06 May
Mon

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

५२ वर्षमा बल्ल एल्बम

19 - Jun-2012, Posted by: Yuwahunkar   |   COMMENTS: 0

 
कलाकारिताप्रतिको मोह उमेरले छेक्दैन भन्ने पछिल्लो उदाहरण बनेका छन्, बलबहादुर राई । सानैदेखि गीतसंगीतप्रति रुचि खाख्दै आएका राईले बल्ल त्यो रहर पुरा गरेका छन् । रहर पुरा गर्न राजधानीमा आएका ५२ वर्षीय राईले भने, ‘रहर भएर पनि समय नै मिलेन, बल्ल समय मिलेको  छ ।’

 

 
उनी अहिले राजधानीमा आफूले मन परेका गीत रेर्कड गरिरहेका छन् । उनले आफूलाई मन परेका गायक÷गायिकालाई लिएर गीत रेर्कडिङ गराइरहेका छन् । रहर भएर पनि आफैले किन नगाएको त ? भन्ने प्रश्नमा राईले मुसुक्क हास्दै भने, ‘मेरो त गीत गाउने उमेर नै वितिसक्यो ।’ आफूले नगाएपनि अरुलाई गाउन दिएर आफ्नो रहर पुरा आसामबाट राजधानी आएको राईले सुनाए ।

 

 
‘उमेरमा गाइएन, अहिले स्वर बिग्रिसक्यो’ राईले भने, ‘त्यसैले अरुलाई गीत गाउन दिएर रहर पुरा गर्दैछु ।’ तर एल्बमका गीतहरु भने उनले भोगेका कथा ब्याथामै आधारित रहने भएको छ । त्यतिमात्र नभएर उनले नै गीतका शब्द चयन गरेका छन् । राजधानीको एक रेकर्डिङ स्टुडियोमा भेटिएका राईले भने, ‘रहर पुरा गर्नकै लागि एल्बम निकाल्न लागेको हुँ ।’ उनले एल्बमको नाम ‘नमस्ते गैरीगुट’ जुराएका छन् । 

 

 
गैरीगुट खोटाङको एउटा गाउँ हो । गैरीगुटसँग राईको भावनात्मक कथा जोडिएको छ । जहाँ उनी ५२ वर्ष अगाडि जन्मेका थिए । गैरीगुटमा जन्मेर भारतको सिलोङलाई कर्मथलो बनाउँदै आएका राईले भने, ‘मेरो गाउँको सम्झनामा एल्बमको नाम जुराएको हुँ ।’ २५ वर्षअघि उनी आफ्नो मान्छे भेट्न सिलोङ पुगेका थिए, तर राई पनि उत्तै भासिए । राई भन्छन्, ‘त्यसैले पनि रहर पुरा गर्न ढिलो भयो ।’ गीत रेकर्डिङमा उनलाई छोरी ज्वोई भुवन राईले साथ दिइरहेका छ्न् । भुवनले चैतको अन्तिमसम्ममा एल्बम स्रोतमाझ ल्याउने बताए ।  ‘नमस्ते गैरीगुट’ का गीतहरुमा शम्भु राई, विकास चौधरी, सुरेश अधिकारी, पारस मुकारुङ, ओमप्रकाश राई र भगत राईले संगीत दिएका छन् । 

 

 
शम्भु राई, सुरेशकुमार, मिलन अमात्य, भिषण मुकारुङ, भुवन राई र महेश राईको स्वर रहने ‘नमस्ते गैरीगुट’ एल्बममा ज्ञानु राई, शंकर अधिकारी, विरेन्द्र राई, उमेश दाहाललगायतको शब्द रहेको छ । एल्बमका साथै पाँच वटा म्युजिक भिडियो पनि ल्याउने राइृले बताएका छन् ।    

Posted on: 2012-Jun-19


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar