28 Apr
Sun

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

आदिगुरु शंकराचार्यका दर्शन

16 - Sep-2011, Posted by: Yuwahunkar   |   COMMENTS: 0
शंकराचार्य 'अद्वैतवाद' का संस्थापक थिए । उनीस“ग यीशुको जस्तै शक्ति थियो । उनी वेदको दार्शनिक तत्वका विश्लेषणका कारण प्रसिद्ध छन् । उनी एक अभूतपर्ूव मष्तिस्कका मालिक थिए, जो हिन्दू धर्मका प्रत्येक ज्ञानहरुबाट पर्ूण्ा रुपमा परिचित थिए । उनले आफ्नी आमाको अन्तिम संस्कार गरे र देवी-देवताहरुको स्थितिमा अनेक काव्यहरुको रचना गरे । फेरी उनले केवल ब्रम्हाको स्तुति गरे । स्वामी चिन्मयानन्द प्रायः भन्ने गर्दथे, 'जुन बिन्दूमा आइन्स्टाइनले समाप्त गरेका थिए, उहींबाट शंकरले प्रारम्भ गरे । शंकराचार्यको ज्ञान यति धेरै सुन्दर थियो । 

 

 
उनको जन्म केरलाको आलविजदेखि लगभग ६ माइल दूरीमा कालाडी नामक स्थानमा थियो । आठ वर्षो उमेरमा उनले सबै वेदको अध्ययन गरेको थिए र बाह्र वर्षो उमेरदेखि उनले अनेकौं महत्वपर्ूण्ा पुस्तकहरु लेखेका थिए । १६ वर्षो उमेरसम्म धेरै महत्वपर्ूण्ा पुस्तक लेखेका थिए । ३२ वर्षो अल्पायुमा यस संसारबाट महाप्रायाण गरे । 

 

 
पश्चिमी इतिहासकारहरुका अनुसार शंकराचार्यको समय ७८र्८र् इ.सं. देखि ८२र्०र् इ. थियो । 

 

 
भनिन्छ आठ वर्षो उमेरमा उनी उत्तर भारतमा गए र त्यहा“ गोविन्द भागवद्पादलाई आफ्नो शिष्य बनाए । पछि शंकराचार्य वारणसी गए । त्यहा“ पद्मपाद हस्तमाला र टोटाका उनको शिष्य बने । कुनै मानिसका अनुसार, शंकरले आफ्नो अन्तिम समय का“ची -मद्रास)मा बिताए । त्यहीं उनले आफ्नो शरीर त्याग गरे । कुनै अरु मानिसहरुका अनुसार शंकराचार्यले कहिले पनि शरीर त्याग गरेनन् , उनी दृष्टिबाट ओझेल मात्र भए । शंकराचार्यलाई भगवान शंकरको अवतार मानिन्छ । 

 

 

 
शंकराचार्यले आफ्नो अल्पायुमा धेरै पुस्तकहरु लेखे । उनले भागवद्गीतामा आधारित टीका लेखे । ब्रम्हसूत्रमाथि पनि टीका लेखे । उनले दर्ुइ हस्त पुस्तिकाहरु 'उपदेशसहस्री' तथा 'विवेक चुडामणी' मा पनि टीक लेखे । उनले 'आत्मबोध' र 'भज गोविन्दम्' नामक पुस्तक लेखे । उनले जति पनि स्तुतिहरु लेखे । तिनीहरुमा 'सौर्न्दर्य लहरी' सबैभन्दा सुन्दर छ । 

 

 
उनले देशका विभिन्न भागमा मठ स्थापना गरे, जसलाई शंकर मठका नामले चिनिन्छ । 

 

 
१. श्रृंगेरी -मैसुर), २. बद्रीनाथ -हिमालय), ३.द्वारका -गुजरात) ४. पुरी -उडीसा) का“ची -मद्रास) को शंकरको मठ श्रृङ्गेरीको शंकरम्को एक शाखा हो । भारतमार्,र् इसाको समान, शंकराचार्य जब भारतमा  आध्यात्मिक शून्यतामा आएका थिए, उसको विनाश गर्न आएका थिए । बौद्ध धर्मको प्रचण्ड अभियान भारतीय आदर्शमा हावी भइरहेको थिए । त्यसै कारण भारतको आदर्श एवं प्राचीन भारतीय प्रतिष्ठालाई पुनस्थापित गर्ने काम शंकराचार्यले गरे । उनका अनुसार ब्रम्हा नै शाश्वत सत्य हुन् बा“की सबै मिथ्या हो । प्रत्येक प्राणीको भित्रको जीवात्मा नै ब्रम्हाका अंश हुन्, यस बाहेक केही पनि होइन । प्राणीमात्र आफ्नो अज्ञानवश जन्म-मरणको चक्करमा छन्, जो कहिले पनि समाप्त हु“दैन । सदैव फसिरहन्छ । यही अज्ञान सबै समस्याहरुको कारण हो र ज्ञानले नै मानिसलाई यो बन्धनबाट छुछाउ“छ । 

 

 
शंकरचार्यले अगाडि भनेका छन्- 'मानिस र भगवानको बीचमा केवल पदार्थको अन्तर हुन्छ । मुक्ति पश्चात् उनी सबै एक हुन्, एकै तत्व हुन जान्छन् । त्यही परम शक्ति जब मानिसभित्र छ, त्यसलाई आत्मा भनिन्छ । जो समस्त ब्रम्हाण्डलाई समाहित गर्दछ, उनी ब्रम्हा हुन् । यो यस प्रकार हो जसरी एउटा प्यालाभित्र शून्य या खाली हुन्छ । विल्कुल यही शून्यपन उसको बाहिरभित्र हुन्छ । 

 

 
ताओवाद समान इस्लामका अल्लाह र यहूदी रहस्यवादलाई 'अचीन' समान नै शंकराचार्यका ब्रम्हा पनि शून्य या गुणविहीन छन् । न त्यसको विभाग हुनसक्छ न त्यसमा कुनै चेतना हुनसक्छ । यो समयातीत छ । यदि तिमी आदि शंकराचार्यको पुस्तक, जुन उनले ब्रम्हाको विषयमा लेखेका छन् त्यो पढ र लाओत्सेको ताओको विषयमा लेखिएको पुस्तक पढ । एकै जस्तो लाग्दछ । 

 

 
हिन्दू धर्म शंकराचार्यप्रति बहुत आभारी छ । उनको सन्देश पर्ूण्ा स्वतन्त्रताको वास्तविक मानवीकरण हो । यो हिन्दूहरुको कुनै विशेष वाद -विचार) मा बा“धिएको छैन । तिमीले यो सबै पुस्तक पढ्ने कोसिस गर्न आवश्यक छ ।

 

 
गुरु शंकराचार्यले यस कुरामा सम्बद्ध कुनै पनि विचार आफ्नो रचनामा उल्लेख गरेका छैनन् । अनेक वेदान्ती, यहा“सम्म की अरविन्द घोष ले सम्म शंकराचार्यको सिद्धान्तमा यस कुरा खोज्ने प्रयास गरे । जो ब्रम्हा आफैंमा र्सवगुण सम्पन्न थिए । उनले आफैंले माया या भ्रमको जाल रचना गरेका हुन् । यदि शंकराचार्यका ब्रम्हा सबै इच्छाहरु या कामनामा सर्वोपरि छन् । तब समस्त चेतनाको साथ रचना कसरी निर्माण हुनसक्छ । अरविन्द घोषका अनुसार गुरु शंकरचार्य नै यसको ठीक वर्ण्र्ाागर्न सक्दैनन्, उनका नकारात्मक नियम अनुरुप र्सवशक्तिमान् कुनै प्रकारको विराट रुपमा प्रकट हुन सक्छन् । महाभागवत अथवा भागवद्गीता ले यस प्रश्नलाई थोरै घुमाइदिएका छन् । दुवै संरचनाको सक्रियताको कुरा गरेका छन् । महाभागवद् भन्छ कि यो आध्यात्मिक खेल लीला हो, जसबाट भगवान संसार बन्ने हेतु खेलाउ“छ, जबकि दोस्रो पटक गीता भन्छ कि यो त प्रकृतिको अविभाज्य प्रकृति हो । त्यो संरचित हुन्छ, नाश हुन्छ र पुनः रचित हुन्छ । दर्ुभाग्यका साथ कुनै पनि धर्मग्रन्थ स्पष्ट रुपमा सृष्टिको विषयमा 'किन र के' दिन पाएन । 

 

 
शंकराचार्यले कहिले पनि भनेनन् यो संसार र्व्यर्थ छ । उनले केवल स्पष्ट गर्दिए । जुन संसारमा हामी रहन्छौं । यो वास्तविक छैन, यो निरन्तर परिवर्तनशील छ । गुरु शंकराचार्यको 'अद्वैतवाद' को आलोचना पनि धेरै भयो । किनकी यो धेरै सुक्ष्म छ । 

 

 

द्वैतवाद के हो ? 

 

 
यो दर्शन माधवाचार्य -११र्९र्७इ.) ले 'द्वैत' को रुपमा प्रचारित गरेका थिए । भगवानप्रति भक्ति, र्समर्पण तथा प्रेम सबैभन्दा आवश्यक छ । उनका अनुसार संसार सत्य हो र मानिस र भगवान अलग-अलग छन् । वास्तविकता दर्ुइ प्रकारका छन् । स्वतन्त्रता र निर्भरता- स्वतन्त्र वास्तविकता -सत्य) वास्तवमा सच्चा स्वतन्त्रता हो । पदार्थ र मानव स्व भगवानमा निर्भर छन् तथा उनैद्वारा सञ्चालित छन् । हामी स्वयं -आत्म तत्व) सकृय छौ र अनगिन्ति जन्म-मरणको चक्रबाट केवल  भागवद्भक्तिद्वारा नै मुक्ति पाउन सकिन्छ । 

 

 
गुरु रामनुन, जो द्वैतवादका प्रणेता थिए, उनको जन्म १०५र्०र् इ. मा भएको थियो । उनी भगवान विष्णुका उपासक थिए । उनले द्वैत र अद्वैतवाद बीचको मार्ग अपनाए । उनले भनेका छन्, भगवान् कुनै अज्ञानी दर्शन होइनन् । जसरी शंकराचार्यले भनेका छन्- 'भगवान प्रत्येकका केवल आफ्ना हुन्छन्, जो उनको आफ्नो प्रेम एवं भक्तिद्वारा बुझाउन सकिन्छ । 

 

 
रामानुजको कथा अनुसार, आदिगुरु शंकराचार्य भगवान र मानिसको प्रेमको बीचमा बाधा बनेर खडा भए, त्यसकारण साथ-साथै रामानुजले वेदान्तको प्रचलित विश्वास अनुसार परमात्काको र्सवशक्तिमान, सर्वोपरि रुपलाई पनि मान्दथे । त्यो जीवात्मा र परमात्माको सिद्धान्तलाई मान्दथे तथा जीवात्मालाई परमात्मामा महामिलनको मुक्ति मान्दथे । आज पनि द्वैत र अद्वैत दुवै दर्शन भारतमा नै समान रुपमा प्रचलित छन् । 

 

 
वास्तवमा दुवै दर्शन एकै हुन् र समान छन् । जब तिनीहरुलाई हाम्रो दृष्टिकोणबाट हेर्र्छौं तब केही भिन्न देखिन्छन् । यी दुवै विचारधारा एक महान दर्शनका अभिन्न अंग हुन् । यस प्रकार की जसरी चुम्बक उत्तरी र दक्षिणी ध्रुवमा हुन्छ । यी दर्ुइ विचारधाराहरुले वास्तवमा हिन्दू धर्मलाई हाम्रो जीवनको त्यस अज्ञात ब्रम्हाण्डलाई खोज्ने या पाउन सहायता गर्‍यो ।

 

 
यदि तिमी द्वैतवाद र अद्वैतवादलाई भिन्न दर्शन मान्दछौ भने अद्वैत एक सम्पर्ूण्ा सत्य हो । हामीलाई यस संसारमा रहनर्ुपर्छ । जसमा विषय, वासना, उद्देश्यका सबै बाटाहरु भरिएका हुन्छन् तब द्वैतवादलाई नै मानेर कर्म गर्नर्ुपर्छ । आदिगुरु शंकराचार्यले समेत द्वैतवादको सिद्धान्तलाई पर्ूण्ा रुपमा इन्कार गरेका थिएनन् । यो उनको प्रसिद्ध रुपक 'डोरी र र्सप' को उदाहरणबाट स्पष्ट हुन्छ । 

 

 

एक व्यक्तिले अ“धेरोमा डोरीलाई सा“पको रुपमा लियो र ऊ लगातार सा“प देख्ने भयबाट भयभीत भयो । जब उज्यालो भयो, उसले देख्यो कि रातभर सा“प सम्झेको वस्तु त डोरी पो रहेछ, उसलाई आफ्नो मर्ूखताको आभाष भयो । तर कुनै पनि व्यक्तिले उसलाई अ“धेरोमा डोरीलाई सा“प देख्यो भनेर मर्ुख मान्न सक्दैनन् । एक व्यक्तिले सपनामा देख्यो, सिंह उसको पीछा गरिरहेको छ । तब उसले बच्ने भरसक प्रयास गर्‍यो । यसबीच ऊ आफ्नो पलङमा सुतेर पनि यता-उता जान सकेन । उसले जंगलमा का“डै का“डाको बीचमा दौडिएको देख्यो र जागृत भयो । उसले थाहा पायो यो त सपना रहेछ । भयंकर डराएको अनुभव उसलाई सपनामा भएको रहेछ । जागृत भएपछि उसलाई यो एकदम मिथ्या र मर्ूखतापर्ूण्ा लाग्यो । आदिगुरु शंकराचार्यका अनुसार, हामी यस भौतिक संसारको विषयमा  विल्कुल यस्तै अनुभव गर्र्छौ, जब हामी यस भौतिकवादी सपनाबाट जागृत हुन्छौं । 

 

 
साथ-साथै हामीले यो सृष्टिको अलगवाद 'द्वैतवाद' बाट लगातार संर्घष्ा गर्नर्ुपर्छ । विशेष रुपमा जबसम्म हामी यसको द्वैत प्रकृतिबाट देखिरहन्छौ । अद्वैतलाई लिएर कराउने या विवाद गर्दै रहनुबाट कोही पनि यस ब्रम्हाण्डको साथ एकाकार हुन दिंदैन । शंकराचार्यले साथ-साथै विभिन्न ब्रम्हषिर्हरुको संसारको अद्वैत अर्थात् एक अस्तित्व मानेका छन् । सूफी सन्त यसका सम्पर्ूण्ा उदाहरण हुन् । यदि तिमी वास्तविकताको खोजी गर्र्छौ भने अन्तमा सूफी र शंकराचार्यको स्तरमा पुग्छौ ।   

Posted on: 2011-Sep-16


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar