27 Apr
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

नेपालको प्रतिस्पर्धी क्षमता सुधार वृहद् आर्थिक वातावरणमा १४२ देशमध्ये ५०औं स्थानमा

18 - Oct-2011, Posted by: Yuwahunkar   |   COMMENTS: 0
नेपालको प्रतिस्पर्धी क्षमता सुधार
वृहद् आर्थिक वातावरणमा १४२ देशमध्ये ५०औं स्थानमा 
संवाददाता      काठमाडौं । नेपालको विश्वव्यापी प्रतिस्पर्धी क्षमतामा सुधार भएको छ । प्रतिस्पर्धी क्षमतामा नेपाल विश्वका १४२ देशमध्ये १२५औं स्थानमा रहेको छ । सन् २०१०/११ मा १३९ देशमध्ये नेपाल १३०औं स्थानमा रहेको थियो । नेपालको प्रतिस्पर्धी क्षमता सूचकांक -ग्लोबलल कम्पिटेटीभनेस इन्डेक्स-जीसीआई) ३.६६ रहेकोमा सन् २०११/१२ मा यो सूचकांक ३.४७ रहेको छ । जीसीआईमा ७ अंकले प्रतिस्पर्धी क्षमता उच्च रहेको संकेत गर्छ ।   
 
नेपालका दर्ुइ छिमेकी चीन र भारत यो प्रतिस्पर्धामा क्रमशः २६औं र ५६औं स्थानमा रहेका छन् । र्सार्क देशहरुमा श्रीलंका ५२, बंगलादेश १०८, पाकिस्तान ११८औं स्थानमा रहेका छन् ।   
 
विश्व आर्थिक मञ्च -वर्ल्ड इकोनोमिक फोरम)ले हालै र्सार्वजनिक गरेको सन् २०११/१२ को प्रतिवेदनले, नेपालले आधारभूत आवश्यकता प्राप्तिमा नै धेरै पछाडि छ । आधारभूत आवश्यकतामा नेपालले ३.७ र संस्थागत प्रणाली विकासमा ३.१ अंक प्राप्त गरेको छ ।   
 
पर्ूवाधारमा नेपाल धेरै पछाडि छ । पर्ूवाधार सूचकांक १.९ रहेको छ ।   
 
नेपालले आधारभूत रुपमा वृहद् आर्थिक वातावरण सुधारका आधारमा प्रतिस्पर्धात्मक क्षमता सुधार गरेको हो । जसमा नेपालले ५.१ अंक हासिल गरेको छ । यस आधारमा नेपाल १४२ देशमध्ये ५०औं स्थानमा रहेको छ ।   
 
नेपालले कुल ७ अंकमा स्वास्थ्य र प्राथमिक शिक्षमा ४.६, दक्षता विकासमा ३.२, उच्च शिक्षा र तालिममा २.७, वस्तु र श्रम बजार दक्षतामा क्रमशः ३.७ र ३.६, वित्तिय बजार विकासमा ३.७ अंक प्राप्त गरेको छ । वित्तिय बजार विकासमा नेपाल १००औं स्थानमा छ ।   
 
त्यस्तै प्राविधिक तत्परतातर्फ२.६, बजार आकारमा ३, आविष्कार र परिष्कारसम्बन्धि कारकमा २.७, व्यापार परिष्कारमा ३.१ र आविष्कारमा २.३ अंक हासिल गरेको छ ।  
 
व्यवसायिक वातावरणका लागि समस्याग्रस्त कारकहरुमा राजनीतिक अस्थिरता, अक्षम सरकार र कर्मचारीतन्त्र, नीतिगत अस्थिरता भ्रष्टाचारजस्ता कारण प्रमुख रहेको जनाएको छ । पर्ूवाधारको अपर्याप्त आपर्ूर्ति, प्रतिबन्धात्मक श्रम नियम, लगानीको पहुँच, श्रमिकहरुम्ा काम चोर प्रवृत्ति, शिक्षित कामदारको अपर्याप्तता, मुद्रास्पिmति, करसम्बन्धि नियम र उच्च दर, अपराध र चोरी, विदेशी मुद्रा विनियम नियम तथा कमजोर र्सार्वजनिक स्वास्थ्यलाई प्रतिवेदनले समस्याका रुपमा औंल्याएको छ ।  
 
सम्पत्ति माथिको अधिकारमा नेपाल १२४औं स्थानमा रहेको छ । सम्पत्तिको अधिकारमा फिनल्याण्डले ६.४ अंक प्राप्त गरी पहिलो स्थानमा रहेको छ, भने स्वीजरल्याण्ड, सिंगापुर, लम्जर्म्बर्ग, स्वीडेन, हङकङ, डेनमार्क, बेलायत, क्यानडा र आयरल्याण्ड पहिलो दश स्थानमा छन् ।  प्रतिवेदनका लागि त्रिभुवन विश्वविद्यालयको आर्थिक विकास तथा प्रशासन केन्द्र -सिडा)ले नेपालमा समन्वय गरेको हो ।   
 
प्रतिस्पर्धी क्षमतामा अघिल्ला १० देश     १) स्वीजरल्याण्ड   
२) सिंगापुर   
३) स्वीडेन   
४) फिनल्याण्ड  
५) अमेरिका  
६) जर्मनी  
७) नेदरल्याण्ड  
८) डेनमार्क   
९) जापान   
१०) बेलायत  

Posted on: 2011-Oct-18

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar