27 Apr
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

जीवनशैली!!!!!!!!!!!!!!!! रोजाइ बन्दैछन् 'शानदार' गाडी ...................

18 - Oct-2011, Posted by: Yuwahunkar   |   COMMENTS: 0
जीवनशैली 
रोजाइ बन्दैछन् 'शानदार' गाडी   
सम्पन्न सहरी जीवन बिताउने जोसुकैलाई पनि राम्रो गाडी चढ्ने सौख हुन्छ, जुन स्वभाविक हो । सडकको विस्तारसँगै नेपालका सहरहरुमा महंगा र विलासी गाडी भित्रने क्रम बढेको छ । काठमाडौंलाई बाहिरबाट कुनै सडकले नजोडेको अवस्थामा पनि काठमाडौंमा भरियाका माध्यमबाट बोकेर गाडीहरु ओसारिएका थिए । २०१३ सालमा त्रिभुवन राजपथ -थानकोट-मकवानपुर भैंसे) निर्माण भएपछि सवारी साधनहरु भित्रने क्रम बाक्लिदैं गयो । सडकहरु थपिदैं गए ।   
 
यो ५५ वर्षो अवधिमा नेपाली समाज र सहर आमूल परिवर्तन भइसकेको छ । युरोप र अमेरिकामा उत्पादित विलासी गाडीहरु नेपाली सडकमा गुडिरहेका छन् । तर, नेपालको आफ्नो उत्पादन भने छैन । नेपाली बजारमा अब भारतमा उत्पादन हुने मारुतीमात्र होइन, स्कर्पियो जीपदेखि ब्रिटीश ल्याण्डरोभर/रेन्जरोभर, हम्बरदेखि जापानी लेक्सस/टोयोटा र जर्मन भोल्क्स वागन, बीएमडब्लु, मर्सिडिज बेन्ज गाडी सम्पन्न र नवधनाढ्यहरुको रोजाइमा पर्ने गरेको छ । त्यसो त नेपाली बजारमा चिनियाँ उत्पादन 'चेरी' को प्रयोग पनि बढ्दै गएको छ ।   
 
नेपालमा विदेशी ब्राण्डका डिलरसीप लिने व्यापारीहरुको संख्या बढिरहेको छ । नेपाल अटोमोबाइल डिलर्स एसोसिएसनमा आवद्ध डिलर्सहरुको संख्या ५२ पुगिसकेको छ ।   
 
प्रधानमन्त्री डा. बाबुराम भट्टर्राईले हुलास मोर्टसले नेपालमै एसेम्बल गरेको १३ सीट क्षमताको 'मुस्ताङ म्याक्स' रोजेपछि अहिले महंगा र विलासी सवारीको प्रयोग गर्नेहरुमा अर्को तहल्का ल्याइदिएको छ । सबैको चासो अहिले प्रधानमन्त्रीले प्रयोग गर्ने 'मुस्ताङ' गाडीतर्फतानिएको छ । यद्यपी यो गाडी एसेम्बल गर्ने गोल्छा अर्गनाइजेसन भित्रकै उद्यमीहरु यो गाडी प्रयोग गर्दैनन् । मलेसियन प्रोटोन, कोरियन स्योङयोङ, हुण्र्डाई र अमेरिकी फोर्ड गाडीहरु प्रयोग गर्छन् ।  
 
प्रधानमन्त्रीले स्वदेशमै उत्पादित 'मुस्ताङ' गाडी चढेपछि अहिले गोल्छा अर्गनाइजेसनका सदस्यहरुले प्रयोग गर्ने सवारी साधन चासोको विषय बनेका छन् । गोल्छा अर्गनाइजेसनका प्रबन्ध निर्देशक एवं सभासद् दिवाकर गोल्छाले 'स्योङयोङ' नामक कोरियन गाडी प्रयोग गर्दै आएका छन् । कार्यकारी निर्देशक शेखर गोल्छाले जर्मन 'भोल्क्स वागन' गाडी चढ्दै आएका छन् ।   
 
प्रतिष्ठित औद्योगिक घरना चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरी जापानी 'लेक्सस' गाडी चढ्छन् । उनले यो गाडी नेपालका लागि जापानी राजदूत तात्सुओ मिजुनोसँग लिएका हुन् । नेपालमा आफ्नो कार्यकाल पुरा गरी मिजुनो स्वदेश र्फकन लागेकाले निर्वाणले यो कार खरिद गरेका हुन् ।   
 
सिजी ग्रुपका प्रबन्ध निर्देशक वसन्त चौधरी चेक ब्राण्ड 'सुपक स्कोडा' गाडी प्रयोग गर्छन् । शिखर इन्स्योरेन्स एवं फिस्टेल एयरका अध्यक्ष विकास राणाले ब्रिटीश रेन्जरोभर प्रयोग गर्छन् । जसको मूल्य नेपाली बजारमा सवा करोड रुपैंया पर्छ । उद्योगपति राजेन्द्र खेतानले 'रेन्जरोभर' र जर्मन 'भोल्क्स वागन' गाडी प्रयोग गर्छन् ।  
 
नेपाल उद्योग वाणिज्य महासंघका पर्ूवअध्यक्ष कुशकुमार जोशी महासंघले उपलब्ध गराएको 'स्कोडा लाउरा' प्रयोग गर्थे । पछि उनले आफैंले 'स्कोडा सुपरसेडान' प्रयोग गर्दै आएका छन् ।   
 
उद्योगपतिमात्र होइन, बैंकरहरु पनि गाडीका त्यत्तिकै सौखिन छन् । मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत -सीइओ) अनिल शाह रेन्ज रोभर र सिभिल बैंकका र्सर्ीइओ किशोर महर्जन ल्याण्डरोभर प्रयोगमा ल्याएका छन् । शाहलाई मेगा बैंकले उक्त गाडी उपब्ध गराएको हो ।  
 
यस्ता शानदार गाडीहरु 'एक्सेपेन्सिभ ल्याभिस मटेरियल्स' हुन्, मध्मवर्गीय नेपालीहरु यसका बारेमा खरिद गर्ने त टाढाको कुरा, सोच्न पनि सक्दैनन् । बरु नेपाली बजारमा हालै मात्र आएको 'टाटा नानो' मध्यमवर्गीयहरुका लागि चासो बनेको छ । "सरकारले अत्याधिक भन्सार लगाइरहेकाले गाडी मात्र होइन, मोटरसाइकल नै सामान्य नेपालीको खरिद क्षमता बाहिर पुगेको छ," गोल्छा अर्गनाइजेसनका कार्यकारी निर्देशक शेखर गोल्छा भन्छन्, "नेपालमा अटोमोबाइल संसारभरमै महँगो भइसक्यो ।"  

Posted on: 2011-Oct-18

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar