

 

स्पाइसजेट एयरलाइन्स                 ५०८                                             ७४३८९

 

गल्फ एयर                                 ५०१                                             ५५९३८

 

जेट लाइट                                         ३०५                                             ४४१८६

 

थाइ एयरवेज                                 ३०४                                             ६१३९४

 

 
(स्रोतः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन कार्यालय)  

Posted on: 2012-Jun-20


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar