06 May
Mon

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

सुगम संगीतमा उकालो चढ्दै भुवन

14 - Oct-2011, Posted by: Yuwahunkar   |   COMMENTS: 0

 ग्ाायक भुवन सुप्तिहाङ र्राईले आफ्नो तेस्रो सोलो एल्वम 'मायाको फूल' बजारमा ल्याएका छन् । चर्चित संगीतकार अचालोकश्रीको एकल शब्द तथा गीत रहेको उक्त एल्वमलाई परी सिने संगीतले बजारमा ल्याएको हो ।

 

 
२०६० सालमा 'त्रि्रो माया' नामक आधुनिक एल्वम स्रोतामाझ ल्याएर नेपाली सुगम संगीतमा प्रवेश गरेका भुवनले २०६५ सालमा 'सजेसन' नामक दोस्रो आधुनिक एल्वम ल्याएका थिए । पहिलो एल्वम 'त्रि्रो माया' को गीतहरु स्रोतामाझ लोकप्रिय भएपछि हौसिएका गायक भुवनले करिब पाँच वर्षछि 'सजेसन' ल्याएका हुन् । भुवनको पहिलो एल्वम 'त्रि्रो माया' को आइडी छ कि छैन, किनेको माया मुटुमा जोडेर जोडिन्न जस्ता गीतहरु स्रोतामाझ लोकप्रिय बनेको थियो । अहिले पनि यि गीतहरु ल्ाोकप्रिय छन् ।  
 
यसरी पहिलो एल्वमको गीतबाट हौसिएका भवन दोस्रो एल्वमबाट पनि हौसिए । वास्तवमा भन्नु पर्दा भुवनले दोस्रो एल्वमबाट नै आफ्नो गायकिय परिचय पनि स्थापित गरेका हुन् । 'सजेसन' एल्वमको काम गरेनी कसैले अपजस त पाएकै छ, इलाम बजार घुम्ने रहर आज पुरा भयो जस्ता गीतहरु स्रोता तथा दर्शकले औधी रुचाए । जसका कारण गायक भुवनलाई तेस्ा्रो एल्वम निकाल्ने प्रेरणा मिल्यो । संगीतिक यात्राको प्रारम्भमा नै सुगम संगीतलाई अंगालेका भुवनले आफ्नो तेस्रो एल्वम पनि सुगम संगीतमै केन्द्रित गरेका छन् । नेपाली संगीत क्षेत्रमा सुगम संगीतका हस्ती मानिएका आलोकश्रीलाई लिएर 'मायाको फुल' ल्याएका भुवन आफ्नो गायनप्रति अहिले सन्तुष्टि छन् । भन्छन्, 'आलोश्री जस्ता अग्रज संगीतकारसँग काम गर्न पाउदा खुशी लागेको छ ।' यसरी आलोकश्रीले एल्वममा सोलो शब्द तथा संगीत गरेको यो पहिलो पटक हो ।   
 
गायक भुवनलाई अहिले 'मायाको फूल' ले भ्याइनभ्याई बनाएको छ । यो एल्वम बजारमा आएको महिना दिन नवित्दै गीतहरु ल्ोकप्रिय बनेका छन् । यस एल्व्मको मायाको फूल टिपी, सम्झनामा धेरै आयौ, धेरैपछि भेट तिमीसँग भयो जस्ता बोलका गीतहरु हिट भइरहेका छन् । गीत हिट भएपछि स्टेज कार्यक्रमहरुमा समेत भुवन ब्यस्त हुन थालेका छन् । 'अहिले त मलाई भ्याइनभ्याई छ' भुवनले भने, 'देशविदेशका कार्यक्रमहरुबाट पनि अफरहरु आइरहेको छ ।' नेपाली संगीतमा करिब एक दशक साधना र संर्घष्ा गरेका भुवनले 'माायाको फूल' मार्फ भने आफूलाई स्थापित गराएका छन् । 'मेहनत र संर्घष्ा गर, प्रतिफल अवश्य मिल्छ' भने जस्तै अहिले संर्घष्ाको प्रतिफल पाउदा भुवन पनि दंग छन् ।      

Posted on: 2011-Oct-14


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar