05 May
Sun

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

इञ्जिनियरिङ्ग छाडेर सफल बैंकर

20 - Oct-2011, Posted by: Yuwahunkar   |   COMMENTS: 0
इञ्जिनियरिङ्ग छाडेर सफल बैंकर 
 
सुधीरबाबु खत्री, प्रेसिडेन्ट, डीसीबीएल बैंक   
सुधीरबाबु खत्री पढाइले इञ्जिनियर हुन्, व्यवसायले सफल बैंकर । इञ्जिनियरिङ्गको पढाइ सकेपछि उनले सुरुमा इञ्जिनियरको रुपमा जागिर खाए । आजभन्दा २५ वर्षअघिको कुरा हो । इञ्जिनियरको रुपमा उनले ६ हजार रुपैंया पारिश्रमिक पाउँथे । त्यो छाडेर उनी बैंकमा ३ हजार रुपैंया पारिश्रमिकमा काम गर्न थाले । "घरबाट त निकै खप्की खानुपर्‍यो," उनी सम्झन्छन् , " एक हिसाबले त्यो मेरो लागि व्रि्रोह जस्तो थियो ।"    

 
इञ्जिनियरिङ्ग पढेका उनी जागिरको लामो यात्रापछि सफल बैंकरको रुपमा स्थापित भएका छन् । यो उनको धर्ैय र लगनको परिणाम हो । उनले बैंकमा जागिर सुरु गर्दा यही सपना देखेका थिए, सफल बैंकर बन्ने । त्यसैले उनी आफ्नो लक्ष्यमा दत्तचित्त भएर अघि बढे ।   
 
तत्कालीन समयमा अर्थमन्त्रालयमा रहेका बाबु भुमेश्वर खत्रीको निरन्तरको हौसलाबाट उनी डीसीबीएल बैंकको प्रमुख कार्यकारी निर्देशक बन्न सकेको बताउँछन्, सुधीर । "मेरो सफलतामा ७० प्रतिशत कर्म र ३० प्रतिशत भाग्यको हात छ," उनी भन्छन्, "आफ्नो काममा रमाउनेले नै सफलताको स्वाद चाख्न सक्छन् ।" उनी आफ्नो कार्यक्षेत्रको सधैं सम्मान गर्नुपर्ने बताउँछन् ।   
 
सन् १९६० मा भैरहवामा जन्मिएका खत्रीको बाल्यकाल काठमाडौंको भीमसेनस्थानमा बित्यो । सानो छँदा उनी खुबै चकचके थिए । धुलोमाटोमा खेलेर, चाडबाडमा उट्पट्याङ गरेर उनले आफ्नो बाल्यकाल बिताए । उनले १६ वर्षो उमेरमा प्रवीणता प्रमाणपत्र तह उत्तर्ीण्ा गरेका थिए । कुशाग्र बुद्धिका धनी उनले १४ वर्षै एसएलसी पास गरिसकेका थिए । यसबाट उनको तीक्ष्ण बुद्धि प्रमाणित हुन्छ । नेपालबाट आर्किटेक्चरमा प्रमाणपत्र गरेपछि उनले १ वर्षपोखरामा राजपत्र अनंकित प्रथम श्रेणीको ओभरसियर भएर काम गरे ।  
 

त्यसपछि इञ्जिनियरिङ पढ्न रुस गए । रुसको 'राष्ट्रोभ सिभिल इञ्जिनियरिङ्ग विश्वविद्यालय' मा भर्ना भई उनले १९८४ मा स्नातकोत्तर उत्तर्ीण्ा गरेका हुन् । सोही समयमा उनले रुसकै एक कम्पनीमा इञ्जिनियर भएर काम गरे । उनलाई इञ्जिनियरिङ्ग पेशा मन पथ्र्यो, तर किन यो पेशामा व्रि्रोह गरेर बैंकिङ क्षेत्र अँगाले होलान् - उनी भन्छन्, "सन् १९८७ मा एमबीए पढ्न फिलिपिन्स गएपछि मानसिकता नै परिवर्तन भयो।

 

 

" एमबीए पढ्न फिलिपिन्स गएका उनी त्यहाँको नेशनल बैंकमा जागीरे भए । उनलाई बैंकिङ क्षेत्रको नसा त्यतिबेलादेखि नै सुरु भयो । पढाइ सकेर फर्किएपछि उनी नेपाल इन्भेष्टमेण्ट बैंकबाट नेपालको बैंकिङ क्षेत्रमा प्रवेश गरे । 'मलाई त्यो निर्ण्र्ााँग कुनै गुनासो छैन," उनी भन्छन्, "म बैंकिङ क्षेत्रमै खुसी छु ।"

 

 

 

 
उनले आफ्नो घरबाट अनेक संस्कार सिक्ने मौका पाए । त्यही संस्कारले उनलाई व्यावसायिक काममा सजिलो बनायो । ठूलो परिवारमा बाल्यकाल बिताएका उनलाई 'समाज' का बारेमा सहज रुपमा बुझे । उनलाई बैंकिङ क्षेत्रमा आउन उनका बाबुले नै निरन्तर हौस्याएका हुन् । "काम मैंले गरे तर बाटो देखाउने काम बुबाले नै गर्नुभएको हो," उनी भन्छन् । उनका बाबु राष्ट्रिय वाणिज्य बैंक तथा नेपाल बैंक लिमिटेडको अध्यक्ष भैसकेकाले उनलाई यो क्षेत्र बुझ्न र यहाँ घुलमिल हुन गाह्रो परेन ।  
 
 
जागिर मात्र खाएर नबस्ने सोचबाट प्रेरित भएर उनले सन् २००१ मा डीसीबीएल विकास बैंक स्थापना गरे । जुन, २००८ मा आएर वाणिज्य बैंकको रुपमा स्तरोन्नति भयो । साथीहरुको हौसला र परिवारको सहयोगमा सफल बैंकर बन्न सकेको उनको भनाई छ । 
 
 
उनलाई बैंकिङ क्षेत्रमा आउन प्रेरणा दिने घटना नै फिलिपिन्सको बसाइ हो । अधिकांश मान्छेले बैंक स्थापना गर्दा झञ्झट बेहोरेको गुनासो सुनाउँछन् । तर, यस मामलामा उनी आफूलाई भाग्यमानी ठान्छन् । डीसीबीएल विकास बैंकका रुपमा आफ्नै कम्पनी स्थापना गर्दा उनलाई राष्ट्र बैंकका तत्कालीन गभर्नर कर्मचारीले ठूलो सहयोग गरे ।  
 
डीसीबीएलका ठूला निक्षेपकर्ताहरु वेर्स्र्टन युनियन, हिमाल रेमिट, आईर्एमई रहेका छन् । राष्ट्र बैंकको स्वर्ण्र्ााहोत्सवमा बैंक 'एक्सलेन्स पर्फेन्स अवार्ड' -२००५) हासिल गर्‍यो । त्यस्तै बोस मेगेजिनले सन्, २००३, ०४ र ०५ मा लगातार 'वेस्ट फाइनान्सियल अवार्ड' दिएको थियो ।   

Posted on: 2011-Oct-20


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar