29 Apr
Mon

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

गैर आवासीय नेपालीका नयाँ नेतृत्व

7 - Dec-2011, Posted by: Yuwahunkar   |   COMMENTS: 0

गैर आवासीय नेपालीका नयाँ नेतृत्व

 

 
काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्रर्ााट्रय समन्वय समितिको अध्यक्षमा जीवा लामिछाने निर्विरोध निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न संघको पाँचौ विश्व सम्मेलनले लामिछानेलाई नेतृत्वको जिम्मेवारी सुम्पेको हो । उनी यसअघिको कार्यसमितिमा उपाध्यक्ष थिए । अध्यक्षका अर्का प्रत्यासी देवमान हिराचन्दले उम्मेद्वारी फिर्ता लिएपछि लामिछानेको निर्विरोध चयन भएका हुन् । संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले यसअघिका सम्मेलनदेखि नै अन्य पदहरुमा प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचन मार्फ् कार्य समिति चयन भए पनि अध्यक्षमा सकेसम्म चुनाव गराउन नहुने धारणा राख्दै आएका छन् । अध्यक्ष पदमा र्सवसम्मत नेतृत्व चयन गर्दा संस्था बलियो हुने उनको तर्क छ । "अध्यक्षमा चुनाव गराउनु भनेको संस्थालाई विभाजन गर्नु हो," महताले भने ।   
 
सोभियत संघमा बसोबास गर्दै आएका लामिछाने गैर आवासीय नेपालीलाई संगठीत गर्ने अभियानका सुरुवाती दिनदेखि नै सक्रिय छन् । उनी नेपालमा पनि समाज सेवा लगायत विभिन्न उद्यम तथा सामाजिक सेवामा सक्रिय छन् । उनले नेपालमा बैंक, कलेज लगायतका क्षेत्रमा लगानी गरेका छन् । लामिछाने सानिमा बैंकका अध्यक्ष हुन् । पुख्यौली घर चितवन भएका लामिछानेले साहित्यका क्षेत्रमा पद्मश्री पुरस्तकार स्थापना गरेका छन् ।   
 
त्यस्तै संघको उपाध्यक्षमा हितमान गुरुङ र रामेश्वर शाह निर्वाचित भएका छन् । गुरुङ विगतमा गोर्खा सैनिकका रुपमा कार्यरत थिए । शाह पेशाले चार्र्टर्ड एकाउन्टेन्ट -सीए) हुन्, उनी यर्ुर्एइमा बसोबास गर्छन् । महासचिवमा  तेन्जी शर्ेपा र सचिवमा टीबी कार्की विजयी भएका छन् ।   
 
कोषाध्यक्षमा युवा उद्यमी भवन भट्ट विजयी भएका छन् । भट्ट लोकप्रिय मत पाएर विजयी भएका थिए । जापानका गैर आवासीय नेपाली भट्टले नेपालमा बेभरेज, कलेज, एयरलाइन्स, बैंक, सञ्चार, गार्मेन्ट, रेष्टुरेन्ट लगायतका क्षेत्रमा लगानी गरेका छन् ।   
 
त्यस्तै, क्षेत्रीय संयोजक तथा उपसंयोजकहरुमध्ये ओशियाना संयोजकमा- मन खत्री र उपसंयोजकमा निरज श्रेष्ठ निर्वाचित भएका छन् । अमेरिका संयोजकमा मुकेश कुमार सिंह र उपसंयोजकमा राम खरेल छनौट भएका छन् । मध्यपर्ूव संयोजकमा नरेन्द्र भाट र उपसंयोजकमा लोकनाथ सुवेदी, युरोप संयोजकमा कुमार पन्त र उपसंयोजकमा लक्ष्यबहादुर गुरुङ, एशिया प्रशान्त संयोजकमा यम गुरुङ र उपसंयोजकमा किरणप्रताप थापा तथा महिला संयोजकमा रञ्जु थापा र उपसंयोजकमा राधा बस्नेत निर्वाचित भएका छन् ।  

Posted on: 2011-Dec-7


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar