राष्ट्रिय जनगणना, २०६८ नेपालको जनसंख्या वृद्धिदर विकसित देशको दाँजोमा
18 - Oct-2011, Posted by: Yuwahunkar | COMMENTS: 0
राष्ट्रिय जनगणना, २०६८
नेपालको जनसंख्या वृद्धिदर विकसित देशको दाँजोमा
कुल जनसंख्या- २,६६,२०,८०९
महिला- १,३६,९३,३७८
पुरुष- १,२९,२७,४३१
नेपालको जनसंख्या वृद्धिदर ०.८५ प्रतिशतले घटेर १.४ प्रतिशतमा सिमित भएको छ ।एक दशकको अवधिमा नेपालको जनसंख्या वृद्धि दरमा अर्थपर्ूण्ा परिवर्तन भएको सरकारी तथ्याँकले देखाएको छ । यो जनसंख्या वृद्धिदर २००१ देखि २०११ सम्मको हो । १९९१ देखि २००१ सम्मको अवधिमा जनसंख्या वृद्धिदर २.२५ प्रतिशत थियो ।
केन्द्रीय तथ्याँक विभागले मंगलबार र्सार्वजनी गरेको राष्ट्रिय जनगणना २०६८ को प्रारम्भीक तथ्याँकले परिवार नियोजन सम्बन्धि चेतनाको विस्तार तथा वैदेशिक रोजगारी जनसंख्या वृद्धि घट्नु प्रमुख कारण रहेको देखाएको छ । प्रजनन् उमेर समूह-२०-४५)का १९ लाख जनसंख्या वैदेशिक रोजगारमा रहनुले पनि जनसंख्या वृद्धि केही नियन्त्रण भएको विभागको ठहर छ ।
सन् २००० मा संयुक्त राष्ट्र संघको महासभामा सहस्राब्दी घोषणापत्रमा हस्ताक्षर गर्दै नेपालले सन् २०१५ सम्म जनसंख्या वृद्धिदर १.५ प्रतिशतमा सीमित गर्ने प्रतिवद्धता जनाएको थियो । प्रतिवद्धता जनाए अनुसार नेपालले जनसंख्या नियन्त्रणमा सफल भएको छ । 'सहस्राब्दी विकास लक्ष्यमा यो महत्वपर्ूण्ा खुट्कीलो हो,' विभागका राष्ट्रिय लेखा निर्देशक रुद्र सुवालले भन्छन्, 'नेपालले कायम गरेको यो वृद्धिदर विकसित देशहरुको दाँजोमा देखिन्छ ।' सहस्राब्दी विकास लक्ष्यको अन्तिम मूल्यांकन हुन चार वर्षबाँकी छ ।
अमेरिकामा सन् २००९ को प्रारम्भदेखि अन्त्यसम्म जनसंख्या वृद्धि दर ०.८५ बाट बढेर ०.८९ प्रतिशत थियो । अमेरिकामा १९९० देखि २००८ सम्म -१८ वर्षो अवधिमा) २२ प्रतिशतले जनसंख्या वृद्धि भएको थियो । 'नेपालमा सन् २००१ देखि २०११ अवधिमा १४.९९ प्रतिशत जनसंख्या बढ्यो,' सुवालले भने । दश वर्षा नेपालको कुल जनसंख्या ३४ लाख ६९ हजारले वृद्धि भई २ करोड ६६ लाख पुगेको छ । १९ लाख जनसंख्या वैदेशिक रोजगारीमा रहेका कारण अनुपस्थित रहेको विभागले जनाएको छ ।
कुल जनसंख्या मध्ये तर्राईका २१ जिल्लाको जनसंख्या आधा भन्दा बढी अर्थात ५०.१५ प्रतिशत रहेको विभागले जनाएको छ । सबैभन्दा बढी जनसंख्या रहेका जिल्लाहरुमा काठमाडौं, मोरङ, रुपन्देही, झापा र कैलाली रहेका छन् । एक दशकको अवधिमा घरपरिवारको संख्या १४ लाख ६ हजार बढेर ५६ लाख ५९ हजार पुगेको विभागले र्सार्वजनी गरको तथ्याँकमा उल्लेख छ । झापाको दमक नगरपालिकामा जनसंख्या वृद्धिदर ७.६ प्रतिशत रहेको छ भने बैतडीको दशरथ नगरपालिकामा ०.५५ प्रतिशत छ ।
यसैगरी जनघनत्व काठमाडौमा बढी रहेको छ । विभागका अनुसार काठमाडौमा १ वर्गकिलोमिटर क्षेत्रफलमा ४ हजार ४ सय ८ जनसंख्या बसोबास गर्छन भने मनाङ जिल्लाको सोही क्षेत्रफलमा तीन जना बसोबास गर्ने गरेको विभागले देखाएको छ ।
गाम्रीण क्षेत्रबाट विदेशिनेको संख्या उच्च
ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना हुन नसक्दा सहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रबाट वैदेशिक रोजगारीमा जानेको संख्या उच्च रहेको तथ्यांकले देखाएको छ । वैदेशिक रोजगारी जाने १९ लाख जनसंख्यामा ग्रामीण क्षेत्रले ८५.४ प्रतिशत हिस्सा ओगटेको छ । अघिल्लो जनगणनामा वैदेशिक रोजगारीमा जानेको संख्या ७ लाख ६२ हजार थियो ।
"यसले सहरी क्षेत्रको तुलनामा गाउँमा रोजगारी सिर्जना अत्यन्त न्यून रहेको देखाउँछ," अर्थशास्त्री डा. चिरञ्जीवी नेपालले भन्छन्, "यो नीति निर्माताहरुको असफलता हो ।" उनले ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्ने कार्यक्रमहरु लैजान नसक्नु विगतका सरकारहरुको कमजोरी भएको उनले टीप्पणी गरे । ग्रामीण क्षेत्रमा विकास नपुगेकाले रोजगारी सिर्जना गर्ने कार्यक्रमहरु लैजानुपर्ने डा. नेपालको भनाइ छ ।
विदेशीनेमा महिलाको संख्या पनि बढेको छ । दश वर्षघि वैदेशिक रोजगारीमा जाने महिलाको संख्या ८२ हजार रहेकोमा पछिल्लो वर्ष२ लाख ५४ हजार छ । अघिल्लो जनगणनाले वैदेशिक रोजगारीमा जानेको पुरुष ८९.१ प्रतिशत र महिला १०.९ प्रतिशत रहेको थियो । पछिल्लो तथ्यांक अनुसार, वैदेशिक रोजगारीका लागि जानेको कुल संख्यामा ८६.७ प्रतिशत पुरुष छन् ।
पश्चिमाञ्चल विकास क्षेत्रबाट सबैभन्दा बढी ५ लाख ७८ हजार र मध्यपश्चिमबाट सबैभन्दा कम २ लाख २३ हजार विदेशिएका छन् ।
रेमिट्यान्स आयमा भएको विस्तारका कारण पहाडी क्षेत्रबाट तर्राई तथा सहरी क्षेत्रमा बसाइँसर्राई गर्ने क्रम बढेको छ । दश वर्षअघि कुल जनसंख्याको १३.९ प्रतिशत सहरी जनसंख्या रहेकोमा पछिल्लो वर्ष८६.१ प्रतिशत रहेको छ ।
Posted on: 2011-Oct-18

Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story