30 Apr
Tue

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

छाउपडी प्रथा निवारण आयोजनामा भ्रष्टाचार सेवक बोहरा

30 - Oct-2011, Posted by: Yuwahunkar   |   COMMENTS: 0
छाउपडी प्रथा निवारण आयोजनामा भ्रष्टाचार
सेवक बोहरा  
 
सिलगढी/ महिला तथा बालबालिका कार्यालय डोटीद्धारा संचालित छाउपडी प्रथा निवारण आयोजनामा लाखौं अनियमिता भएको खुलासा भएको छ ।  
 
 
महिला तथा बालबालिका कार्यालय डोटीको सहयोगमा नेपाल पत्राकार महासंघ डोटी शाखाद्वारा जिल्लाका बनलेख र  गैरागाउं गाबिसमा आयोजना गरिएको र्सार्बजनिक सुनुवाईमा सहभागि महिलाहरुले छाउपडी प्रथा निवारण परियोजनाको बारेमा खुलेरै बिरोध गरेपछि आयोजनाका गतिबिधी प्रभावहिन भएको रहस्य खुलेको हो ।  
 
 
सेभ द चिल्ड्रेन र महिला तथा बालबालिका बिभाग बिचको साझेदारीमा महिला तथा बालबालिका कार्यालय डोटीद्वारा संचालित उक्त परियोजनामा खटिएका कर्मचारीहरुले महिला तथा किशोरीहरुहरुलाई चाउचाउ बांडेर फर्किने गरेको र्सार्बजनिक सुनुवाई कार्यक्रममा सहभागि महिलाहरुले बताएका थिए ।  
 
 
समुदायमा छाउपडी प्रथा निवारण आयोजनाले कुनै प्रभाव पारेको छैन । गाउंगाउंमा छाउपडी गोठ बन्ने क्रम रोकिएको छैन । महिनाबारी भएको बेला युवती, किशोरीहरु, बिद्यालय नजाने क्रम रोकिएको छैन । महिनाबारी भएको बेला दुद्य दहि खानु हुदैन भन्ने परम्परागत सोचाईमा कुनै परिबर्तन आएको छैन- ग्रामीण महिलाहरुले खुलेरै भने हाम्रा नाउमा लाखौं रकम ल्याउने र महिलाहरुलाई चाउचाउ बांडेर छाउपडी प्रथा निवारण हुदैन । 
 
 
 
महिला तथा बालबालिका कार्यालय डोटीले जिल्ला स्तरमा प्रस्तुत गर्ने प्रस्तुती हर्ेदा छाउपडी प्रथा निवारण आयोजना जिल्ला मै उत्कृष्ट जस्तो लाग्थ्यो । समुदायको अवस्था हर्ेदा उक्त परियोजना जिल्ला मै ठुलो रकम अनियमितता भएको आयोजना रहेछ । र्सार्बजनिक सुनुवाई कार्यक्रममा सहभागी पत्रकारहरुले प्रतिकृया दिए । र्सार्बजनिक सुनुवाई कार्यक्रम जिल्लाका ६ गाबिसका आयोजना गर्ने कार्यक्रम रहेको छ ।   
 
 
महिला तथा बालबालिका कार्यालय डोटी श्रोतका अनुसार उक्त परियोजनाको बाषिर्क २५ लाख रकममा २५ प्रतिशत काम समेत भएको छैन । आयोजनाको लागि छुट्टै कर्मचारीको ब्यवस्था नभएका कारण कार्यालय कै कर्मचारीहरुले आयोजनाको काम समेत गर्दै आएका छन । महिला तथा बालबालिका अधिकृत मन्जु रायमाझीले आफ्नो नजिकका कर्मचारीहरुलाई समुदायमा खटाउने र समुदायका ग्रामीण महिलाहरुले थाहा पाउदैनन । चाउचाउ बिस्कुट बांडेर मात्र आउन निर्देशन दिने गरेकी छिन ।   
 
 
जिल्लाको १० गाबिस र दिपायल सिलगढी नगरपालिका वडा न ११ मा संचालित उक्त छाउपडी प्रथा निवारण आयोजना अन्तरगत ९० प्रतिशत तालिम, गोष्ठि, अन्तरकृया जस्ता कृयाकलाप रहेका छन । समुदायमा संचालन गरिने प्रत्येक कृयाकलापबाट ५० प्रतिशत भन्दा बढी रकम बुझाउन अधिकृत रायमाझीले दवाव दिएपछि कर्मचारीहरु प्नि आतंकित बनेका छन ।  दवाव थेग्न नसकेर लेखापाल भरत शाही कैलाली सरुवा भएर भएको समेत श्रोत ले बतायो । परियोजना अन्तरगत रहेका कृयाकलापहरु एउटा ३० हजारको रहेको छ । गाउंघरमा जस्तोसुकै कार्यक्रम सम्पन्न गर्न २५ सय प्रयाप्त हुन्छ । उनले आफ्नो निवासमा बोलाएर नक्कली बिल बनाएर रकम बुझ्ने गरेकी छिन । उनको निवासमा होटेल, चिया पसल, गाडीहरुको बिल टिकटहरुको ठेली नै छ । उनले मत डोटी पैसा कमाउन आएकी  हु । मलाई बाषिर्क २५ लाख बजेटमा १० लाख बच्नु पर्छ भनेर खुलेरै भन्ने गरेकी छिन ।   
 
 
महिला तथा बाल बालिका कार्यालय डोटी र अधिकृत मन्जु रायमाझीको कार्य शैलीले सहयोगी संस्था सेभ द चिल्ड्रेन पनि दिक्क भएको छ । उक्त संस्थाका एक अधिकृतका अनुसार सो कार्यालय संगको साझेदारी कसरी रद्द गर्ने भन्ने बारेमा छलफल भईरहेको छ ।     

Posted on: 2011-Oct-30

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar