30 Apr
Tue

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

को हुन् बाबुराम भट्टर्राई

16 - Sep-2011, Posted by: Yuwahunkar   |   COMMENTS: 0

बाबुरामको पुस्त्यौली हर्ेदा गोरखाको लिगलिगकोटको फेदीमा आएर बसेको बाइस-तेइस पुस्ता भयो । इतिहासकार दिनेशराज पन्तका अनुसार द्रव्य शाहलाई लमजुङ्गबाट ल्याएर लिगलिगकोटमा राजा बनाउदा गणेश पाण्डे, नारायण अर्यालहरुसँग मिलेर गजानन्द भट्र्राईले ठुलै भूमिका निर्वाह गरेका थिए । उनै गजानन्द भट्टर्राईका सन्तान हुन्, बाबुरामका पुस्ता । उनका पर्ुखाहरु तत्कालीन गोर्खाली राजपरिवारका ज्योतिषी थिए । बाबुरामका जेठा बा हर्रि्रसाद भट्टर्राईले ज्योतिषी काम गरे । त्यसो त बाबुरामका हजुरबा भैरवप्रसाद भट्टर्राई पनि किसान थिए र बाबु भोजप्रसाद भट्टटर्राई पनि किसान नै । 

 

 
बाबुराम भट्टर्राई आधुनिक शिक्षा दिक्षा प्राप्त गर्न गोरखाली भट्टर्रार्इर्र्खलककै पहिलो पर्ुताका व्यक्ति हुन् । निम्न मध्यम परिवारमा जन्मिएका बाबुराम भट्टर्राईका एक दीदी, एक बहिनी र एक भाई छन् । किसानको छोरा भएकाले उनले बाबु आमालाई खेती किसानीमा सघाउने कुरा स्वभाविकै भयो । उनले आफ्नो बाल्यकालदेखि एस.एल.सी. दिउन्जेलसम्म गाई गोठालो भएर बाआमालाई सघाए । उनले घाँस दाउरा गर्न, पानी बोकेर ल्याउने र विशेषगरी भाई बहिनी हर्ेर्ने काम पनि गरे । बाआमा पढन जत्तिकै काम गर्नपनि सिपालु छोरा पाएकोमा दंग थिए । दीदीको बाह्र-तेह्र बर्षा विहे भएकाले बाबुरामलाई आफू भन्दा ८/९ बर्षान्छा भाई बहिनी हर्ेर्ने जिम्मा आयो । पँधेराबाट पानी बोक्ने, भाई बहिनीलाई न्वाई ध्वाई गर्ने काम गर्थ । यसबाट बुझिन्छ कि बाबुराम बाल्यकाल बाटै सामाजिक तथा व्यवहारिक रुपमा जिम्मेवार व्यक्तित्वमा विकास हँुदै गए ।  
 
एस.एल.सी. परीक्षा दिनु अघि उनी लुइँटेलमा स्याउले छात्रावासमा बसे । स्याउला ओछ्याएर बस्ने छात्रावासमा आफ्ना सहकर्मीहरुसँग बस्दा बाबुराम पंधेरामा पानी ल्याउन र जंगलमा दाउरा खोज्न जान्थे । खाना पकाउने आलोपालो हुन्थ्यो तर उनी भने भाँडा माझनमै बढी रुची राख्थे। उनका सहपाठीहरु उनलाई भाँडा माझने जिम्मा दिन्थे ।  
 
काठमाण्डौंमा कवि लेखनाथको छिडींमा  
 
२०२६ सालको एस.एल.सी.मा बोर्डफष्ट भएर उच्च शिक्षा हासिल गर्न बाबुराम काठमाण्डौं आए । त्यतिबेला सरकारले जम्मा एकसय रुपैया छात्रवृत्ति दिन्थ्यो । किसान परिवारका बाबुरामले त्यो खर्चले मात्रै महिनाभरी चलाउन कठन थियो । अमृत साइन्स कलेजबाट नजिकै कवि शिरोमणि लेखनाथ पौडेलको घरको छिडींको साँघुरो कोठामा मासिक पचास रुपैयाँमा बाबुराम र उनका तीन सहपाठीले डेरा जमाए । घरबाटै चामल ल्याउने र आवश्यक थप सरसामान यतै किनेर विद्यार्थी जीवनको कठीन यात्रा शुरु गरे । काठमाण्डौं आएपछि बाबुराम र उनका सहपाठीको जीवनमा एउटा क्रान्ति आयो । यहाँ स्टोभमा खाना पकाउन थाले । आफ्ना सहपाठीहरु बीच रमाइलो कुरा पनि चल्यो "विज्ञानले यत्रो प्रगति गरि सकेछ । खाना पकाउने स्टोभ बनिसकेछ । गाउँ जाँदा एउटा स्टोभ लैजानु पर्‍यो र टिकट काटेर गाउँलेहरुलाई हर्ेन बोलाउनुपर्‍यो । "बाबुरामको कवि लेखनाथसँग भेटघाट भएन ।" किनकि उनी काठमाण्डौं आउनु ५ बर्षहिले नै कवि लेखनाथको निधन भई सकेको थियो । कवि लेखनाथका छोरा सह-सचिव थिए । "हामी सह-सचिवको घरमा बस्न पाएकोमा मख्खै थियौं किनकी विद्यार्थीहरुलाई कहिले काँही सिफारिस आदि गर्नपर्ने हुन्थ्यो, उनीहरु पनि बोर्डफष्ट भएको केटो हाम्रै घरमा बस्छ भनेर मलाई माया गर्थे । कवि लेखनाथकी श्रीमति हुनुहुन्थ्यो, सेतो फुलेकी ।" बाबुराम कलेज जीवनका प्रारम्भिक दिन स्मरण गर्दै भन्छन् ।  
 
साहित्यमा बाबुरामका रुची कविको छिडीमा डेरा भएकाले होइन कि बाबुराममा साहित्य प्रति पहिले नै रुचि थियो । उनले नेपाली बिषयमा ८१ न्ाम्वर ल्याएका थिए जवकि त्यतिवेलासम्म नेपालीमा सत्तरी भर्दा बढी कसैको हुन्थेन । मदन पुरस्कार गुठीले उनलाई पुरस्कार पनि दिएको थियो । नेपालीमा सबैभन्दा बढी नम्बर ल्याउने विद्यार्थी भनेर । उनी नेपाली साहित्यका भेटेजति पुस्तक पढ्थे । कवि लेखनाथको "तरुणतपसी" पढिसकेका थिए । कवि भूमि शेरचनको "घुम्ने मेचमाथि अन्धो मान्छे" भरखरै छापिएको कविता संग्रह थियो । त्यो उनले निकै रुची राखेर पढे । अहिले पनि उनलाई त्यो कविता संग्रहका कयौं कविता कन्ठस्थ छन् । "मेरो शहरमा एउटा चोक छ । यहाँ के छैन सबथोक, रोग, भोक र शोक छ ।" भन्ने कविता र "हँुदैन विहान मिरमिरेमा तारा झरेर नगए बन्दैन देश दर्ुइचार सपुत मरेर नगए" भन्ने कविता बाबुरामलाई निकै मन परे । पछि बीपी कोइरालाका कथा, लक्ष्मीप्रसाद देवकोटाका कविता पनि उनले पढे । कवि शिरोमणि लेखनाथ पौडेलको सामन्ती रोमान्टिक खालको, बीपी र देवकोटाको पुँजीवादी खालको र पारिजात, भूपि शेरचनको साहित्य प्रगतिशिल खालको लाग्न थाल्यो । उनको साहित्यिक अभिरुचीमा पनि त्यसरी नै छाप पर्दै गयो । उनलाई काठमाण्डौंमा पढ्दासम्म विदेशी साहित्यको अध्ययन गर्ने अवसर भने भएन । विज्ञानको विद्यार्थी भएकाले त्यतातिर मात्रै उनको अध्ययनमा बढी समय बित्यो । साहित्यमा स्वअध्ययन मात्रै भयो ।  

काठमाण्डौं र राजनीतिसँग बाबुराम  
 
२०२७/२०२८ तिर राजनीतिक दलहरु प्रतिवन्धित थिए । राजनीतिक गतिविधि भनेका विद्यार्थी गतिविधि मात्रै थिए । कम्युनिष्ट पार्टर्ीी पनि फुटेका थिए । काँग्रेस नेताहरु प्रवासतिरै थिए । शेरबहादुर देउवाको नेतृत्वमा नेविसंघ भरखरै गठन भएको थियो । अखिल पनि भरखरै गठन भएको थियो । विद्यार्थीहरु अखिल र नेवि संघ भनेर चुनाव लड्थे । अमृत क्याम्पसमा भने प्यानल सहित चुनाव हुन्थेन । तर वामपन्थी प्रभाव भने थियो । बाबुरामको राजनीतिक चेतना त्यतिवेला राजतन्त्र विरोधी मात्रै थियो । काँग्रेस वा कम्यूनिष्ट थिएन । उनी राजतन्त्र विरोधी कसरी भए होलान् - २०१७ सालमा बहुदलिय व्यवस्था खारेज गरी राजा महेन्द्रले निर्दलीय व्यवस्था स्थापना गरेपछि नेपाली काँग्रेसले सशस्त्र संर्घष्ा शुरु गर्‍यो । त्यतिबेला उनका जेठी आमाका दाजु मामा कृष्णप्रसाद न्यौपाने कांग्रेसका नेता थिए । उनी वारेन्टेड रहेछन् र बाबुरामको घरमा भूमिगत बसेका रहेछन् । बाबुरामहरु त्यतिवेला ६/७ बर्षा थिए । उनको घरमा भूमिगत बसेका मामाले राजतन्त्र विरोधी कुराहरु गरिरहने, के-के थरि पर्चाहरु लेखिरहने गर्थे । त्यसबाट राजतन्त्र विरोधी प्रारम्भिक चेतना उनमा जाग्यो । पछि २०२५ सालतिर भरत शमशेरले "राजामहेन्द्रका अपराधहरु" भन्ने पर्चा लेखेका थिए ।  
 
त्यो पर्चा पनि उनै मामा मार्फ् उनले पढ्न पाए । राजा भनेको त बदमास पो रहेछ भन्ने उनलाई भित्रदेखि लाग्यो । स्कूले जीवनमा जागेको राजतन्त्र विरोधी भावना अमृत क्याम्पसमा पर्दा झन् बलियो हँुदै गयो । त्यतिबेला स्नातक तर्फाट राष्ट्रिय पञ्चायत सदस्यमा चुनाव लडेका राजराजाप्रसाद सिंहले जिते । रामराजाप्रसाद सिंहलाई सपथ ग्रहण गर्न दिइएन । उनी राजतन्त्र विरुद्ध गणतन्त्रका पक्षमा उम्मेद्वार भएका थिए । उनको गिरफ्तारी र उनलाई सपथग्रहण गर्न नदिएको विरोधमा अमृत क्याम्पसमा आयोजित विरोध कार्यक्रममा उनी सहभागी भए । यो नै उनको पहिलो राजनीतिक काममा सक्रिय सहभागीता थियो । गणेशमान पुत्र प्रदीपमानसिंह, मनमोहनका छोरा प्रकाश अधिकारी संगै पढ्थे । अमिक शेरचनका भाई प्रान्ति शेरचन अमृत क्याम्पसका स्ववियु सभापति उम्मेद्वार थिए र उनले जितेका थिए । उनी यति वेला आफ्नो ज्ञान वढाउन राजनीतिक नेताहरुसँग भेटघाट गरिरहन्थे । एस.एल.सी. बोर्ड र आइएस्सीको पनि प्रथम विद्यार्थी भएकाले उनलाई सबैले चिन्थे । उनी सुवर्ण्र्ााशेर, र्सर्ूयप्रसाद उपाध्याय जस्ता व्यक्तिहरुसँग ज्ञान हासिल गर्न भेट्थे । तर कुनै राजनीतिले प्रेरित वा राजनीतिक उद्देश्य हासिल गर्नका लागि भने होइन । काठमाण्डौंमा पढ्दा उनको राजनीतिक चेत अंकुरित मात्रै भएको थियो ।   
 
भारतमा अध्ययन र राजनीति  
 
एसएलसी र आईएस्सीमा र्सवप्रथम भएपछि उनी कोलम्बो प्लानमा इन्जिनियरिङ्ग पढ्न चन्डिगढ गए । चन्डिगढको राम्रो वातावरणमा उनले कलेजको अध्ययन मात्रै हैन, स्वअध्ययन पनि गरे । हालका भारतका प्रधानमन्त्री मनमोहन सिंह उति बेला चण्डिगढमा पढाउँथे । कार्ल मार्क्सको कम्यूनिष्ट घोषणा पत्र त कोर्षनै थियो । त्यस बाहेक बाबुरामले एक पटक विश्वका सवै चर्चित व्यक्तित्वहरुको जीवनी पढी सिध्याउने अठोटै गरे । गान्धीदेखि चे ग्वेभेरासम्मका जीवनी पढदा उनलाई सबै भन्दा बढी चे को जीवनीले प्रभावित पार्‍यो । उनी दिनभरीनै पञ्जाव विश्वविद्यालयको पुस्तकालयमा भेटिन्थे । सत्तरीको दशकको शुरुवातमा विश्वभरीका युवाहरुमा चे को क्रेज अत्याधिक थियो । उनी चे प्रति प्रभावित हुनुका दर्ुइवटा कारण थियो । पहिलो वैचारिक ढंगले उनी कम्यूनिष्ट विचारप्रति आकषिर्त भइसकेका थिए र दाश्रो भारतमा कुल्लीको काम गर्ने लाखौ नेपालीको अवस्था नाजुक थियो । बाबुराम त्यो अवस्थाबाट नेपालीलाई मुक्त गर्न बाटो के हुनसक्छ भनेर सोची रहेका थिए ।  
 
उनी चे को सशस्त्र संर्घष्ाको बाटो नै नेपाली दुःखी गरीबहरुको बाटो हो भन्ने निस्कर्ष पुगीस्ाकेका थिए । भारतमा भएका नेपाली विद्यार्थीलाई संगठित गर्ने उद्देश्यले चन्डिगढमा २०३३ सालमा उनकै नेतृत्वमा नेपाली विद्यार्थी संघ भन्ने एउटा संगठन खुल्यो । बाबुरामले २०३४ सालमा त्यो संगठनलाई भारतव्यापी बनाउने तयारी गरे । बाबुरामले २०३४ मा इन्जिनियरिङ्गमा ग्य्राजुएट गरिसके पछि पोष्ट ग्य्राजुयएट गर्न दिल्ली आए । बाबुरामकै योजनामा अखिल भारत नेपाली विद्यार्थी संघ बनाइयो । त्यसको पहिलो सम्मेलन चन्डिगढमै भयो र त्यसले पहिलो अध्यक्ष बाबुरामलाई नै बनायो । यो भारतमा भएको कुनै पनि नेपाली संगठनहरुमा पहिलो थियो । यसले पहिलो पटक "फागुन ७" को औचित्य भन्ने विचार गोष्ठीको आयोजना गर्‍यो । त्यो गोष्ठीमा २००७ सालमा भएको आन्दोलन अपुरो रहेको र राजा रहेसम्म प्रजातन्त्र हुँदैन भन्ने बिषयमा बाबुरामले आफ्ना खुला विचार राखे ।   
 
बाबुराममाथि आरोपको श्रृंखला   
 
जब सबैतिरबाट बाबुराम र्सवप्रथम बन्दै गए, प्रवासमा भएका नेपालीहरुलाई जब उनले संगठित बनाएर नेपालको राजतन्त्र विरुद्धको संर्घष्ामा लामवद्ध बनाउन थाले तब उनी विरुद्ध षड्यन्त्र र आरोपको श्रृंखला शुरु भयो । नेपालबारे केही गर्न पर्छ भन्ने सोचका साथ भारतमा डाक्टर, इन्जिनियर, कृषि बिषय पढ्ने विद्यार्थीलाई समेट्दै एउटा साझा संगठनका रुपमा बाबुराम भट्टर्राईले नेतृत्व गरेको अखिल भारत नेपाली विद्यार्थी संघ बन्दै गयो । त्यो संगठन सारमा राजतन्त्र विरोधी थियो । २०३४ असोजमा बाबुराम त्यो संगठनका अध्यक्ष बने । अघिल्लो साल बीपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्किदाँ गिरफ्तार भएका थिए । उनी क्यान्सरका बिरामी थिए । उनको उपचार गर्न दिनर्ुपर्छ भन्ने आवाज विभिन्न मानवअधिकारवादी संगठनहरुले उठाएका थिए । त्यही वेला बाबुरामले नेपाली विद्यार्थीहरुको साझा संगठनका अध्यक्षका हैसियतले बीपी कोइरालाको उपचार हुनर्ुपर्छ भनेर वक्तव्य निकाले । त्यो वक्तव्य निकालेपछि भारतस्थित नेपाली दूतावासले बाबुरामलाई उनको संगठनको अध्यक्षबाट निश्कासन गरिएको वक्तव्य दिन लगायो । बीपीको स्वास्थ्य उपचारका पक्षमा वक्तव्य निकाल्नेलाई अध्यक्षबाटै निश्कासन गरिएको खवरपछि बाबुरामको जनसर्म्पर्क झन् व्यापक हुँदै आयो ।  
 
दूतावासले दिल्ली यूनिटका अध्यक्ष प्रभात घिमिरे र सचिव विनोद श्रेष्ठलाई दुरुपयोग गरेको थियो । पछि भारत भरी हलचल भयो । बाबुरामकै अध्यक्षतामा बसेको अखिल भारत नेपाली विद्यार्थी संघको अर्का बैठकले भारतस्थित नेपाली दूतावासको योजनामा राजतन्त्रका पक्षमा लाग्नेहरुलाई कारवाही गर्‍यो । यो घटनाबाट बाबुराम गणतन्त्रका पक्षमा दरिलो अडान भएका व्यक्तित्व हुन् भन्ने कुरा पुष्टी भयो र उनले नेतृत्व गरेको संगठन जनतन्त्र पक्षीय सबै शक्तिहरुको साझा संगठनका रुपमा झन् स्थापित भयो । नेपाली काँग्रेस, तुलसीलाल अमात्य समूह, तत्कालीन चौम लगायतका दलहरुले त्यसपछि बाबुरामलाई सर्म्पर्क गर्न थाले । २०३४ सालकै माघमा ओखलढुङ्गाको टिम्वुरबोट काण्डका क्याप्टेन यज्ञ बहादुर थापा र भीमनारायण श्रेेष्ठलगायतलाई पञ्चायती शासकहरुले मृत्युदण्ड दिए । पञ्चायती व्यवस्थाले घटाएको त्यो काण्ड विरुद्ध दिल्लीमा बाबुरामकै नेतृत्वमा विरोध जुलुस निकालियो । यो नै बाबुरामको जीवनमा सहभागी भएको त्यतिबेलाको पहिलो ठूलो राजनीतिक गतिविधि थियो । पञ्चायती सामन्त र राजावादीहरुले बाबुरामको गणतन्त्रपक्षीय आन्दोलनलाई रोक्न सकेनन् ।   
 
नेपाली मजदुर, कुल्लीका बीचमा   
 
भारतको पञ्जाव विश्वविद्यालय र जवाहरलाल विश्वविद्यालयका पुस्तकालय पढेर सिध्याएका बाबुरामले आफ्नो अध्ययनलाई पुस्तकमा मात्रै सीमित राखेनन् । उनले आफ्नो ज्ञान र भावनालाई भारत स्थित नेपाली विद्यार्थी, मजदुर र जागीरदारहरुबीच पनि साट्न थाले । उनी पुस्तक भित्रको दर्शन मात्र होइन जीवन दर्शन पनि बुझने विद्यार्थी र मजदुरबीच झन् भिड्न थाले । विद्यार्थीबीच त उनी निर्विवाद स्थापित थिए । उनलाई बैठक गर्दा-गर्दा दिन वितेको थाहै हँुदैनथ्यो र समय नै पुग्दैनथ्यो । उनलाई एकै दिनमा सयौं चिठी प्राप्त हुन्थ्यो । 'स्कूल अफ लर्निङ एण्ड आर्किटेक्चर"को पत्र मञ्जुषा बाबुरामलाई पठाइएका चिठीहरुले भरिएको हुन्थ्यो । बाबुराम भन्छन "अहिलेको जस्तो फोनको व्यवस्था हुने भए फोनबाटै धेरै कुरा हुन्थ्यो होला ।" दिल्लीमा तुलसीलाल अमात्य समूहको बढी प्रभाव थियो । दिल्लीको मोतिमहल भन्ने होटलमा सय-डेढसय नेपाली मजदुर काम गर्थे । बाबुराम उनीहरुका बीचमा गए र संगठन विस्तार गर्न तथा नेपालमा राजतन्त्रका अन्त्यका लागि उनीहरुलाई जागरुक गर्न थाले । उनी नेपाली मजदुर बीच भिज्दै गए । राजु नेपाली -जो हाल एकिकृत नेकपा -माओवादी) का केन्द्रीय सल्लाहकार छन्) मार्फ् बाबुराम भारतका मजदुरबीच घुलमिल हुन थाले ।  
 
दिल्लीमा वामदेव क्षेत्री, विष्णुहरि शर्मा, फरिदाबादमा पदम राना, तिलक परियार लगायतका मजदुरसंगको सर्म्पर्कका कारण उनी नेपाली मजदूरहरुबीच क्रियाशील वन्दै गए । त्यति नै बेला अखिल भारत नेपाली एकता समाज जन्मियो । बाबुराम प्रत्येक शनिबार मजदुर बस्तीमा जाने र प्रशिक्षण दिने जस्ता काममा खट्न थाले । विद्यार्थी  र मजदुरबीच उनको सम्बन्ध अझै गाढा भयो । बाबुरामकै नेतृत्वमा प्रत्येक बर्षनेपालका वरिष्ठ व्यक्तित्वहरु र राजनीतिक दलका प्रतिनिधिहरु बोलाएर भारतमा सेमीनारहरु आयोजना हुन थाले । नेपालमा प्रतिवन्धित काँग्रेस, कम्युनिष्ट सबै पार्टर्ीीसँग उत्तिकै सर्म्पर्क भएपनि बाबुराम वामपन्थीहरु पट्टी  नै बढी ढल्के । पहिलो चरणमा २०३६ सालसम्म उनी चौम र माले दुबैसँग समदुरीमा रहे । उनी यसअघिको दर्ुइबर्षतटस्थ बस्नुको कारण उनी कसैबाट प्रभावित भएर होइन कि आफै स्वतन्त्र ढंगले राजनीतिलाई बुझेर मात्रै आउनर्ुपर्छ भन्ने विचारका कारणले थियो । बाबुरामले जिउँदा पुस्पलाललाई त भेटन पाएनन् ।  
 
 
भेटने भन्दा भन्दै तालमेल मिलेन । तर २०३५ सालमा दिल्लीमा निधन भएका पुष्पलालको अन्त्यष्टीमा उनी जमुनाघाटमा पुगेका थिए । त्यहाँ जम्मा १०/१२ जना मात्रै उपस्थित थिए । उनी २०३६ सालमा आफ्नो विद्यावारिधीका लागि जवाहरलाल नेहरु विश्वविद्यालयमा भर्ना भए । २०३७ सालमा चीनमा प्रतिक्रान्ति भएपछि तत्कालीन मालेले र्समर्थन गर्‍यो र चौमले विरोध गर्‍यो । त्यसपछि बाबुरामले चीनमा प्रतिक्रान्तिका विरुद्ध उभिनेहरुलाई र्समर्थन गरे । माओको देहान्तपछि प्रतिक्रान्ति भयो भन्ने विचार चौमसंग मिलेकाले उनले २०३७ सालमा मोहनविक्रम सिंह मार्फत त्यो पार्टर्ीीे सदस्यता नै लिए ।बाबुराम २०३७ पछाडी अखिल भारत नेपाली एकता समाजको पश्चिमोत्तर समितिको सभापति बने र मजदुरहरुका बीचमा राजनीतिक काममै खटे । अखिल भारत नेपाली विद्यार्थी संघ छोडेपछि पनि उनी भारतमा छउन्जेल त्यो संगठनको सल्लाहकार तथा र्सवमान्य नेता थिए र मजदुर तथा विद्यार्थीलाई समन्वय गर्दै संर्घष्ाका काममा सरिक गराउँथे । २०३६ सालमा राजा वीरेन्द्र दिल्ली गएको वेला उनलाई कालो झण्डा देखाउँदा वावुराम आफ्नो जीवनमा पहिलो पटक गिरफ्तारीमा परेका थिए ।  
 
प्रकाशनमा उनको रुची       
 
२०३४ सालमै उनले प्रकाशन गरेको "जनमानस" निकै चर्चित थियो । उक्त बाषिर्क पत्रिका रातन्त्रका विरुद्ध सवै एक भएर जानर्ुपर्छ भन्ने बहसमा मुख्यतः केन्द्रित हुन्थ्यो र बाबुरामको बामपन्थी सुझावका कारण मार्क्सवादी कोणबाटेै बढी व्याख्या विश्लेषण भएका रचना छापिन्थे । त्यसपछि "नेपाली एकता" भन्ने मजदुरको पत्रिका पनि उनले दर्ता गरे र त्यसको सम्पादक/प्रकाशक भएर काम गरे । त्यसैको प्रकाशनका क्रममा उनलाई जवाहरलाल नेहरु विश्वविद्यालयको ढोकामा ट्याक्सीले ठक्कर दिएकाले उनी ४८ घण्टा बेहास भए । उनलाई अस्पताल पर्‍याइएपछि उपचारमा नेपाली विद्यार्थी र विश्वविद्यालय प्रशासनले चासो दियो । त्यो सबैको नैतिक दायित्व नै थियो । उनले प्रकाशन गर्ने पत्रिकामा नेपालमा गणतन्त्रको आवश्यकता, गणतन्त्र प्राप्तीको आन्दोलन साथसाथै नेपाल-भारत सम्वन्ध बारे हुन्थ्यो । बाबुरामको विधावारिधिको शोधपत्र पनि नेपाल-भारत सम्बन्ध बिषयमा नै केन्द्रित थियो । भारतीय विस्तारवादी उत्पीडनवाट मुक्त नभई नेपालको दिगो विकास सम्भव छैन भन्ने त्यसको निष्कर्षछ ।   
 
 
बाबुराम नेपाल फर्के  
 
२०४२ सालमा उनी काठमाण्डौं फर्के । काठमाण्डौं फर्किनु अघिनै उनले निर्ण्र्ाागरी सकेका थिए कि "म अव पर्ूण्ाकालीन राजनीति नै गर्छु ।" उनी मसालको काठमाण्डौं जिल्ला सेक्रेटरी र वागमति ब्यूरो सदस्य भएर कम्युनिष्ट राजनीतिमा सक्रिय भए । उनी नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगले लैजानु पर्छ भन्ने मान्यता राख्ने भएकाले पुरानै ढाँचा परित्याग गर्न नसक्ने मोहन विक्रमसँग मतभेद बढ्यो । तर उनी संधै क्रान्तीकारी पार्टर्ीीबीचको एकतामा जोड दिन थाले । त्यतिवेला दुध काण्ड, रंगशाला काण्ड, मेघालयका षरणार्थी बिषयमा उनी संर्घष्ा गर्न थाले र साझा मञ्च बनाएर पद्मरत्न तुलाधर लगायतसँग पञ्चायत शासन विरुद्धको आन्दोलनमा सरिक भए । २०४६ सालको जनआन्दोलन ताका मसाल, मशाल, र्सवहारा श्रमिक संगठन, शम्भुराम समूह, कृष्णदास समूह आदि मिलेर संयुक्त राष्ट्रिय जन आन्दोलन नामक मोर्चा बन्यो । त्यसको उनी प्रवक्ता बने जुन अघोषित रुपमा संयोजक नै हुन्थ्यो । सोही मोर्चाले २०४६ साल चैत्र २४ गते गरेको बन्द नै त्यो आन्दोलनको उत्कर्षथियो । र त्यो दिनको उत्कर्षनै पंचायत व्यवस्थाको अन्त भयो । २०४६ को परिवर्तन पछि नयाँ प्रक्रियामा जानका लागि उनी पार्टर्ीीकताको पहल गर्न थाले । बाबुराम, सिन्धुनाथ प्याकुरेल, काँइलाबा, दिलबहादुर श्रेष्ठ, सीताराम तामाङ्ग लगायत मिलेर पार्टर्ीीकताको लागि २०४७ जेष्ठमा "फोरम फर यूनिटी" बनाए । त्यतिवेला एकता केन्द्र बनेको थिएन । एकता केन्द्र २०४७ मंसिरमा बन्यो ।  
 
 
पार्टर्ीी रुपमा मोहन विक्रमसँग व्रि्रोह गर्न ढिला भएकाले एकता केन्द्र निर्माणका क्रममा भने बाबुरामहरु अलि ढिलो समावेश भए । संयुक्त जनमोर्चा निर्माण गरेर क्रान्तिका लागि नयाँ ढंगले जानर्ुपर्छ भन्दै बाबुरामहरुले एकताकेन्द्रसँग पार्टर्ीीकता गरे । बाबुरामले नेतृत्व गरेको संयुक्त जनमोर्चा नेपाल नै एकता केन्द्रको जनसंर्घष्ा र चुनावी प्रयोगको मोर्चा बन्यो । यसले २०४८ को चुनावमा ९ वटा सिटमा विजय हासिल गर्‍यो  र तेश्रो ठूलो दल भयो । सडक र सदन दुवै मोर्चाबाट संयुक्त जनमोर्चा नेपालले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवाललाई लिएर संर्घष्ाजारी राख्यो । बानेश्वरमा भारतीय पोशाकमै प्रहरी आएर नेपालीलाई गिरफ्तार गरेकाले २०४९ बैशाख २१ गते संयुक्त जनमोर्चाले बन्द आयोजना गर्‍यो । त्यसपछि चैत्र २४ लाई लोकतन्त्रको र बैशाख २१ लाई राष्ट्रियतासम्बन्धि संर्घष्ाको दिनका रुपमा मनाइन थालियो । २०४६ को जनआन्दोलनबाट प्राप्त सीमित अधिकारबाट मात्र पुग्दैन जनतालाई पर्ूण्ामुक्ति चाहिन्छ भन्दै नेकपा -माओवादी)ले २०५२ जनयुद्ध शुरु गर्‍यो । संयुक्त जनमोर्चा नेपालले बाबुराम भट्टर्राईकै नेतृत्वमा ४० बुँदे माग तत्कालीन देउवा सरकारसँग राखेर शसस्त्र युद्धमा जाने घोषणा गर्‍यो । र व्यवस्थित युद्धमा उनीहरु सामेल भए । २०५२ देखि २०६३ सम्म चलेको जनयुद्धमा बाबुराम चार महिना वार्तामा बस्दा बाहेक सबै समय भूमिगत बसे । तर जनतासँग संधै सर्म्पर्कमा रहने बाबुराम भूमिगत भए पनि कहिल्यै रहस्यमय पात्र बनेनन् । कहिले दाह्रि पालेका, कहिले चे टोपी लगाएका त कहिले फैजी पोशाकका बाबुराम संधै जनताको सर्म्पर्कमा नै रहे । भूमिगत होस् वा खुल्ला उनको जस्तो सादगी र पारदर्शी जीवन सम्भवतः हालसम्मका राष्ट्रिय राजनीतिमा चर्चित नेताहरुको छैन ।    


Posted on: 2011-Sep-16


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar