28 Apr
Sun

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

भीओआइपी सञ्चालनमा गिरोह नै संलग्न

7 - Dec-2011, Posted by: Yuwahunkar   |   COMMENTS: 0
भीओआइपी सञ्चालनमा गिरोह नै संलग्न  
 
काठमाडौं । इन्टरनेटका माध्यमबाट गरिने कल वाइपास -भ्वाइस ओभर इन्टरनेट प्रोटोकल-भीओआइपी) मा संलग्न एक नेपालीले अवैध ढंगबाट आर्जन गरी हङकङमा घर खरिद गर्ने हैसियत बनाएका छन् । भीओआइपीमा विशिष्ट व्यक्तिका आफन्तहरु संलग्न भएको भन्ने नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यरो -सीआईबी) को अनुसन्धान प्रतिवेदनका आधारमा राजस्व अनुसन्धान विभागले राजस्व छली सम्बन्धि अनुसन्धान अघि बढाएको छ ।   
 
विभागले भीओआइपी र जीएसएम कार्ड तथा इन्टरनेटका माध्यमबाट हुने कल वाइपास -जीओआइपी) को आशंकामा अनुसन्धान गरिरहेका दर्ुइ इन्टरनेट सेवा प्रदायकमाथिको अनुसन्धानबाट कल बाइपासमा गिरोहहरु नै संलग्न रहेको पुष्टी गरेको छ ।   
 
यसअघि सीआईबीले नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाका ज्वाइँ रुवेल चौधरी भीओआईपीमा संलग्न रहेको खुलासा गरेका थियो । पछिल्लो पटक भीओआइपीमा संलग्न गिरोहका एक नाइकेले भीओआइपी जस्तो अवैध धन्दा चलाएर हङकङमा घर किनेको खुलासा भएको छ ।  
 
राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको इन्टरनेट सेवा प्रदायक ग्लोबल डाटा नेर्टवर्क र्सर्भिस -जीडीएन) का सञ्चालक भोलाकिशोर डंगोलले नेपालबाट हङकङको इन्टरनेट सेवा प्रदायक कम्पनीलाई लेखेकोर् इ-मेलले उनले हङकङका इन्टरनेट सेवा प्रदायकसँग मिलेर काम गरेको तथा उतै घरजग्गा समेत खरिद गरेको पुष्टी भएको हो । विभागले उनले प्रयोग गरीरहेकोर् इमेल ह्याक गर्नुका साथै अवैध धन्दामा प्रयोगमा आएका कम्युटर जफत गरेको छ । विभागले डंगोललाई पक्रन प्रहरीलाई पत्राचार गरिसकेको छ । तर डंगोल भने पहिले नै हङकङ भागिसकेको खुल्न आएको छ ।   
 
भीओआइपी तथा जीओआइपीमा संलग्न भएको आशंकामा छानबिन भइरहेको आइप्लसका सञ्चालक समेत डंगोल नै रहेको पुष्टी गरिसकेको छ । डंगोलले विभिन्न व्यक्तिका नाममा ५ भन्दा बढी र्फमहरु सञ्चालन गरेका छन् । राजस्व अनुसन्धान विभागले इन्टरनेटका माध्यमबाट गरिने कलबाइपासबाट भएको राजस्व चुहावटसम्बन्धि अनुसन्धानका आधारमा यी दर्ुइ इन्टरनेट सेवा प्रदायकलाई कर निर्धारण गरी मुद्दा दायर गर्ने तयारी गरिरहेको छ ।  
 
भ्वाइस ओभर इन्टरनेट प्रोटोकल -भीओआईपी) र जीएसएम कार्ड तथा इन्टरनेटका माध्यमबाट हुने कल वाइपास -जीओआइपी)बाट अर्बौं रुपैंया भन्दा बढीको राजस्व चुहावट भइरहेको छ । तर कारबाहीमा भने अहिलेसम्म कोही पनि परेका छैनन् ।   
 
कल बाइपासमा संलग्न भएको आशंकामा चेरी इन्टरनेशनल, जीआइएसपीएल, आइ प्लस र जीडीएनबाट ती र्फमका दस्तावेज र सफ्टवेयरहरु लिएर अनुसन्धान भइरहेको भनिएको छ । इन्टरनेट सेवा प्रदायकका कम्युटर रर्ेकर्ड, विल, भीओआइपी र जीओआइपी  सफ्टवेयर र सम्बन्धित दस्तावेजहरु अनुसन्धानका लागि लिएको छ । तर, राजस्वका अधिकारीहरुले अनुसन्धान टुंग्याइसकेका छैनन् ।  
राजस्वले छली भएको कर, ब्याज र जरिवानासहित दोषीबाट रकम असुल गर्ने नीति लिएको छ । भीओआईपी बारे अनुसन्धानमा पहिलो पटक विज्ञसहितको टोलीले अनुसन्धान गर्दैछ । भीओआइपी र जीओआइपीजस्ता प्रविधिका प्रयोगबाट गरिने ठगीप्रति सरकार सचेत बन्नर्ैपर्छ । राजस्व चुहावट सम्बन्धि मुद्दाको गम्भीरतालाई ख्याल गर्दै राजस्व अनुसन्धान विभागले एक महिनअघि निर्देशक गोपीकृष्ण कोइरालाको नेतृत्वमा एक समिति निर्माण गरेको थियो । समितिमा नेपाल दूरसञ्चार प्राधिकरण र  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो -सीआइबी) का प्रतिनिधिहरु सहभागी छन् ।  


Posted on: 2011-Dec-7

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar