28 Apr
Sun

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

जोखिमपर्ुण्ा दशैं, पुगिएला घर ?

20 - Oct-2011, Posted by: Yuwahunkar   |   COMMENTS: 0

जोखिमपर्ुण्ा दशैं, पुगिएला घर ?
जितेन्द्र श्रेष्ठ  
काठमाडौं  
 
'दशैंमा पनि घर जान नपाउने भएँ सर  । के गर्नु टिकट सबै बुकिङ भैसकेको रहेछ । धरान सम्मको टिकट पाए पनि बरु केहि उपाय गरेर घरपुग्ने थियौं ।' ताप्लेजुङका दिनेस निरौलाले यसै भने ।   
 
राजधानीको बजारमा खाद्यक्षेत्रमा भएका  कालाबजारीले चरम उत्कर्षपुगेको छ  । सोहि हाराहारीमा  दशैको मौका छोपी यातायात क्षेत्रमा पनि टिकट वितरणमा कालाबजारी ले जरा गाड्न थालेको छ । जस्ले गर्दा देशका विभिन्न स्थान बाट राजधानी लाई कर्मथलो बनाउँदै आएका र्सवसाधाराणहरुलाई दशैंमा घर र्फकन ठूलो समस्या परेको गुनासोहरु आउन थालेको छ ।   
 
दशैं आउनु अघि नै सबै काउन्टरहरुमा टिकट बुकिङ फुल भैसकेको छ ।  ताप्लेजुङका दिनेस निरौला दशैंमा घर जान नपाउने हो की भन्ने चिन्ताले पिरोलिएको वताउँछन् ।  घर जान पाइएन भनेे दशैं राजधानीमै खल्लो तरिकाले वित्ने पो हो कि भन्ने चिन्तामा छन्  उनी ।  घर जानको लागि टिकट बुकिङ गर्न बसपार्क पुग्दा फुलपाती सम्मको लागि टिकट बुकिङ भैसकेको जानकारी पाए पछि उनको दशैंमा घरजाने सपना चकनाचुर भएको छ । भन्छन् 'उभिएर त्यति लामो यात्रा गर्न सकिने सम्भव नै छैन । घर जाउँ कि नजाउँ भन्ने दोधारमा परेको छु ।  
 
' त्यस्तै त्रिसुली बुढासिङ् का कर्म श्रेष्ठ लाई पनि दशैंमा घरजानुकै पिरलोले सताएको छ । इन्द्रचोकको कपडा पसलमा मजदुरी गर्दै आएका उनका साथीले पासाङल्हामो यातायात बाट टिकट बुकिङ गरिसकेका छन् तर उनी भने केहि दिन ढिलो भएकोले काउन्टर बाट टिकट नै सकिएको जानकारी पाएपछि अल्मल्लमा परेको बताउँछन् । झापाका रघुनाथ ढुंगेललाई पनि पर्नु पिर परेको छ । श्रीमती सहित काठमाडौमा सडकमा फुटपाथव्यापार गर्दै आएका उनी टिकट लिन बसपार्क पुग्दा टिकट अग्रिम बुकिङ भैसकेकोले टिकट पाएनन् ।  
 

उनी घर कसरी पुग्ने भन्नेचिन्ता रहेको वताउँछन् । श्रेष्ठ निरौला र ढुङगेल त  दशैंमा यातायात क्षेत्रबाट सास्ती खेप्दैगरेका प्रतिनिधी पात्र मात्रै हुन् । श्रेष्ठ र निरौंला जस्ता पिडित र्सवसाधाराणहरुको संख्या नगन्यमात्रामा छन् । टिकट बुकिङ भैसकेको र्सवसाधाराणहरुलाई यातायातका काउण्टरहरु बाट जानकारी दिइसकेका छन् । तर र्सवसाधाराणहरु टिकट सकिएको मान्न तयार छैनन् । यातायात व्यवसायीहरुले दशैंको मुखमै सो टिकट ब्ल्याकमा महँगोमा विक्री गर्ने गरेको उनीहरुको भनाई छ ।  
 
 

दशैंको मौका छोपेर वर्षौ सम्म नभेटिएका घरपरिवारलाई भेत्नजाने  अधिकाँस र्सवसाधाराणहरुलाई यातायात क्षेत्रको कमजोर व्यवस्थापनले निरास बनाई दिएको छ ।  गाडिको मात्र हैन प्लेनको समेत टिकट बुकिङ भैसकेको खबर पछि भोजपुरका सौगात केसी लाई त पर्नु पिरपरेको छ । भन्छन् 'गत साल पनि घरजान पाइएन यस्पाली दशैंमा घरपरिवारसँग भेटघाट गर्ने रहर रहरमै पो सिमित होला जस्तो छ' । अधिकाँस र्सवसाधाराणहरु दशैंमा कसरी घरपुग्ने भन्ने चिन्तामा परेका छन् ।

 

 

टाढा टाढा घर भै राजधानीमा कर्मथलो बनाएर बस्ने अधिकाँस  र्सवसाधाराण यातायातको मनोमानीले समस्यामापर्ने गरेका छन् । दशैंको समय यातायात व्यवसायीहरु बाट हुने मनपरीतन्त्रलाई सरकारले नियन्त्रन गर्न नसक्दा यात्रुहरु मारमा पर्ने गरेका छन् । बसका टिकटहरु पहिल्यै बुकिङ भैसकेको अफवाह फैलाएर कन्ट्याक्टमा बसको टिकट ब्ल्याकमा वेच्ने परम्परा  पुरानो होइन ।  यातायात क्षेत्रमा मात्र हैन दशैंको मौका पारी विभिन्न व्यापारीहरु समेत कमाउने काइदामामा मात्रै जुत्ने गरेको पाइन्छ । 

 

 
नेपालभरीकै यातायात क्षेत्र वर्तमान समय अनुसार सुधार हुन नसक्दा र्सवसाधाराणहरुले यातायात क्षेत्रबाट अनेकन समस्याहरु झेल्न बाध्य भएका छन् । यातायात क्षेत्र,जस्ले गर्दा र्सवसाधाराणहरु जोखिमपर्ुण्ा यात्रा गर्न बाध्य हुने गरेकाछन् ।

 

टिकट नपाएपछि र्सवसाधाराणहरु ड्राइभर र खलासीको मनोमानी भाडामा छटको यात्रामा सहभागी हुनुपर्ने बाध्यता विगत देखिको परम्परा बनिसकेको छ । जस्ले वर्षोनी दर्ुघटनाका घटनाहरु बढ्दै गएको छ । यातायात मन्त्रालयको ध्यान कर्ुर्सिमा बाहेक यो क्षेत्रमा ध्यानाकर्ष हुन नसक्दा नेपालभरीको यातायात व्यवसायीहरुको मनोमानी ढंगले चल्ने गरेको र्सवसाधारणहरुको आरोप छ ।   
 

Posted on: 2011-Oct-20


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar