30 Apr
Tue

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

पपुलिस्ट'चाहिं होइनन्

16 - Sep-2011, Posted by: Yuwahunkar   |   COMMENTS: 0

 
डा.बाबुराम भट्टर्राई प्रधानमन्त्री बनेपछि सबैभन्दा पहिले उनले स्वदेशी गाडीलाई नै आफ्नो सवारीमा प्रयोग गर्ने निधो गरे । हुलास मोर्टसले नेपालमै उत्पादन गरेको १३ सीट क्षमताको 'मुस्ताङ म्याक्स' गाडी चढ्ने प्रधानमन्त्रीको निर्ण्र्ााछि गृहमन्त्रालयले उनको ओहोदा संवेदनशीलता र सुरक्षाका हिसाबले यो गाडी प्रयोग गर्न नमिल्ने राय अघि सार्‍यो । तर, प्रधानमन्त्रीले 'मुस्ताङ' नै चढ्ने निर्ण्र्ाााट पछि हटेनन् । यसअघिका प्रधानमन्त्री मन्त्रीहरु सबैले सुविधासम्पन्न र विलासी गाडी प्रयोग गर्दै आएका छन् । डा.भट्टर्राई स्वदेशमा उत्पादित गाडी चढ्ने पहिलो प्रधानमन्त्री हुन् । 

 

 
'मुस्ताङ म्याक्स' प्रयोग गरेकै विषयलाई लिएर कतिपयले भट्टर्राईलाई 'ढोंगी' र 'प्रचारमुखी' समेत भन्न भ्याए । उनलाई प्रचारमुखी भनेर कुरा काट्नेहरुले उनको विगतलाई हेरे हुन्छ । उनी कहिलेपनि सुविधाभोगी थिएनन् । विद्यार्थी जीवनमै उनी कवि भूपी शेरचनको 'घुम्ने मेचमाथि अन्धो मान्छे' कविता संग्रहको "मेरो शहरमा एउटा चोक छ । यहाँ के छैन सबथोक, रोग, भोक र शोक छ ।" भन्ने हरफसँग प्रभावित थिए । उनी सदैव देश र जनताका लागि चिन्तनशील रहे । 

 

 
ग्ाोरखा लुइँटेल स्कुलको एउटा जेहेन्दार छात्र, २०२६ सालको एसएलसी परिक्षाको बोर्ड प्रथम र त्यसपछि उच्च शिक्षाका क्रममा हमेशा प्रथम रहेका भट्टर्राईका समकक्षी र सहपाठीहरुका तुलनामा उनी कहिले पनि जीवनमा सुखभोग तिर लागेनन् । जवाहारलाल नेहरु विश्वविद्यालयबाट विद्यावारिधी उनी अमेरिकास्थित कर्नेल विश्वविद्यालयमा 'सहरी विकास र क्षेत्रीय योजना'मा विद्यावारिधी हुन् । उनीसँगैका सहपाठी र समकक्षीहरुले काठमाडौंमा महल जोड्दा बाबुराम भाडाको कोठामा बस्थे । उनका साथीभाईहरु ठूला आर्किटेक्टका रुपमा भव्य पारिश्रमिक 'डिल' गरिरहँदा उनी मार्क्सवादका बारेमा लेख्दै र पढ्दै थिए । उनी पढाइमा तिनीहरुभन्दा अब्बल नै थिए तर पनि उनी देशका लागि केही गरौं भन्ने सोचमा कम्मर कसेर लागे । त्यतिबेला उनलाई कसैले 'प्रचारमुखी' भनेन । 

 

 
२०५२ सालसम्म उनी खुला राजनीतिमा थिए । उनीसँगैकाहरु सुविधासम्पन्न कार चढ्ने 'एडिडास' ब्राण्डका जुत्ता लगाउने हैसियत बनाए तर, उनी गोल्डस्टार जुत्ता लगाएर सडकमा हिंड्दा उनी किन पपुलिस्ट भएनन् । विश्विद्यालयको अब्बल विद्यार्थी, जो सानो मेहनतमा करोडपति बन्नसक्थ्यो, तर ऊ त्यता नलागेर समाज परिवर्तनतिर लाग्यो, मेहनत गर्‍यो, पसिना बगायो । त्यतिबेला सम्म कसैको ध्यान उनीतिर तानिएन । 

 

 
२०५२ सालमा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ४० बुँदे माग पत्र बुझाउन जाँदा बाबुराम गोल्डस्टार जुत्तामा थिए । त्यसलगत्तै उनीहरु ज्यानको बाजी राखेर सशस्त्र युद्धमा सामेल भए । त्यतिबेला पनि बाबुराम प्रचारमुखी भएनन् । 

 

 
सशस्त्र युद्धबाट शान्तिपर्ूण्ा राजनीतिमा आएपछि पहिलो माओवादी नेतृत्वको सरकारको अर्थमन्त्रीका रुपमा उनले जे गरेर देखाए, त्यो प्रशंशनीय छ । उनी आफ्नो काममा सधैं सफल छन् । नेपालमा दोहोरो अंकको आर्थिक वृद्धिदर कायम गर्ने उनको सोच सह्रानीय छ । स्रोत साधनको समुचित परिचालन, उपयोग र उत्पादनका माध्यमबाट राष्ट्रलाई संवृद्ध बनाउने जनतालाई  गरिबीको पीडाबाट उन्मुक्ति दिने सोचबाट नै उनी निर्देशित छन् । डा. भट्टर्राई त्यति कमजोर र राजनीतिक जग नभएका व्यक्ति होइनन्, जसलाई प्रचारको आवश्यकता परोस् । उनी आफैंमा राष्ट्रिय/अन्तर्रर्ााट्रय व्यक्तित्वको छवि बनाइसकेका व्यक्ति हुन् । स्वदेशी वस्तुको प्रोत्साहनका लागि उनले उठाएको कदम स्वागतयोग्य छ ।       

Posted on: 2011-Sep-16


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar