04 May
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

बलिउडमा आइटम लहर

19 - Jun-2012, Posted by: Yuwahunkar   |   COMMENTS: 0

 
कुनै समय बलिउडमा ‘एक्सन’ बिक्री हुने गर्दथ्यो । त्यसैले एक्सन हरेक फिल्मका लागि मसला बन्थे । तर, अहिले बलिउड फिल्ममा आइटम डान्सको लहर चलेको छ । चर्चाका लागि समेत बलिउड निर्माता तथा निर्देशकले आफ्नो फिल्ममा आइटम डान्स राख्ने गरेका छन् । 

 

 
बलिउडमा पछिल्लो उदाहरण लिनुपर्दा ‘शीलाकी जवानी’, ‘मुन्नी बदनाम हुई’ र ‘चिकनी चमेली’ सोचेभन्दा बढी चर्चामा आए । ‘चिकनी चमेली’लाई अहिलेसम्म चर्चाको हिसाबले कुनैले पनि उछिन्न सकेको छैन । तर अब छिट्ट नैै ‘चिनी’ बोलको आइटम नम्बरले बलिउडमा कब्जा जमाउने आशा गरिएको छ । 

 

 
रामगोपाल बर्माको फिल्म ‘डिपार्टमेन्ट’ को ‘चिनी’ बोलको आइटम नम्बर हिट हुने आशा धेरैले गरेका छन् । बलिउडकी सुपर मोडल नतालिया कौरले उक्त गीतमा आइटम डान्स गरेकी छन् । यसै आइटम नम्बरबाट नतालियाले बलिउडमा धमाका पिट्ने अपेक्षा गरिएको छ । 

 
हालै मुम्बइमा भएको एक कार्यक्रममा उक्त आइटम नम्बर गीतको लञ्चिङ गरिएको थियो । सो लञ्चिङ समारोहमा नतालियाले निकै कामुक ‘आइटम डान्स’ गरेकी थिइन् । ‘चिनी’ बोलको आइटम नम्बरको कोरियोग्राफी गणेश आचार्यले गरेका हुन् । ‘डिपार्टमेन्ट’ मा राणा दुग्गुबत्तीले नायकको भूमिका निर्वाह गरेका छन् ।

 

‘दम मारो दम’ पछि राणाको यो दोस्रो बलिउड फिल्म हो । ‘डिपार्टमेन्ट’ आउँदो मे १८ देखि रिलिज हुँदैछ । यो फिल्मले बलिउड बक्स अफिसमा राम्रै व्यापार गर्ने रामगोपालले अपेक्षा गरेका छन् ।
     

Posted on: 2012-Jun-19


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar