05 May
Sun

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

सफलताका एक वर्ष

7 - Dec-2011, Posted by: Yuwahunkar   |   COMMENTS: 0
सफलताका एक वर्ष
 
अनलराज भट्टर्राई, प्रमुख कार्यकारी अधिकृत, कमर्ज एण्ड ट्रष्ट बैंक   
 
कमर्ज एण्ड ट्रस्ट बैंक नेपालले स्थापनाको एक बर्षसफलतापर्ूवक पुरा गरेको छ । निक्षेपकर्ताको बैंक बनाउने सोचका साथ एक वर्षेखि कारोबार थालेको यो बैंक झण्डै कान्छो वाणिज्य बैंक पनि हो । यसकारण पनि नयाँ पुस्ताको बैंक भन्नर्ुपर्छ ।  बैंकले हालसम्म रु.३ अर्ब ३५ करोडको निक्षेप संकलन र रु. ३ अर्ब १३ करोडको ऋण प्रवाह गरेको छ । संचालनमा आएको एक वर्षो अवधिमा निक्षेप परिचालन, कर्जा प्रवाह तथा लगानीको क्षेत्रमा बैंकले उल्लेख्य प्रगति हासिल गरेको छ । बैंकका सारथी अर्थात् व्यवस्थापन प्रमुख अनलराज भट्टर्राई आफ्नो उद्देश्यप्रति प्रतिबद्ध छन् । २९औं वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत हुन् उनी । यो प्रतिस्पर्धा उनका लागि चुनौती, पाठ र सफलताको त्रिवेणी हुने उनको धारणा छ ।  प्रतिस्पर्धामा खरो उत्रन नवीन सोच र सिर्जनात्मकता आवश्यक छ भन्ने कुरालाई यी सीइओले राम्ररी बुझेका छन् । यसैले होला, कमर्ज एण्ड ट्रष्टको पहिचान पृथक बनाउन उनी दिनरात लागिपरेका छन् । "यसलाई विश्वसनीय, दिगो र ग्राहकको आफ्नै बैङ्कका बनाउने मेरो सपना हो," उनी भन्छन् । स्पष्ट दृष्टिकोण र योजना भएपछि लक्ष्यमा पुग्न कठिन नहुने उनको आत्मविश्वास छ ।   
 
 
व्यवस्थापन र आफूबीच अहस्तक्षेपको लक्ष्मणरेखा, पारदर्शी कार्यशैली एवं जवाफदेहिता उनलाई उद्देश्य उन्मुख गराउने सिँढी हुन् । दाजुभाई संस्कृतिमा रुमल्लिएको संस्थागत संस्कारलाई सकेसम्म कमर्ज एण्ड ट्रष्टमा छिर्न नदिन उनले सहकर्मी र मातहतका कर्मचारीको कार्य मनस्थिति परिवर्तको अभियान नै थालेका छन् । उनीहरुका हरेक भनाइलाई गम्भीर रुपमा ग्रहण गर्न र सकारात्मक सुझावलाई आत्मसात् गर्ने बानीले कार्यालयमा उनी प्रिय छन् । कर्मचारीमा कामप्रतिको र्समर्पण र प्रतिस्पर्धाको भावना जगाउन सधैँ संवेदनशील उनले सहकर्मीहरुको आत्मसम्मानको पनि उत्तिकै ख्याल गर्दा रहेछन् । कामलाई प्राथमिकता दिने र भूलसुधारको अवसर उपलब्ध गराउनु' उनको विशेषता पनि हो ।  
 
 
त्यसैले त एक वर्षा नै देशका विभिन्न ठाउँमा शाखा सम्भाव्यता अध्ययन गरी बैंकले १३ शाखा स्थापना गरेको छ । तेह्रथुम, बैरेनी ,बाह्रबिसे, मनकामना, चारआली, बिराटनगर, पोखरा, बुटवल तथा उपत्यकाको पुल्चोक, बसुन्धारा, कालिमाटी, ठमेल ,न्यूरोड गरी १३ वटा शाखाबाट बैंकले सेवा उपलब्ध गराइरहेको छ ।    
 
 
शुरुमा उनीहरुले २० वटा सम्भावित स्थानको पहिचान गरेका थिए, यसमध्ये १३ शाखा स्थापना भए । भट्टर्राईका अनुसार तीनसय ६० जना पर््रवर्द्धकले एक अर्ब ४० करोडको पूँजीमा स्थापना गरेको बैङ्कले 'रियलस्टेट' बाहेकका क्षेत्रमा लगानी गर्दैछ । अन्य बैङ्कले भन्दा बचत निक्षेपमा अधिक ब्याज दएको दाबी गर्न उनले पछिल्लो समयमा निजामती सेवामा प्रवेश गरेका कर्मारीहरुलाई लक्षित गरी विशेष योजना ल्याउने भएका छन् । अरुका विचार सुन्ने, सम्बन्धित विषयबारे पर्ूण्ाज्ञान नभइ प्रतिक्रिया नदिने बानीले भट्टर्राई उत्कृष्ट कार्यारी प्रमुख भएका छन् । "कामको समयमा कठोर देखिए पनि कार्यालय समयपछि मित्रवत् व्यवहार गर्नपर्छ," कठोर र नरम हुनुपर्ने अवस्थालाई प्रष्ट्याउँछन् उनी । उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनर्ुपर्ने मान्यतामा अडिग उनलाई देशको औद्योगिक क्षेत्रलाई कर्जा दिन बैङ्कको उपस्थिति अपरिहार्य लाग्छ ।   
 
 
आर्थिक विकासका गतिविधिलाई बढाउन निजीक्षेत्र र सरकारबीचको सहकार्य अचुक रामवाण ठान्ने उनी राजनीतिक स्थिरता भए ठूलो विदेशी लगानी आउने बताउँछन् । विकास निर्माणका धेरै क्षेत्रमा निजी उद्यमी-व्यवसायीको गहन भूमिका देखेका छन्, उनले । बिजुली, सौर्य उर्जा, फोहोरमैला व्यवस्थापन लगायत कैयौँ परियोजनामा निजी क्षेत्रले सरकारलाई सघाउन सक्ने उनको ठम्याइ छ । सन् १९९५ मा "अल इण्डिया इन्ष्िटच्युट अफ चार्ट्ड एकाउटेण्टस्" बाट लेखापरीक्षकको कोर्स पूरा गरेका भट्टर्राईसँग पाँच वर्षभारतका विभिन्न बैङ्क तथा वित्तीय संस्थामा काम गरेको अनुभव छ । नेपाल बैङ्क, सानिमा, क्लिन इनर्जी बैंक हुँदै तीन वर्षछि उनी कमर्जमा आएका हुन् । आफ्नो गतिशीलतालाई स्वाभाविक मान्छन् उनी । नेपालको लेखाप्रणाली अन्तरराष्ट्रियस्तरको उनको ठम्याइ छ । लेखापद्धतिमा सुधार भए पनि सन्तोष मान्नुपर्ने अवस्थामा आइनपुगेको बताउँछन् ।   
 
 
'नेपाल स्टक एक्सचेञ्जलाई मुर्म्बई स्टक एक्सचेञ्जसँग सहकार्य गराउन हाम्रो लेखाप्रणाली अन्तरराष्ट्रियस्तरको हुनर्ैपर्छ' मुलुकको लेखाप्रणालीलाई बदलिदो परिस्थितिअुनुरुप बनाउनुपर्नेमा उनी जोड दिन्छन् । कार्यालय अघि र पछिको समय छोरीको पठनपाठनका लागि दिने भट्टर्राईलाई परिस्थितिले शिक्षा दिएको हो । उनको रोलमोडल कोही छैन । 'परिस्थिति नै मेरो सर्वोत्तम गुरु हो', उनी भन्छन् । 'र्सार्पन योर स' भन्ने व्यवस्थापन मन्त्र अँगालेका उनी अवसरको खोजीमा लाग्नु मानवीय स्वभाव भएको उल्लेख गर्छन् र्।र् इश्वरीय शक्तिमा विश्वास गर्ने उनी दर्ुइ महीनामा एकपटक मनकामना माताको दर्शन गर्नपुग्छन् । 'बहुजन हिताय, बहुजन सुखाय' भावनाबाट प्रेरित उनले सबैको कल्याणका निम्ति देवीसँग आशर्ीवाद माग्ने गरेको बताउँछन्  कार्यालयको औपचारिक कार्यक्रममा मयलपोश लगाउने उनी सधैँ सुटमा सुन्दर देखिन्छन् । छोरीको पढाइ र बैङ्कको कामलाई केन्द्रमा राखेका उनले बितेका तीन वर्षा कुनै देशको भ्रमण गरेका छैनन् । इण्टरनेटमा वाशिंगटन पोष्ट, फाइनान्सियल टाइम्स जस्ता पत्रिका पढ्ने भट्टर्राई बोलाएका सबै सामाजिक जमघटमा सहभागी हुने गरेको बताउँछन् । त्यहाँ र्यावसायिक कुरा गर्न उनका लागि सामान्य हो । 'रिड एण्ड प्रिण्ट साइट'मा उनी दर्शन र उपन्यास पनि पढ्न छुटाउँदैनन् । "डलर र सुनचाँदीको भाउ पनि उनी नेटमा नै हर्ेछ्," उनी भन्छन् । अन्तर्रराष्ट्रिय वित्तीय सूचकाङ्क तथा प्रवृत्तिका निम्ति रोयर्टको 'न्यूज पोर्टल' उनको भरपर्दो स्रोत हो ।  
 
 
संस्थागत सामाजिक उत्तरदायित्वप्रति सचेत उनले चाँडै नै ग्रामीण भेगका विभिन्न शैक्षिक प्रतिष्ठानलाई सूचना प्रविधिसम्बन्धी उपकरण प्रदान गर्न योजना बनाएका छन् । यसअभि सामाजिक उत्तरदायित्वको भावनाले बैंकले आफ्नो पहिलो बाषिकोत्सवको उपलक्ष्यमा नेपाल बाल संगठन, बाल संरक्षण गृह, सिफलका विद्यार्थीहरुलाई छ महिनाको लागि हुने स्टेशनरी प्रदान गरेको थियो ।  

Posted on: 2011-Dec-7

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar